स्ववियू निर्वाचन: मोरङमा अनेरास्ववियू ४, नेविसंघ ३,अखिल क्रान्तिकारी १ मा विजयी
०६ चैत्र २०७९
•
३ मिनेट पाठ
स्ववियू  निर्वाचन: मोरङमा अनेरास्ववियू ४, नेविसंघ ३,अखिल क्रान्तिकारी १ मा विजयी
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा मोरङमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियू अगाडि देखिएको छ। मोरङका १० मध्ये ९ वटामा आइतबार सम्पन्न निर्वाचनमा मतगणना सम्पन्न भएको ८ वटा क्याम्पसमध्ये अनेरास्ववियूले ४, नेवि संघले ३ र अखिल क्रान्तिकारीले १ वटा क्याम्पसको सभापति जितेका छन् ।  




अनेरास्ववियूले  विराटनगर स्थित डिग्री क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पस र नर्सिङ क्याम्पसको सभापति जितेको छ । यस्तै नेविसंघले उर्लावारी, वेलवारी, पथरी शनिश्चरे बहुमुखि क्याम्पसको सभापति जितेको छ। यस्तै अखिल क्रान्तिकारीले मोरङको खदम केरावारी बहुमुखी क्याम्पसको सभापति जितेको छ। विवादका कारण महेन्द्रमोरङ क्याम्पस विराटनगरमा सोमबार ढिलोगरी मतगणा सुरु भएको छ। यस्तै मोरङको सुकुना बहुमुखी क्याम्पसमा रोकिएको निर्वाचनमा सोमबार मतदान भइरहेको  ।  

मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट नेविसंघका केशर थुलुङ राई निर्वाचित भएका छन्। रार्ईले अनेरास्ववियुका उज्वल लकान्द्रिलाई पराजित गरेका हुन् । त्यस्तै सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेविसंघका भुपाल खतिवडा,कोषाध्यक्षमा गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगर विजयी भएका छन् । सदस्यमा नेवि संघका सफिन आचार्य गंगाराम शाह (शम्भु), सोमनाथ फुंयाल (दिपेश), अखिल क्रान्तिकारीकी प्रितिका भट्टराई र अनेरास्ववियू (माधव नेपाल पक्ष)का  प्रकाश शिवा विजयी भएका छन्  ।  

मोरङको लेटाङ क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी  भएको छ।निर्वाचनमा सभापतिका उम्मेदवार छवि श्रेष्ठ सचिवमा पुजेश अधिकारी र कोषाध्यक्षमा पनि अनेरास्ववियुका सागर पौडेल विजयी भएका छन्।  

केराबारी खदम क्याम्पसमा एमाले निकट अनेरास्ववियुले उमेद्धारी नदिएपछि  नेविसंघ र अखिलक्रान्तिकारीको प्यानलै विजयी भएको छ । अखिल क्रान्तिकारीका सिमान्त लुइँटेल नेतृत्वको प्यानल निर्विरोध निर्वाचित भएको हो ।सचिवमा नेविसंघकी सिर्जना पोखरेल, कोषाध्यक्षमा क्रान्तिकारीकै सावित्रा विश्वकमा निर्वाचित भएकी छिन । सदस्यहरुमा क्रान्तिकारीका सुनिलकुमार रोक्का, नेविसंघका रितिका कार्की र स्वस्तिका कार्की निर्वाचित भएका छन्।  

रमाईलो बहुमुखी क्याम्पस कानेपोखरीमा एमाले निकट अनेरास्वबियुको तर्फबाट सभापतिमा मालती रेग्मीको  प्यानल नै बिजयी भएको छ।बेलबारी बहुमुखी क्याम्पसमा लोकतान्त्रिकम  बाम गठबन्धनका तर्फबाट सभापतिका उम्मेदवार  सियोम सुवेदी सर्बसम्मत  निर्वाचित भएका छन्।  

मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । सभापतिमा नेविसंघका विवेक कार्की विजयी भएका छन् । उनले नेकपा एमाले निकट अनेरास्ववियु,  माओवादी निकटको  अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार प्रीति दाहाललाई पराजित गरेका हुन् । सचिवमा नेविसंघका देवेन्द्र पौडेल,कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरुमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना वि.क, विनिता गौतम र विराट थापा विजयी भएका छन् ।  

नर्सिङ क्याम्पस विराटनगरको सभापतिमा  अनेरास्ववियूकी  प्रशंसा पौडेल विजयी भएकी छिन् ।डिग्री क्याम्पस विराटनगरमा अनेरास्ववियूका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् ।मोरङको सुकुना बहुमुखी क्याम्पसमा विवादका कारण रोकिएको निर्वाचन सोमबार भइरहेको छ । यस्तै महेन्द्र मोरङ विराटनगरमा आइतबार निर्वाचन सम्पन्न भए पनि मतगणनामा विवाद भएपछि रोकिएको मतगणना सोमबार भइरहेको छ।  
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५७ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस