बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह र विकासबारे आगामी रणनीति तयार पार्न विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ।
बुटवललाई देशकै अगुवा सहरको रुपमा स्थापित गर्न प्रभावकारी सेवा प्रवाह र जनमैत्री विकासको रणनीति तयार गर्ने उद्देश्यले विज्ञ तथा सरोकार बालासँग छलफल थालेको हो। फागुन २८ गते सोमबारदेखि सुरु भएको अभियान चैत ८ गते सम्म चल्ने छ।
विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरू सँग छलफल, परामर्श गरी राय सुझाव अनुरुपको आगामी रणनीति तयार गर्ने उद्देश्यले अभियानको थालनी गरिएको नगरप्रमुख खेलराज पाण्डेयले बताए।
सुशासन,जनमैत्री विकास र सेवालाई प्रभावकारी रुपमा जनस्तरमा पुर्याउँदै बुटवललाई देशकै अगुवा सहर बनाउने नगर प्रमुख पाण्डेयले बताए।
अभियान अन्तर्गत कानुन व्यवसायी, इन्जिनियर र चिकित्सकहरू सँग सम्बन्धित क्षेत्रको वर्तमान अवस्था र यसको सुद्धृणिकरणका सम्बन्धमा आवश्यक छलफल परामर्श तथा राय सुझाव संकलन गरिएको छ। त्यस्तै बुधबार धार्मिक संघसंस्थाका अगुवाहरूसँग र बिहीबार स्वयंसेविका, सामुदायिक बन उपभोक्ता समूह, र्पाकका अगुवाहरू सँग छलफल गरी राय सुझाव संकलन गरिएको छ।
छलफल कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरुले बुटवलवासीको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्नु पर्ने सुझाव दिए। उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरू दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकाले स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिए।
त्यस्तै बुटवललाई धार्मिक पर्यटकीय सहरको रुपमा विकास गर्न सकिने सुझाव सम्बन्धित क्षेत्रका अगुवाहरूले दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवललाई साझा र समृद्ध सहर बनाउन सबैको सहयोग र सहकार्य आवश्यक भएको बताए। बुटवललाई उत्कृष्ट र समृद्ध सहरको रुपमा स्थापित गर्न सबै क्षेत्रका समस्याको समाधान गर्दै सबैलाई समेटेर अगाडी बढ्ने उनले बताए। उपप्रमुख सावित्रादेवि अर्यालले बुटवललाई देशकै अग्रणी सहर बनाउन सबैको साथ सहयोग आवश्यक भएको बताइन।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले चैत ३ गते सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, व्यावसायिक संघसंस्था, यातायात व्यवसायी समिति, निर्माण व्यवसायी, हाटबजार व्यवसायीहरुसंग छलफल गरिने जानकारी दिए।
चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरुसंग, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरू, ६ गते टोल विकास संस्थाका अध्यक्षहरुसंग, ७ गते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, रोटरी, जेसीज लगायतका क्लब तथा गैरसरकारी संस्थाहरुसंग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरूसँग छलफल कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए।
सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसंगको छलफल र परामर्शबाट सम्बन्धित क्षेत्र र जनताका समस्या र आवश्यकताहरूको पहिचान गरी सुझाव संकलन गर्ने र जनस्तर सम्म पुग्न यो कार्यक्रम गरिएको प्रवक्ता रानाले बताए।