बुटवल बहुमुखी म्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववीयुको प्यानल फराकिलो मतान्तरले विजयी भएको छ।
अध्यक्ष पदमा अनेरास्ववीयुका दुर्गा बहादुर एमसी निर्वाचित भएका छन्। एमसीले १ हजार २१४ मत ल्याइ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी निकटको अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ६३५ मत पाए। नेपाल विद्यार्थी संघका सागर पौडेलले ४७४ मत सहित तेश्रो भए।
सचिवमा अनेरास्ववीयुका निलकण्ठ पाण्डेय,कोषाध्यक्षमा अनेरास्ववीयुकै शशांक बस्याल निर्वाचित भए। सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल,सूचना भण्डारी,सुनिल कार्की,भुकम्प अर्याल,बिमल कुमार पासी सागर एमसी र पञ्चम बस्नेत निर्वाचित भए।
कुल ७ हजार ११० मत रहेको क्याम्पसमा जम्मा २ हजार ६८१ मत खसेको थियो। यो क्याम्पसमा २०४९ सालदेखि अनेरास्ववीयुले जित्दै आएको यो क्याम्पसमा यसपाली ६ वटा विद्यार्थी संगठन बिच प्रतिस्पर्धा भएको थियो।