सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री
०९ चैत्र २०७९
•
३ मिनेट पाठ
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताएका छन्।




सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) को स्थापना दिवसका अवसरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले जनताको सूचनाको हकको कार्यान्वयनका लागि सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

'नेपालको सन्दर्भमा सामुदायिक रेडियोले एफएम प्रविधिबाट नेपाली जनताको सूचनको हकका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्', उनले भने।

सूचनामा नागरिकको पहुँच बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, मानव अधिकार, विधिको शासन, सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलन, न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका आन्दोलनमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।

'शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका इतिहासमा नै अविस्मरणीयरुपमा स्थापित छ', उनले भने।

विश्वमा रेडियोको इतिहास एक सय २८ वर्ष पुरानो भएको स्मरण गर्दै उनले नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुगेको र रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुगेको स्मरण गरे। 

देशभरि छ सयभन्दा बढी रेडियो सञ्चालन भई हजारौँ सञ्चारकर्मी रेडियोमा कार्यरत रहेको र लाखौँ स्रोताको सूचना एवम् समाचारको प्राथमिक माध्यम रेडियोहरू हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

जनयुद्ध, दोस्रो जनआन्दोलन एवं न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका न्यायपूर्ण आन्दोलनमा रेडियोले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सम्मान गरे। 

प्रधानमन्त्री दाहालले संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति रेडियोले खेलेको भूमिकासमेत महत्वपूर्ण रहेको भन्दै सामुदायिक रेडियोहरुको भूमिकाको प्रशंसा गरे।

उनले सामाजिक विभेद, कूरिति एवं विसङ्गतिविरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवम् रूपान्तरणका क्षेत्रमा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको औँल्याए।

नेपालको भाषिक र सांस्कृतिक विविधता संरक्षण र सम्बद्र्धनमा रेडियोले लिएको पहलकदमीसमेत स्मरणीय रहेको उल्लेख गर्दै उनले विभेदमा पारिएका, सूचनाको पहुँच एवं भाषिक ज्ञानको अभावमा राष्ट्रिय मूलप्रवाहीकरणबाट वञ्चितीकरणमा पारिएका स्रोताहरूका लागि सामुदायिक रोडियोका विविध भाषाका समाचार र खोजमूलक सामग्री निकै प्रभावकारी देखिएको बताए।

उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्वद्र्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
अर्को समाचार
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
९ मिनेट अघि
•
१ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्। पार्टीको आधिकारिक नेतृत्व र निर्णयलाई नमान्ने प्रवृत्तिप्रति कडा रूपमा प्रस्तुत हुँदै उनले संगठनभित्र अनुशासन कायम गर्नुपर्नेमा जोड दिएका हुन्।




आइतबार पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तह केन्द्रित ‘हामी तयार छौँ’ अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै पार्टी र नेतृत्वलाई नमान्ने हो भने पार्टीमा रहिरहन नसक्ने स्पष्ट पारे।

२०७९ को स्थानीय, प्रदेश तथा राष्ट्रिय सभा र गत फागुनको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित कतिपय जनप्रतिनिधि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको महाधिवेशनमा केन्द्रित भएको प्रसंगमा उनले कांग्रेस दुईवटा हुन नसक्ने बताए। उक्त अवधिमा हुने अधिवेशन कांग्रेसको आधिकारिक महाधिवेशन नभएको उनको दाबी छ।

‘कुनै गाउँपालिका अध्यक्ष वा जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित हुनुभएको छ, तर म कांग्रेस मान्दिनँ, कांग्रेससँग आबद्ध छैन भन्नुहुन्छ भने उहाँलाई मैले धन्यवाद दिएर घर पठाउने हो,’ सभापति थापाले भने, ‘कांग्रेस कार्यालय जान्नँ, कांग्रेस मान्दिनँ र गगन थापा सभापति हो भन्ने पनि चिन्दिनँ भन्नुहुन्छ भने उहाँ जहाँ जाने हो जान सक्नुहुन्छ। पार्टीमा रहिरहने कुरा हुँदैन।’

थापाको अभिव्यक्तिले पार्टीको आधिकारिक नेतृत्व र संगठनात्मक निर्णयलाई स्वीकार नगर्ने जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीभित्र स्थान नदिने उनको संकेत देखिन्छ। पार्टीभित्रको विवाद र नेतृत्वको वैधानिकताबारे फरक धारणा राखिरहेका नेताहरूका बीच यस्तो अभिव्यक्तिले कांग्रेसको आन्तरिक एकताको विषयलाई थप चर्चामा ल्याएको छ।

यद्यपि, सभापति थापाले पार्टीभित्र नयाँ नेता तथा कार्यकर्तालाई जोड्ने प्रयास पनि भइरहेको बताएका छन्। अन्य पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउन उपसभापति मधु आचार्यको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए।

त्यस्तै, निर्वाचनमा अन्यत्र मत दिएको भन्दै असन्तुष्ट रहेका कांग्रेस कार्यकर्तालाई पार्टीमा समेट्न उपसभापति चन्द्र भण्डारीको नेतृत्वमा अर्को समिति बनाइएको उनले बताए।

पार्टीमा नयाँ सदस्य तथा नेता भित्र्याउने प्रयाससँगै असन्तुष्ट कार्यकर्तालाई समेट्ने र संगठनलाई एकताबद्ध बनाउने चुनौती पनि कांग्रेससामु रहेको देखिन्छ। एकातिर अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी र अर्कोतिर नयाँ तथा असन्तुष्ट पक्षलाई पार्टीमा जोड्ने प्रयासले कांग्रेस नेतृत्वले संगठन व्यवस्थापनलाई प्राथमिकतामा राखेको संकेत गर्छ।

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसको आधिकारिकताबारे कुनै भ्रममा नपर्न आग्रह गरे। असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै उनले अब अर्को महाधिवेशन नहुने बताए।

‘कांग्रेस दुईवटा हुँदैन। अब कांग्रेसको अर्को अधिवेशन हुँदैन। चुनाव चिह्न र झण्डाबारे उहाँहरूलाई थाहा छ। यस विषयमा पाँच पटक अदालतबाट मुद्दा फैसला भइसकेको छ,’ उनले भने।

विगतमा कांग्रेस विभाजन भएर पुनः एकीकरण भएको घटनालाई अहिलेको परिस्थितिसँग जोडेर हेर्न नहुने पनि थापाको भनाइ थियो। राजनीतिक परिस्थिति परिवर्तन भइसकेकाले विगतकै शैलीमा पार्टी विभाजन र एकीकरण दोहोरिने सोचाइ गलत भएको उनले बताए।

‘कसैलाई के लागेको छ भने विगतमा कांग्रेस फुट्यो। दुईवटा भयो। फेरि मिल्यो। सभापति भएको मानिस सहसभापति हुन्छु भन्ने लागेको भए त्यो साथीलाई भनिदिनू— एमाले फुट्यो, माधव नेपाल कता हुनुहुन्छ? सधैँभरि फुटेको कुरा एकै तरिकाले जाँदैन। राजनीतिक परिस्थिति बदलिसक्यो,’ उनले भने।

सभापति थापाले कांग्रेसमा प्रवेश गर्न चाहने नेताहरूको संख्या बढिरहेको दाबीसमेत गरे। बहालवाला मेयरदेखि पूर्वमुख्यमन्त्रीसम्म कांग्रेसमा आउन इच्छुक रहेको उल्लेख गर्दै उनले अहिले पार्टीमा नयाँ आउने नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको बताए।

पार्टीभित्रको अनुशासन कायम गर्ने र बाहिरबाट नयाँ नेतृत्व तथा कार्यकर्तालाई आकर्षित गर्ने दुवै प्रयासलाई सँगसँगै अघि बढाउनुपर्ने अवस्था कांग्रेससामु देखिएको छ।
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
यो पनि पढौँ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस