रौतहटको गरुडा नगरपालिकासँग विभिन्न माग राख्दै मेयर प्रत्याशी दीपक यादव आमरण अनसनमा बसेका छन्।
गरुडा नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध शिक्षा शाखा अगाडि गरुडा चोकमा यादव आइतवार रातिदेखि आमरण अनसनमा बसेका हुन्।
शिक्षा क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धिहरु, बिजुली बत्ती र इन्टरनेट जडान भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा गरिएका विवरण तथा उपलब्धिहरु, करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजिरी रजिस्टरको प्रतिलिपिका साथै तलब र पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रियाको प्रतिलिपि, विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरु र भुक्तानी गरेको सम्पूर्ण कागजातका प्रतिलिपिहरु, दर्ता चलानी किताबमा भएको पत्रहरुको प्रतिलिपिहरु, हालसम्म भएको खर्च रकमको शीर्षक सहति मासिक विवरणको प्रतिलिपिहरु, नगर सभाका सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिइएको रकमको विवरणको प्रतिलिपिहरु, नगरपालिकाको सम्पूर्ण बैंक खाताहरुको विवरण र नगरवासीको उपस्थितिमा गरुडा चिनीमिलको मैदानमा सार्वजनिक सुनुवाई अविलम्ब हुनुपर्ने मागहरु राखी यादव आमरण अनसनमा बसेका हुन्।
गत स्थानीय तहको निर्वाचनमा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नगर प्रमुखको उम्मेदवार थिए।
यादवले राखेका मागहरु सबै पूरा गर्न नगरपालिका तयार रहेको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताएका छन्। नगरपापालिकाको कार्यालयमा नै सोमवार पत्रकार सम्मेलन गरी नगर प्रमुखले मागेको सबै सूचना दिन तयार रहेको स्पष्ट पारेका छन्। नगर प्रमुख कलवारले सार्वजनिक सुनुवाई पनि आफूले गर्ने र चैत मसान्तभित्र सबै योजनाका साथै प्रगतिको बारेमा सर्वसाधारणका बिच जानकारी गराउने स्पष्ट पारेका छन्।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले सूचनाको हक बमोजिम कसैले सूचना माग्न आएमा नगरपालिकालाई दिन कुनै अप्ठ्यारो नभएको बताउँदै जनताको काम गर्न नदिने नियतले केही दिनदेखि कार्यालयमाथि उच्छृंखल व्यवहार भएको बताए।
यसै बिच गरुडा नगरपालिका ८ जिंगडियाका शेख सदामले पनि नगरपालिकासँग गत पाँच वर्षको सबै विवरण माग गरेका छन्। नगरपालिका कार्यालयमा ११ बुँदे माग राखी सदामले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकालको सबै विवरण माग गरेका हुन्।
सदामले २०७४ को निर्वाचन पश्चात नगर प्रमुख इन्नु राय यादव, उपप्रमुख रंगिलादेवी जयसवाल र २०७८ कात्तिक ४ देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका रामबाबु राय यादवको कार्यकाल भरिमा नगरपालिकाका सबै विवरणहरु माग गरेका हुन्।
सदामले पनि त्यत्ति बेलाको करार कर्मचारीहरुलाई भर्ना गर्न कार्यपाालिकाबाट स्वीकृत निर्णयको प्रतिलिपि, करार कर्मचारी छनौट सम्बन्धी प्रक्रियाको प्रतिलिपि, करार कर्मचारीको नामावली, हाजिरी तथा सम्झौतासमेतको प्रतिलिपि, प्रदेशबाट ९० लाख रुपैयाको ह्यान्ड पाइप जडानसम्बन्धी योजनाको कार्यादेश, कार्य सम्पन्न र भुक्तानी लगायतका सम्पूर्ण विवरण तथा कागजातको प्रतिलिपि, नगरपालिकाको सम्पूर्ण खर्च तथा भुक्तानीको शीर्षक समेतको विवरणको प्रतिलिपि, नगरपालिकाका सम्पूर्ण बैंकहरुको खाताहरुको विवरण, नगरपालिकामा खटिएका कर्मचारीहरुको नाममा रहेको तर हालसम्म पनि बरबुझारथ नगरेका जिन्सी सामग्रीहरु तथा सबारी साधनहरुको विवरण, नगरपापालिकाका कर्मचारीहरुले लिएको पेश्की रकमको विवरण लगायतका ११ सूत्रीय मागहरु राखेका छन्।
गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले शेख सदामले विभिन्न प्रतिलिपिहरु सूचनाको हकसम्बन्धी ऐन बमोजिम माग गरेको र कार्यालयमा दर्ता गरिएको स्वीकार गरेका छन्।