काठमाडौको त्रिचन्द्र क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ।
अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।
नेविसंका एक विद्यार्थीका अनुसार मनोनयन पत्र वितरण भई रहेको अवस्थामा निर्वाचन अधिकृतलाई भगाएको र तालाबन्दी गरेको भन्दै आन्दोलन भइरहेको ठाउँमा प्रहरी आएर विद्यार्थीलाई लाठि चार्च गरी केहीलाई घाईत बनाएको बताएका छन ।
विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन भोलि हुँदैछ । भोलि देश भरीका क्याम्पसमा विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनको मतदान हुँदैछ।निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।
प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।
रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो ।
क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचार गलत एवं भ्रामक भएको र यससम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसकोतर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।’
रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचार सार्वजनिक भएको थियो । ती समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसको भनाइ छ । एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षाकोठा २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माणका लागि अपिल मात्र गरेको विज्ञप्तिमा उल्लेख छ ।