इटहरी नगरपालिकाको १२ औं नगर सभा शुक्रबार साँझ अनिश्चितकालिन समयका लागि स्थगित भएको छ।
चैत २७ गतेबाट सुरु भएको हिउँदे नगर सभा सक्ने समय तालिका भएतापनि एमालेबाट विजयी सदस्यहरू सभाबाट बाहिरिएसँगै नगर सभा अनिश्चित कालिन समयका लागि स्थगित गरिएको छ।
नगर सभा स्थगित भएपछि मेयर हेमकर्ण पौडेलले इटहरीमा गत वैशाख ३० गते भएको निर्वाचनमा काँग्रेस र एमालेबाट जनप्रतिनिधि विजयी भएतापनि एमालेले बहुमतको आडमा जनताको अभिमतलाई सम्मान गर्न नचाहेको जिकिर गरेका छन्।
एमालेबाट विजयी वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरीले भने नगर सभा स्थगित गर्नुपर्ने परिस्थिति नभए तापनि मेयर पौडेलले हतारमा गरेको बताए।
नगर सभा सुरु भएको दिन माघ मसान्त सम्मको खर्च विवरण उपमेयर चौधरीले प्रस्तुत गरेकी थिइन्। जसमा खर्च तर्फ विनियोजन रकम ९८ करोड ४८ लाख ५५ हजार मध्ये ४४ करोड ४६ लाख ३३ हजार र पुजिगततर्फ एक अर्ब अठार करोड ७७ लाख ५५ हजार मध्ये २५ करोड ५७ लाख ३७ हजार गरी जम्मा १७ करोड तीन लाख १७ हजार खर्च भएको प्रस्तुत गरिएको थियो।

‘बहुमतको दम्भले गर्दा आफूमाथि उहाँहरूद्वारा (एमालेका जनप्रतिनिधि) तगारो भएर इटहरीको विकासमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ,’ उनले भने, ‘म हदैसम्म लचकताका साथ प्रस्तुत हुँदा पनि तगारो बन्ने काम भइरहेको छ।’नगर सभामा सबैभन्दा महत्त्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संशोधन र कर्मचारीको आचरण सम्बन्धी ऐन पास गर्ने कार्य तालिका थियो। कर्मचारी सम्बन्धी ऐनको विषयमा इटहरीमा क्रियाशील राजनीति दलको नेतृत्वबिच सहमति भएकै आधारमा नगर सभाबाट टुङ्ग्याउने योजना रहेको थियो। यद्यपि, नगर सभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि मेयर पौडेलले अनिश्चितकालका लागि नगर सभा स्थगित भएको घोषणा गरे। त्यस लगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगर सभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रष्ट्याएका छन्।
एमालेबाट विजयी वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरीले भने नगर सभा स्थगित गर्नुपर्ने परिस्थिति नभए तापनि मेयर पौडेलले हतारमा गरेको बताए।
‘सुरुमा हामीले हाम्रो तर्फबाट होमवर्क पुगेन स्थगित गरौँ भनेर प्रस्ताव गर्दा मेयर नमानेर हामीसँग परामर्श नै नगरीकन सुरु भयो,’ उनले भने, ‘हाम्रो तर्फका साथीहरू केही बेर आवश्यक सल्लाह गर्न बाहिर निस्किएकै बेला मेयर पौडेलले स्थगित गर्नुभयो।’विजयी जनप्रतिनिधिका अनुसार कर्मचारीको सेवा सुविधाको विषयमा दलहरुबीच सहमति भए पनि साँझमा अन्तिम समयमा एमाले सुनसरी जिल्ला अध्यक्ष एवम् एमालेका कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारी नगर सभा स्थगित गर्न भनेर मौखिक रुपमा भनेकाले एमालेबाट विजयी प्रतिनिधि नगर सभाबाट बाहिरिएको थिए।