एमालेले झ्यालबाट होइन, मूल ढोकाबाट छिरेर देशको नेतृत्व गर्छ: ओली
१२ चैत्र २०७९
•
२ मिनेट पाठ

मिसन ग्रासरुट अभियानलाई सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष ओली।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आजको दिनमा पहिलो पार्टी भएको बताएका छन्।

निर्वाचनमा एमालेलाई हराउन अनेक जालझेल गर्दा समेत गठबन्धनको केही नलागेको भन्दै उनले एमाले अहिले पनि पहिलो शक्ति भएको बताए।

अर्घाखाँचीको सन्धिखर्कमा आयोजित ‘मिसन ग्रासरुट’ को अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद जोड्दा अहिले पनि एमाले पहिलो पार्टी भएको दाबी गरे।पहिलो पार्टी भएकाले एमाले जिम्मेवार बन्नुपर्ने उनको भनाई छ।

‘तल्लो सदन र माथिल्लो सदनका सांसद गन्दा हामी पहिलो शक्ति नै हौँ, ओलीले भने, ‘लोकप्रिय मतमा पनि हामी अगाडी नै छौँ त्यसैले हामी जिम्मेवार बन्नुपर्छ।’
जनताको जनमतलाई कसैले छेक्न नसक्ने भन्दै उनले एमाले झ्यालबाट नभई मूल ढोकाबाट छिरेर देशको नेतृत्व गर्ने बताए। आउँदो निर्वाचनमा एमाले एक्लैले ५१ प्रतिशत ल्याउने र सरकार चलाउने मिसन नै ‘मिसन ग्रासरुट’ भएको उनले बताए।

सङ्कल्प गर्‍यो भने एमालेले हरेक वडा, पालिका, प्रदेश र संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने उनले दाबी गरे। एमाले सत्ता प्राप्ति भन्दा संगठन निर्माणमा लागेको उनले बताए।

‘मिसन ग्रासरुट भनेको मिसन एकाउन्न प्रतिशत हो, उनले भने, ‘आउने निर्वाचनमा देशैभर एमालेको ५१ प्रतिशत जनमत आउँछ, आउनु पर्छ।’
वर्तमान सरकार स्वाधीनताको रक्षा गर्ने, सुशासन कायम राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, विकास र समृद्धिको सवालमा निरीह देखिएको उनले बताए। सत्ता भागबण्डा लगाउने र लुछाचुँडीमै सरकारले समय खेर फाली रहेको उनले आरोप लगाए। सरकारलाई ट्र्याकमा ल्याउन खोज्दाखोज्दै पुस १० गते बनेको गठबन्धन भत्काउन देशी विदेशी शक्ति क्रियाशील भएर असफल बनाएको उनको भनाई छ। 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारको चालामाला ठिक नभएकोले यो सरकारले देशलाई स्थिरता दिन नसक्ने बताए। दश/एघार पार्टी मिलेर देशको ढुकुटी रित्ताउनेमा लागिपरेको उनले बताए। भ्रष्टाचार गरेर खाने र देश विकासलाई गती दिन नसक्ने भएकाले एमालेप्रति जनताको विश्वास बढेको बताए।

एमालेलाई अगाडी बढ्न नदिन प्रतिक्रियावादी शक्तिहरू लागि परेको उनको भनाई छ। कुन गोरुको सिंग ठुलो छ भनेर सिउँडी खेल्ने बेला नरहेको भन्दै ओलीले जनतामा गएर एमालेको नीति, विधि र मिसन बारे जानकारी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी, स्थाई कमिटी सदस्य डा. राजन भट्टराई, सूर्य थापा, विमला घिमिरे, प्रतिनिधिसभा सांसद बिजुला रायमाझी, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतको उपस्थिति रहेको थियो।
अर्को समाचार

डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ

ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस