गणतन्त्र सुदृढ गर्न पौडेलले भूमिका खेल्ने शीर्ष नेताको विश्वास
२६ फागुन २०७९
•
४ मिनेट पाठ
गणतन्त्र सुदृढ गर्न पौडेलले भूमिका खेल्ने शीर्ष नेताको विश्वास
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रफुल्लित मुद्रामा बधाई दिँदे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादकिा अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्वीर-विजय राई /नागि
मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्। पौडेल निर्वाचित भएपश्चात उनलाई बधाई तथा शुभकामना दिँदै शीर्ष नेताहरूले पौडेलको कार्यसम्पादन मुलुकको दीर्घकालीन हिततर्फ केन्द्रीत हुनेमा विश्वास व्यक्त गरेका हुन्।




प्रधानमन्त्री पुष्पकमल दाहालले नवनिर्वाचित राष्ट्रपति पौडेलको कार्यकाल गणतन्त्रको गौरवका रूपमा अद्वितीय रहनेमा विश्वास व्यक्त गरेका छन्।

ट्वीटरमार्फत पौडेलले बधाई दिँदै प्रधानमन्त्री दाहालले लेखेका छन्, ‘राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु।’

त्यसअघि पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री दाहाल निर्वाचन आयोगले नतिजा घोषणासभामा अन्तिमसम्म बसेर बधाई दिएका थिए। त्यहाँबाट निस्कनेक्रममा उनले ‘राजनीतिको एउटा कोर्स कम्पिलिट भएको’ प्रतिक्रिया दिएका थिए।

यसै बीचमा बिहीबार साँझ नै प्रधानमन्त्री दाहालले नवनिर्वाचित राष्ट्रपति पौडेललाई आफ्नो सरकारी निबास बालुवाटारमा स्वागत गरेका छन्। प्रधानमन्त्रीको आमन्त्रणपश्चात साँझ नै पौडेल बालुवाटार पुगेका थिए। उनीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रफुल्लित मुद्रामा देखिएका थिए। नतिजा घोषणासभामा अन्तिमसम्मै पौडेलसँगै रहेर निस्किएका देउवा सोहीक्रममा पौडेलपत्नि सविता पौडेलसँग गफिँदै तस्बिर खिचाउँदै थिए।

यसै क्रममा सभापति देउवाले सामाजिक सञ्जालबाट पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ उनले फेसबुकमा लेखेका छन्।

पूर्वप्रधानमन्त्री एबं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रको अभिभावक भएर राष्ट्रको हितलाई सर्वोपरी राखेर अघि बढ्न सुझाव दिए। ‘राष्ट्रपतिले राष्ट्रको हितमा कुठाराघात हुने, देशको शीर निहुरिने कुनै काम गर्नु हुँदैन्। नेपाली स्वाभिमानमा आँच पुग्ने कुनै काम गर्नुहुँदैन्,’ उनले भने,‘राष्ट्रका निम्ति आफ्नो जीवन समर्पित हुने सोच राख्नुपर्दछ।’ आजसम्म संघर्ष र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरू संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी मान्यतालगायतको रक्षा गर्न राष्ट्रपतिले संविधानले दिएका अधिकारको अधीनमा रहेर निर्वाह गर्नुपर्ने उनको सुझाव छ।

यस्तै नेता नेपालले रष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि आठ दलीय गठबन्धन स्वाभाविक रूपमा अघि बढ्ने बताए। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि ट्विटरमार्फत नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै व्यवस्थामाथि विभिन्न कोणबाट भइरहेको आक्रमणविरुद्ध सफलता मिल्नेमा विश्वास व्यक्त गरेका छन्।

‘नेपाली राजनीतिका निष्ठावान नेता तथा असल मित्र श्री रामचन्द्र पौडेल नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक शुभकामना,’ भट्टराईले लेखेका छन्, ‘विगतमा विभिन्न कोंणबाट आक्रमण गरिँदै आएको संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय अस्मिता रक्षा र सुदृढ गर्न सफलता मिलोस्! सबैको जय होस्!’

कांग्रेस उपसभापति खड्काले पौडेल खारिएको व्यक्ति भएकाले उनको भूमिका सफल हुने दाबी गरे। राष्ट्रपति निर्वाचित भएपश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले भने, ‘उहाँमा संयोजनको क्षमता छ। योग्यताले खारिएको व्यक्ति हुनुहुन्छ। राष्ट्रपतिको भूमिकामा सफल हुनुहुनेछ।’ सोही क्रममा उनले कांग्रेस र माओवादी केन्द्रकोबीचमा अनेक राजनीतिक खेल खेल्न अब असम्भव भएको पनि दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पौडेल सिंगो देशको अभिभावक हुनेमा विश्वास व्यक्त गरेका छन्। ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहान्छु,’ निर्वाचित भइसकेपछि सामाजिक सञ्जालमा बधाई दिँदै लामिछानेले अगाडि लेखेका छन्, ‘सिंगो देशको अभिभावक बन्नुहुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’ त्यसअघि रास्वपाको बैठक बसेर राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने निर्णय गरेको थियो।

यसैगरी, कांग्रेसकै पूर्व उपसभापति प्रकाशमान सिंह, नेता शेखर कोइराला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरूले पनि सामाजिक सञ्जालमार्फत पौडेललाई बधाई दिएका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन्। राष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र बुझेर नयाँबानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै सबैलाई धन्यवाद दिएका हुन्। उनले भने, ‘सबैलाई धन्यवाद छ। पछि कुरा गर्छु म।’
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस