डा. केसीको स्वास्थ्य बिग्रँदो
०३ मंसिर २०७३
•
३ मिनेट पाठ
डा. केसीको स्वास्थ्य बिग्रँदो
काठमाडौं- वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

पाँचौं दिनसम्म सामान्य स्लाइनसमेत नलिएका केसीको बिहीबार छातीको दुखाइ, मुटुको चालमा गडबडी, मांशपेशी दुखाइ बढ्दै गएको छ।

बिहीबार केही सहयोगी चिकित्सकले केसीको स्वास्थ्य जाँच गरेका थिए। उनीहरुले यसपटक झन् चाँडै स्वास्थ्य खस्किरहेको औंल्याए।

पिसाबमा किटोन बढी देखिएको छ। शरीरमा खानाको अभाव भए किटोन बढी देखिन्छ। 'अक्सिजन कमी, मुटुको चाल बढ्ने, मांशपेशी तथा छाती दुख्नेलगायत समस्या सुरु भइसकेको छ,' एक चिकित्सकले भने, 'यसपटक बढी तनाबमा समेत देखिनुहुन्छ।'

स्वास्थ्य कमजोर बनेपछि बिहीबार केसीलाई नर्मल स्लाइन दिइएको उपचारमा खटिएका चिकित्सकले बताएका छन्। चिकित्सा क्षेत्रमा सुधार माग राखेर १० औं पटकसम्म अनशन बस्दा पनि सरकार पक्षबाट माग सम्बोधनमा कुनै चासो दिएको छैन।

'सरकार पूरै माफियाको इसारामा चलेको छ,' डा. केसीले भने। सरकारले केसीको स्वास्थ्य र मागप्रति कुनै चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले शनिबारदेखि दबाब बढाउने बताएका छन्। उनीहरूले शनिबार शिक्षण अस्पतालदेखि बालुवाटारसम्म र्‍याली गरेर धर्ना दिने कार्यक्रम तय गरेका छन्।

केसीका मागप्रति समर्थन जनाउँदै अस्पतालका आवासीय चिकित्सकले पनि मंगलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन्।

यसैबीच, नयाँ शक्ति नेपाल पार्टीले पनि बिहीबार डा. केसीका मागप्रति ऐक्यबद्धता जनाएको छ। डा. केसीको मागविपरीत त्रिभुवन विश्वविद्यालयले आइतबार आइओएममा डा. केपी सिंहलाई डिन नियुक्त गरेपछि उनी त्यही दिनबाट अनशनमा बसेका हुन्। नयाँ कलेजलाई सम्बन्धन दिने र आइओएममा रिक्त अन्य पदाधिकारीसमेत भागबन्डामा गराउने सर्तमा सिंहले नियुक्ति पाएका थिए। सिंहलाई राजीनामा गर्न डा.केसीले आग्रह गरिसकेपछि सिंहले इन्कार गर्दै आएका छन्।
अर्को समाचार
त्यसपछि डा.केसी रूमालले मुख छोपेर रून थाल्नुभयो
१६ भदौ २०७२
•
६ मिनेट पाठ
त्यसपछि डा.केसी रूमालले मुख छोपेर रून थाल्नुभयो
डा.गोविन्द केसीको अनसन दशाैं दिन पुग्दा उहाँको स्वास्थ्य नाजुक हुँदै गएको थियो। त्यही बेला रवीन्द्र मिश्रले फाेन गरेर बिबिसी नेपाली सेवाका लागि छोटो कुरा गर्न सकिएला कि भनेर प्रस्ताव राख्नुभयो। उहाँको बिग्रँदो स्वास्थ्यका कारण जवाफ दिइहाल्न सक्ने अवस्था थिएन। सर कमजोर हुँदै गएसँगै एक दुई मिनेट लामा क्लिपका लागि बाहेक सरलाई बोल्न नदिन थालेको हिजै (मंगलबार) देखि हो।

तर नेपाल सन्दर्भमा दश मिनट सरका कुरा ठूलो संख्यामा मानिसहरुबीच पुग्ने हुँदा यो यसबारे पुनर्विचार गरियो। यो अवसर छाड्नु उचित लागेन। अनुमतिका लागि मैले सरलाई सोधेँ। उहाँले सहजै 'हुन्छ' भन्नुभयो। त्यसपछि रेकर्डिंगका बेला जे भयो त्यो हामीले कहिलै सोचेका थिएनाैं। त्याे अविस्मरणीय भयो।

सामान्यतया अनशनमा १० दिन पुग्दा मान्छेमा भावनात्मक अस्थिरता वा 'इमोस्नल भोलाटिलिटी' निकै बढिसकेको हुन्छ। यसअघिका अनसनहरूमा उहाँमा पनि त्यस्तै भएको थियो। सानो मानसिक उत्तेजनाले पनि मुटु र श्वासप्रश्वासको चालमा ठूलो असर पार्छ। त्यसका बाबजुद पनि अनशनसित जोडिएका विषयहरुमा जुन संयम् र धैर्यताका साथ उहाँ बोल्नुभयो, त्यसले हामीलाई ठूलो राहत दियो।

मुटुको चाल धेरै घटबढ नै नभई अन्तर्वार्ता सकियो भनेर हामी ढुक्क भयाैं। त्यहीबेला रवीन्द्र दाइले अचानक अर्को प्रश्न सोध्नुभयो, 'अन्तर्वार्ताको बेला छुटेको, भन्न मन लागेको कुरा केही छ ?'

सरले 'छ' भन्नुभयो। रेकर्डिंग फेरि शुरु भयो। केही छिन त सरले सहजै देशको दु:खद परिस्थितिबारे बोल्नुभयो। तराइमा भइरहेको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिको कुरा गर्दा अचानक उहाँको गला अवरूद्ध भयो। भक्कानो छुट्यो। उहाँ रुमालले अनुहार छाेपेर रुन थाल्नुभयो। के गर्ने के नगर्ने हामी असमञ्जसमा पर्याैं। उता डिस्प्लेमा मुटुको चाल एकैचोटि १६० प्रतिमिनेट पुगिसकेको देखियो। मोनिटरले स्थिति नाजुक भएको संकेत आवाज निकाल्न थाल्यो। माहाेल एकाएक भावविह्वल बन्यो। 

सर आफैंभित्र भावनात्मक अस्थिरताबीच रहेको बेला भनेर हामीले उहाँलाई अत्यावश्यक बाहेकका खराब समाचार र सुचनाहरु दिन छाडेका थियौं। यद्यपि अनशन बस्ने दिन कैलालीमा भड्किएको हिंसाले उहाँको हृदय काँपिसकेको थियो। फेरि निकै प्रयासपछि उहाँ सम्हालिएर छोटो कुराकानी गर्नुभयो।

बुधबार बेलुका बिबिसी नेपाली सेवामा त्यही अन्तर्वार्ता सुन्दा फेरि हामी भावविह्वल हुन पुग्याैं। फेरि सरको मानसिक उत्तेजनाले मुटुको चाल गडबड होला भनेर हामीले अलग्गै कोठामा गएर त्यो सुनेका थियौं। लगत्तै गएर सरलाई बताएँः सर, बिबिसीले अन्तर्वार्ता जस्ताको तस्तै सुनायो। एकदम सन्तुलित प्रस्तुति थियो।

सर अब सम्हालिइ सक्नुभएको थियो। हल्का मुस्कानसाथ दिउँसोको आफ्नो मनस्थिति वर्णन गर्न थाल्नुभयोः खास उहाँले भन्न प्रयास गर्नुभएको रहेछ, संविधानमा सबै पक्षलाई समेटेर हिंसाको बाटो बन्द हुने गरी संविधान जारी गरौं। लामो समय रक्तपात नहोस्। तर भइदिएछ के भने त्यो बोल्न खोज्दाखोज्दै अचानक टीकापुरको विभत्स घटना याद आएछ। त्यसपछि उहाँले आफैंलाई सम्हाल्न सक्नुभएनछ।

कार्यक्रम रेकर्ड गरेर फर्केपछि चिन्तित स्वरमा रवीन्द्र दाइले फोन गर्नुभयो, 'सरको मुटुको चाल के छ?' कतै आफ्ना कारणले उहाँलाई गाह्रै त परेन भन्ने उहाँको चिन्ता रहेछ। भाग्यवश सरको मुटुमा यसपटक पाँचौं अनशनताका देखिएको भीपीसी नामक समस्या देखिएको छैन। उहाँले फोन गर्नुअघि सरको मुटुको चाल धेरै हदसम्म सामान्य भइसकेको थियो। मैले त्यही सुनाइदिएँ।

दश दिन भोकै बस्दा गलेको शरीरलाई डटेर सहेको मानिसलाई शारीरिक कष्टभन्दा देशको पीडाले कति दुखेको रहेछ। राज्यको बेलैमा आँखा खुल्यो र समयमै माग पूरा भए भने उहाँको अनशन त तोडिएर शरीर फेरि बौरिएला। तर अहिले देशभर अनाहक मारिइरहेका मानिस फेरि फर्केर आउने छैनन्।

(डा.केसीका सहयोगी जीवन क्षत्रीको यो अनुभव लेख उनको ब्लगबाट अनुमति मागेर प्रकाशित गरिएको हो।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस