इटहरी उपमहानगरको नगरसभा अनिश्चितकालिन स्थगित
०३ चैत्र २०७९
•
२ मिनेट पाठ

इटहरी नगरपालिकाको १२ औं नगर सभा शुक्रबार साँझ अनिश्चितकालिन समयका लागि स्थगित भएको छ।

चैत २७ गतेबाट सुरु भएको हिउँदे नगर सभा सक्ने समय तालिका भएतापनि एमालेबाट विजयी सदस्यहरू सभाबाट बाहिरिएसँगै नगर सभा अनिश्चित कालिन समयका लागि स्थगित गरिएको छ।

नगर सभा स्थगित भएपछि मेयर हेमकर्ण पौडेलले इटहरीमा गत वैशाख ३० गते भएको निर्वाचनमा काँग्रेस र एमालेबाट जनप्रतिनिधि विजयी भएतापनि एमालेले बहुमतको आडमा जनताको अभिमतलाई सम्मान गर्न नचाहेको जिकिर गरेका छन्।

‘बहुमतको दम्भले गर्दा आफूमाथि उहाँहरूद्वारा (एमालेका जनप्रतिनिधि) तगारो भएर इटहरीको विकासमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ,’ उनले भने, ‘म हदैसम्म लचकताका साथ प्रस्तुत हुँदा पनि तगारो बन्ने काम भइरहेको छ।’
नगर सभामा सबैभन्दा महत्त्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संशोधन र कर्मचारीको आचरण सम्बन्धी ऐन पास गर्ने कार्य तालिका थियो। कर्मचारी सम्बन्धी ऐनको विषयमा इटहरीमा क्रियाशील राजनीति दलको नेतृत्वबिच सहमति भएकै आधारमा नगर सभाबाट टुङ्ग्याउने योजना रहेको थियो। यद्यपि, नगर सभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि मेयर पौडेलले अनिश्चितकालका लागि नगर सभा स्थगित भएको घोषणा गरे। त्यस लगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगर सभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रष्ट्याएका छन्।

एमालेबाट विजयी वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरीले भने नगर सभा स्थगित गर्नुपर्ने परिस्थिति नभए तापनि मेयर पौडेलले हतारमा गरेको बताए।

‘सुरुमा हामीले हाम्रो तर्फबाट होमवर्क पुगेन स्थगित गरौँ भनेर प्रस्ताव गर्दा मेयर नमानेर हामीसँग परामर्श नै नगरीकन सुरु भयो,’ उनले भने, ‘हाम्रो तर्फका साथीहरू केही बेर आवश्यक सल्लाह गर्न बाहिर निस्किएकै बेला मेयर पौडेलले स्थगित गर्नुभयो।’
विजयी जनप्रतिनिधिका अनुसार कर्मचारीको सेवा सुविधाको विषयमा दलहरुबीच सहमति भए पनि साँझमा अन्तिम समयमा एमाले सुनसरी जिल्ला अध्यक्ष एवम् एमालेका कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारी नगर सभा स्थगित गर्न भनेर मौखिक रुपमा भनेकाले एमालेबाट विजयी प्रतिनिधि नगर सभाबाट बाहिरिएको थिए।

नगर सभा सुरु भएको दिन माघ मसान्त सम्मको खर्च विवरण उपमेयर चौधरीले प्रस्तुत गरेकी थिइन्। जसमा खर्च तर्फ विनियोजन रकम ९८ करोड ४८ लाख  ५५ हजार मध्ये  ४४ करोड ४६ लाख ३३ हजार र पुजिगततर्फ एक अर्ब अठार करोड  ७७ लाख ५५ हजार मध्ये २५ करोड ५७  लाख ३७ हजार गरी जम्मा १७ करोड तीन लाख १७ हजार खर्च  भएको प्रस्तुत गरिएको थियो।
अर्को समाचार
इटहरी उपमहानगरको नगरसभा अनिश्चितकालिन स्थगित
०३ चैत्र २०७९
•
२ मिनेट पाठ
इटहरी उपमहानगरको नगरसभा अनिश्चितकालिन स्थगित
फाइल तस्बिर।

मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस