भक्तपुरको दुई वटा क्याम्पसै संयुक्त प्यानल विजयी भएका छन्। भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा तीन ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको हो।
अध्यक्षमा संयुक्त प्यालनकोतर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो। उता साठोठिमी शिक्षा क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीकोतर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष रेशमलाल श्रेष्ठ विजयी भएका छन्।
स्ववियुको आइतवार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार एक सय ६७ मतका साथ निर्वाचित भएको सोमबार सार्वजनिक भएको हो। उनका निकतम प्रतिष्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ) का दिनेश खड्गीले ७ सय ६१ मत प्राप्त गरे।
स्ववियुको सचिवमा यादव दुलाल ११४६, कोषाध्यक्षमा सुजन प्रधान ११७६ विजयी मत ल्याई विजयी भए। सदस्यहरुमा संयुक्त प्यानलकै अस्मिता खनाल १२६९, निमेश नायभा १२२३, सजगकृष्ण पोखरेल ११८३, निरज कार्की १२९१, नवराज सिंह धामी १२५२, धिराज खड्का १२७०, सजना हुमागाईं १२६१ र तिलक पराजुली १२६२ मतका साथ विजयी भए।
समानुपातिकतर्फ नेविसंघले ७६४, नेक्राविसंघले ५१६, अनेरास्ववियुले ३५३ र अखिल क्रान्तिकारीले २७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. शेरसिंह रैखोलाले बताए। यस अनुसार नेविसंघले चार, नेक्राविसंघले तीन, अनेरास्ववियुले दुई र अखिल (क्रान्तिकारी) एक सदस्य सिट पाएका छन्। भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा दुई हजार २२ मत खसेको थियो। कुल चार हजार एक मतदाता भएको क्याम्पसमा (५०.५३०) मत खसेको थियोे।