सरकार ढाल्ने कसरतमा गठबन्धन
०३ चैत्र २०७९
•
३ मिनेट पाठ
सरकार ढाल्ने कसरतमा गठबन्धन
चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरू लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्। सरकारमा रहेका तथा समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा गठबन्धन छ। सरकारलाई समर्थन गरेका सबै दलहरूले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने निश्चित रहन्छ। यो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने हुन्छ।  




गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारमा आफ्नो नेतृत्व सहितको सत्ता समीकरण निमार्णका लागि कसरत थालेको छ। सत्ता समीकरणका लागि माओवादी केन्द्रसहित सरकार समर्थित अन्य दलसँग पनि कांग्रेसले संवाद गरिरहेको छ। उपराष्ट्रपतिको निर्वाचनपश्चात नयाँ सत्ता समिकरण निर्माण गर्ने मौखिक सहमति भएको कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ। ‘गठबन्धनमा आवद्ध दलबीचमा अब नयाँ सत्ता समीकरण निर्माण गर्नेभन्ने बारेमा छलफल भएका छन्,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि यो कसरत अझ बढेर जान्छ र नयाँ समीकरण निर्माण हुन्छ।’  

स्वाभाविकै रूपमा कांग्रेस गठबन्धनको ठूलो दल रहेको र एमालेको मुख्यमन्त्री रहेको स्थानमा कांग्रेसको नेतृत्वको सरकार निर्माण गरिनुपर्ने लबिङमा कांग्रेस छ। ‘गठबन्धनको ठूलो दल कांग्रेस हो र ठूलो दलको हिसाबले लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै पाउने गरी सहमति हुन्छ,’ कांग्रेस प्रदेश सभापति पुनले भने, ‘सोहीअनुसार हामीहरूले छलफललाई तीव्र्र पारेका छौं।’ यता वर्तमान सत्ता साझेदार दल माओवादी केन्द्रले पनि सत्ता समीरकणको प्रक्रिया प्रारम्भ हुने बताएको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने भन्नेबारेमा अहिले माओवादीले निर्णय भने गरिसकेको छैन। केन्द्र निर्देशनअनुसार अगाडि बढ्ने निचोडमा पुगेको माओवादीले केन्द्रको निर्देशन कुरेर बसेको छ। ‘अब उपराष्ट्रपतिको निर्वाचनपछि पार्टी केन्द्रले केन्द्र तहमा बन्ने समीकरणका आधारमा निर्देशन जारी गर्ला नै,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘सोही निर्देशन बमोजिम हामीहरू प्रदेश तहमा पनि समिकरण निर्माणको प्रक्रियामा लाग्ने कुरा हुन्छ।’

यसैगरी सरकारलाई समर्थन गरेका अन्य साना दलहरू भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगिसकेका छन्। उनीहरूले माओवादीसँगै सरकार समर्थित सबै दलहरूले एकैपटक समर्थन फिर्ता लिने भन्दै माओवादीको निर्णय कुरेर बसेका छन्। सरकारको समर्थनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले आफूहरू सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अगाडि नै निर्णयमा पुगिसकेको बताउँछ। तर सरकारमा रहेका तथा समर्थनमा रहेका सबै दलहरूले एकैसाथ समर्थन फिर्ता लिने मौखिक सहमतिछि आफूहरू पछि हटेको लोसपाका प्रदेश संसदीय दलका नेता सन्तोष पाण्डेले बताए। ‘हामीहरू सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगिसकेको अवस्था हो, तर सरकारको समर्थनमा रहेका सबै दलहरूले एकै साथ समर्थन फिर्ता लिने मोटामोटी सहमति भएपछि हामीहरू पछि हट्यौं,’ पाण्डेले भने, ‘तर उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई दिएको समर्थन सबै दलहरूले सामूहिक रूपमा फिर्ता लिने वातावरण बन्छ, लगत्तै नयाँ सत्ता समीकरण निर्माणको बाटो अघि बढ्छ।’

वर्तमान सरकारको समर्थनमै रहेको नागरिक उन्मुक्ति पार्टी पनि राष्ट्रपति निर्वाचनअगावै समर्थन फिर्ता लिने सुरमा थियो। तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपश्चात सरकार समर्थित सबै दलहरूले सामूहिक रूपमा समर्थन फिर्ता लिने भनेपछि यो दल रोकिएको थियो। यो दलका प्रदेश संसदीय दलका नेता धर्मराज चौधरीले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार निर्माणको प्रक्रिया सुरु गरिने बताए। ‘यो सरकार ढल्नेमा त अब दुई मत नै रहने भएन,’ उनले भने ‘अब उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार निर्माणको प्रक्रियामा लाग्ने कुरा हुन्छ।’

यस्तै जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनका आधारमा नयाँ सत्ता समीकरण निर्माण गर्नुपर्नेमा पहल गरिरहेको जनाएको छ। आफुहरू समथृन फिर्ता लिएर बाहिर बस्ने योजनामा रहेको भएपनि माओवादीको निर्णय नै नयाँ सरकार निर्माणको विकल्प बन्ने उसको भनाई छ। ‘हामीहरू अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार छौँ,’ जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले भने, ‘तर यसमा माओवादीको निर्णय महŒवपूर्ण रहन्छ, हामीहरूले माओवादीको भूमिकालाई कुरेर बसेका छौं।’

एमालेका लीला गिरीको नेतृत्वमा रहेको वर्तमान सरकारमा माओवादी र राप्रपा सहभागी छन्। सरकारलाई समर्थन गरेका अन्य साना दलहरूले भने सरकारमा स्थान पाउन सकेनन् ।
अर्को समाचार
लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन
०२ चैत्र २०७९
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन
चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्।




सरकारमा रहेका तथा समर्थित दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा गठबन्धन छ। सरकारलाई समर्थन गरेका सबै दलहरुले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने निश्चित रहन्छ। यो अवस्थामा मुख्यमन्त्रीले बिश्वासको मत लिनु पर्ने हुन्छ।

गठबन्धनमा रहेको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारमा आफ्नो नेतृत्व सहितको सत्ता समिकरण निमाृणका लागि कसरत थालेको छ। सत्ता समिकरणका लागि माओवादी केन्द्र सहित सरकार समर्थित अन्य दलहरु संग पनि कांग्रेसले संवाद गरिरहेको छ। उपराष्ट्रपतिको निर्वाचन पश्चात नयाँ सत्ता समिकरण निर्माण गर्ने मौखिक सहमती भएको कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ। ‘गठबन्धनमा आवद्ध दलहरुका बिचमा अब नयाँ सत्ता समिकरण निर्माण गर्ने भन्ने बारेमा छलफल भएका छन्,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘उपराष्ट्रपतिको निर्वाचन पछि यो कसरत अझ बढेर जान्छ र नयाँ समिकरण निर्माण हुन्छ।’

स्वाभाविकै रुपमा कांग्रेस गठबन्धनको ठूलो दल रहेको र एमालेको मुख्यमन्त्री रहेको स्थानमा कांग्रेसको नेतृत्वको सरकार निर्माण गरिनु पर्ने लबिङमा कांग्रेस छ। ‘गठबन्धनको ठूलो दल कांग्रेस हो र ठूलो दलको हिसाबले लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै पाउने गरि सहमती हुन्छ,’ कांग्रेस प्रदेश सभापति पुनले भने ‘सोही अनुसार हामीहरुले छलफललाई तिब्र पारेका छौँ।’

यता वर्तमान सत्ता साझेदार दल माओवादी केन्द्रले पनि सत्ता समिरकणको प्रकृया प्रारम्भ हुने बताएको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने भन्ने बारेमा अहिले माओवादीले निर्णय भने गरिसकेको छैन। केन्द्र निर्देशन अनुसार अगाडी बढ्ने निचोडमा पुगेको माओवादीले केन्द्रको निर्देशनलाई कुरेर बसेको छ। ‘अब उपराष्ट्रपतिको निर्वाचन पछि पार्टी केन्द्रले केन्द्र तहमा बन्ने समिकरणका आधारमा निर्देशन जारी गर्ला नै,’ माओवादी केन्द्रका एक सांसदले भने ‘सोही निर्देशन बमोजिम हामीहरु प्रदेश तहमा पनि समिकरण निर्माणको प्रकृयामा लाग्ने कुरा हुन्छ।’

यसैगरि सरकारलाई समर्थन गरेका अन्य साना दलहरु भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगिसकेका छन्। उनीहरुले माओवादी संगै सरकार समर्थित सबै दलहरुले एकै पटक समर्थन फिर्ता लिने भन्दै माओवादीको निर्णय कुरेर बसेका छन्। सरकारको समर्थनमा रहेको लोकतान्त्रीक समाजवादी पार्टीले आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा अगाडीनै निर्णयमा पुगिसकेको बताउँछ।

तर सरकारमा रहेका तथा समर्थनमा रहेका सबै दलहरुले एकैसाथ समर्थन फिर्ता लिने मौखिक सहमती पछि आफुहरु पछि हटेको लोसपाका प्रदेश संसदीय दलका नेता सन्तोष पाण्डेले बताए। ‘हामीहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगिसकेको अवस्था हो,तर सरकारको समर्थनमा रहेका सबै दलहरुले एकै साथ समर्थन फिर्ता लिने मोटामोटी सहमती भएपछि हामीहरु ब्याक भयौँ,’ पाण्डेले भने ‘तर उपराष्ट्रपतिको निर्वाचन पछि सरकारलाई दिएको समर्थन सबै दलहरुले सामुहिक रुपमा फिर्ता लिने वातावरण बन्छ, लगत्तै नयाँ सत्ता समिकरण निर्माणको बाटो अघि बढ्छ।’

वर्तमान सरकारको समर्थनमै रहेकोनाष्रिक उन्मुक्ती पार्टी पनि राष्ट्रपति निर्वाचन अगावै समर्थन फिर्ता लिने सुरमा थियो। तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पश्चात सरकार समर्थित सबै दलहरुले सामुहिक रुपमा समथृन फिर्ता लिने भनेपछि यो दल रोकिएको थियो। यो दलका प्रदेश संसदीय दलका नेता धर्मराज चौधरीले उपराष्ट्रपतिको निर्वाचन लगत्तै सरकार समर्थित दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार निर्माणको प्रकृया सुरु गरिने बताए। ‘यो सरकार ढल्नेमा त अब दुई मत नै रहने भएन,’ उनले भने ‘अब उपराष्ट्रपतिको निर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार निर्माणको प्रकृयामा लाग्ने कुरा हुन्छ।’

यस्तै जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनका आधारमा नयाँ सत्ता समिकरण निर्माण गर्नुपर्नेमा पहल गरिरहेको जनाएको छ। आफुहरु समथृन फिर्ता लिएर बाहिर बस्ने योजनामा रहेको भएपनि माओवादीको निर्णय नै नयाँ सरकार निर्माणको बिकल्प बन्ने उसको भनाइ छ। ‘हामीहरु अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार छौँ,’ जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले भने ‘तर यसमा माओवादीको निर्णय महत्वपूर्ण रहन्छ, हामीहरुले माओवादीको भूमिकालाई कुरेर बसेका छौँ।’

एमालेका लीला गिरीको नेतृत्वमा रहेको वर्तमान सरकारमा माओवादी र राप्रपा सहभागी छन्। सरकारलाई समर्थन गरेका अन्य साना दलहरुले भने सरकारमा स्थान पाउन सकेनन्।  
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस