नवनिर्वाचित उपराष्ट्रपति रामसहायक यादवले शिक्षा क्षेत्रको विकास हुन जरुरी रहेको बताएका छन्।
मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उपराष्ट्रपति यादव बारा –२ बाट प्रतिनिधि सभा सदस्यमा जसपा पार्टीबाट निर्वाचित भएका थिए। उपराष्ट्रपतिमा निर्वाचित भए पछि उनी पहिलो पटक गढीमाई मन्दिरको दर्शन गर्न आएका बारा आएका हुन्।
महागढीमाई नगरपालिकाले आईतबार बरियारपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले आफू सामान्य गरिब परिवारमा जन्मेको र पढे, लेखेर शिक्षा पेशा अपनाएर राजनीतिकमा लाग्दा आज देशकै उपराष्ट्रपति बन्न सफल भएको बताए।
कार्यक्रम मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले गढीमाई मन्दिरलाई पर्यटकीय रुपमा विकास गर्नको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए।महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले उपराष्ट्रपति र मुख्यमन्त्रीसँग गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग गर्न माग गरेको थिए।
रामसहायक यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि खाली भएको बारा – २ को निर्वाचन क्षेत्रबाट वैशाख १० गते गरिने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने चर्चा छ।
बारा – २ को निर्वाचन क्षेत्र अन्तर्गत पर्ने महागढीमाई नगरपालिकामा १ बरियारपुरमा रहेको गढीमाई मन्दिरको दर्शन गर्ने कार्यक्रम जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसमेत उपराष्ट्रपति र मुख्यमन्त्री सहित पुगेका थिए।

‘आफू शिक्षित नभएको भए आज यो पदमा पुग्दैन्थे,’ यादवले भने ‘देशको विकासको लागि सबै नागरिक शिक्षित हुनै पर्छ।’देशको शिक्षा र स्वास्थ्य क्षेत्रको लागि आफूले सक्दो पहल गर्ने यादवको भनाइ थियो।हिजो कुनै पार्टीको सदस्य भएको कारण उपराष्ट्रपति बने पनि उपराष्ट्रपति भए पछि म कुनै पार्टीको सदस्य रहिन् अब नेपालको उपराष्ट्रपति मात्रै हुँ यादवले भने।