सभामुख अमुक दलको नियन्त्रणमा हुने संशय
१४ चैत्र २०७९
•
५ मिनेट पाठ
सभामुख अमुक दलको नियन्त्रणमा हुने संशय
संसदीय व्यवस्थामा सभामुखलाई स्वतन्त्र र निष्पक्ष प्रतिनिधिको रूपमा हेर्ने गरिएको छ। उसको भूमिकाले मात्र संसद्को मर्यादा र भूमिका प्रभावकारी हुनुको साथै संसदीय व्यवस्था मजबुत हुने बताइन्छ। तर, ?रकउ्मा सभामुखको निर्णायक मत, विधेयक प्रमाणित, सदस्यहरूले सभामुखसमक्ष राजीनामा दिनुपर्नेजस्ता कुराले उक्त पदको भूमिका र जिम्मेवारी अझ बढाएको छ।  




एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित वर्तमान सभामुख देवराज घिमिरेका पछिल्ला क्रियाकलापले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू उनले निष्पक्ष भूमिका निर्वाह गर्नेमा आशंका व्यक्त गर्न थालेका छन्। सभामुख घिमिरे एमालेसँग लचिलो बन्नसक्ने भन्दै सत्तारुढ दल शशंकित भएका हुन्। उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउन नखोजेको आरोप सत्तापक्षले  लगाएको छ।  

सत्तापक्षले ९ गते नै यो विधेयक अघि बढाउन खोजेका थिए। तर, सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गरेका थिए। सोमबार यो विधेयकलाई संसद्ले सैद्धान्तिक स्वीकृति दिएको छ। अहिले विधेयकमाथि संशोधन सुरु भएको छ। संसद्मा बिजनेस दिने काम सरकारको हुन्छ। सरकारले जुन विधेयक अघि बढाउन खोज्छ त्यसलाई सभामुखले कार्यसूचीमा राख्न लगाउनु पर्छ। तर सभामुखले सरकारले अघि बढाउन खोजेको विधेयकलाई रोक्न खोजेमा सरकारसँग द्वन्द्व सुरु हुन सक्छ। यता सभामुख जस्तो तटस्थ पदमा बसेको व्यक्तिले विना प्रमाण पत्रकार बिक्रीमा छन् भन्ने आरोप लगाएरपछि सो आरोप फिर्ता लिए।  

यसबाट संसद्का कामकारबाहीमा परेको असरले कार्य व्यवस्था परामर्श समितिको निर्णयपछि मात्र सभामुखले निर्णय गर्नेसम्मको संशोधन प्रतिनिधिसभा नियमावलीमा आउनुलाई नौलो कुरा मान्न नसकिने सांसदहरू बताउँछन्। सभामुखले आफ्नो अधिकार संसद्ीय नियम, स्थापित अभ्यास र विवेकको आधारमा प्रयोग गर्नुपर्ने हुन्छ तर सभामुखलाई नियन्त्रण नगर्ने हो भने अब सभामुखले सरकारले संसद्मा ल्याएका कुनै पनि विषय अघि नबढाउने संकेत देखिएका कारण नै संशोधन राख्नुपरेको संशोधन कर्ता एक सांसदले बताए। तर, सभामुखको भूमिकालाई कटौति गरिरहँदा संसद्मा हुने आकस्मिक घटनाहरूलाई सम्बोधन गर्न सभामुखबाहेक अरूको विकल्प हुँदैन।  

बैठकको सुव्यवस्था कायम गर्न चेतावनी, बैठक कक्षबाट निष्कासन, सदस्यको निलम्बन, बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमको बैठक कक्षभित्र ध्वंशात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानि नोक्सानी पु¥याएमा सभामुखलाई बैठक कक्षबाट निष्कासन गर्नसक्ने अधिकार दिने गरिन्छ।  

प्रतिनिधिसभाको नयाँ नियमावलीमा सभामुखका अधिकार कटौती गर्दा यी कुरामा संशोधनकर्ताको ध्यान गएको छैन। कांग्रेसका सांसद रामहरि खतिवडाले यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ भन्ने उल्लेख गरेका छन्। जनता समाजवादीकी सांसद रेखा यादवले यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्छ भन्ने संशोधन मात्र दर्ता गरेकी छन्। भने माओवादी केन्द्रका सांसद रूपा सोसी चौधरीले र नारायणी शर्माले ‘कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार सभामुखले सभालाई यस नियमावलीमा उल्लेख भए अनुसार व्यवस्थित रूपले अगाडि बढाउने काम गर्नुहुनेछ भन्ने मात्र उल्लेख गरेका छन्। माओवादी केन्द्रका सांसद माधव सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार सभामुखले सभालाई यस नियमावलीमा उल्लेख भएअनुसार व्यवस्थित रूपमा अगाडि बयाउने काम गर्नुहुनेछ भन्ने उल्लेख  गरेका छन्।  

कांग्रेसका सांसद राजेन्द्र कुमार केसी र संजय कुमार गौतमले यस नियमावलीमा उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ भन्ने उल्लेख गरेका छन्।  

एकीकृत समाजवादीका सांसद अम्मर बहादुर थापा र भानुभक्त जोशीले यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार गर्नेछन् भन्ने उल्लेख गरिएको छ। सत्तापक्षका सांसदले गरेको एउटै प्रकारको संशोधन पारित गरेमा सभामुखले सदनका आकस्मिक घटनामा के गर्ने भन्ने कुरा पनि समावेश गर्नुपर्ने देखिन्छ।  

यसमा संशोधन प्रस्ताव नराख्ने हो भने हो भने सभामुखले ससदका तत्काल गर्नुपर्ने कुनै पनि काम गर्न नसक्ने अवस्था आउने देखिन्छ। अर्थात् कार्यव्यवस्था परामर्श समितिमा सत्तापक्षको बहुमत हुने र कार्यपालिकाको नियन्त्रणमा संसद् सञ्चालन हुनसने सम्भावना देखिन्छ। र कुनै पनि निर्णय कार्यव्यवस्था परामर्श समितिमा लैजानुपर्ने भएमा सदनको काम अघि बढ्न कठिनाइ हुन्छ। ‘सदनमा सबै कार्यव्यवस्था परामर्श समितिका सदस्य रहिरन्छन् भन्ने हुँदैन। सभामुखलाई कुनै निर्णय गर्न तुरुन्तै पर्छ, त्यसैले त्यसलाई कसरी व्यवस्था गर्ने कुरा पनि संशोधनमा राख्नुपर्ने हुन्छ,’ एमालेका एक नेताले भने।  

सभाको बैठकमा सभामुखलाई जे अधिकार रहन्छ समितिको बैठकमा पनि सुव्यवस्था कायम गर्ने अधिकार समिति सभापतिलाई हुन्छ। सभापतिले आफ्नो अधिकार प्रयोग भई समितिको कुनै सदस्य निष्काशित वा निलम्बित भएमा सभापतिले सो कुराको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ। संशोधन कर्ताले यो कुरामा पनि ध्यान दिन जरुरी देखिएको छ।  

कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौंथाई सदस्यको समर्थन प्राप्त गरी संसद् मा दर्ता गर्न सकिने व्यवस्था छ। सभामुखलाई हटाउन दुईतिहाइको बहुमतबाट पारित भएमा मात्र सम्भव हुन्छ। तसर्थ, यसबाट सभामुख कुनै पनि दलको नभई तटस्थ नै रहनु पर्ने बाध्यकारी अवस्था रहेकाले सभामुखले संसद्को गरिमा कायम राख्न आफैं भूमिका खेल्न सक्नुपर्ने अवस्था देखिन्छ।  

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सोमबर सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरे, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुखबीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्ने र बरु सभामुख सभामुखको भूमिका मै रहनु नै उचित हुने कुरा उनले गरे।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस