जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने नड्ने विषय गठबन्धन र जसपाको निर्णयमा अडिएको बताएका छन्।
पार्टी(जसपा) र सत्ता गठबन्धनले मलाई उम्मेदवार बनाउने निर्णय गर्यो भने यस विषयमा सोच्ने उनले बताए।
‘म जसपामा छुँ र जसपा सत्ता गठबन्धन दल हो’ नागरिकसँग फोनमा कुरागर्दै अध्यक्ष यादवले भने,‘पार्टी र गठबन्धनको निर्णय नै नभई मँ उताउलो जस्तो चुनाव लड्छु लड्छु भन्दै हिँड्न सुहाउँदैन।’ दुबै ठाउँ(पार्टी र गठबन्धन)मा निर्णय भएपछि मात्र मेरो इच्छाको(चुनाव लड्ने वा नलड्ने) को कुरा आउँछ, उनले भने।
पार्टी र गठबन्धनले तपाईलाई उम्मेदवार बनाउने निर्णय गर्यो भने के गर्नुहुन्छ ? प्रश्नमा उनले भने,‘मँ पार्टी र गठबन्धनमा भएकोले उचित निर्णय गर्छु, पछि हट्दिन।’
गठबन्धनका नेताहरु र पार्टीका सार्थीहरुले संसदमा आउन आग्रह गरिरह्नु भएको छ उनले प्रष्ट्याए,‘ गठबन्धन र पार्टीमा निर्णय नभएसम्म मैले कुनै निर्णय गर्नु उचित हुँदैन। उनले भने,‘बाराका साथीहहरु यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ उनले भने, ‘तर मैले पनि अहिलेसम्म लड्ने, नलड्ने मन बनाई सकेको छैन।’
मंसिर ४ प्रतिनिधिसमा निर्वाचनमा सप्तरी २ बाट पराजित यादवले भने,‘एउटा खेलमा गोल गर्न पाइएन भनेर खलाडीले खेल खेल्नै त छोड्दैनन् नी ! उनले थपे,‘खेल हो कहिले कसैले गोल हान्छ कहिले खान्छ, परिणामले आतिनु र मातिनु चाहीँ हुँदैन।’