उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ।
आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएका हुन्।
'विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडै सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी बाँकी कारबाही गर्नु गराउनु भनी विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको', आदेशमा भनिएको छ।
आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ। आरआरका विद्यार्थी मदन भण्डारी, कमर्श क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए।
ती तीनवटै क्याम्पससहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो।
चिट चोर्न नदिएको भन्दै काठमाडाैं प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक विद्यार्थीबाट कुटिएका छन्। मंगलबार बिहान क्याम्पसमा स्नातक तहका विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको क्याम्पसका एक प्राध्यापकले जानकारी दिएका छन्।
एक शिक्षकका अनुसार मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडब्लू)को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो। एक छात्रले चिट चोर्न लागेकोमा शिक्षक पुडासैनीले रोक्न खोजेका थिए। परीक्षामा चिट चोर्न रोक्न खोज्दा स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र कुँवेर जेठाराले शिक्षकमाथि दुर्व्यवहार गर्न थाले। माहोल तनावपूर्ण भएपछि परीक्षा स्थगित भयो।
परीक्षा स्थगित गरेर विवादित दुई पक्ष शिक्षक र विद्यार्थीलाई आफ्नो कक्षमा लगि छलफल गराउने प्रयत्न गरिरहेकोमा विद्यार्थी कुँवेर जेठाराले पानी पिउन मन लागेको भन्दै डिसपेन्सर नजिक भएको स्टिलको जग उठाए। जेठाराले उक्त जगले शिक्षक पुडासैनीको टाउकोमा हाने र उनको टाउकोमा चोट लाग्यो।
टाउकोमा गम्भीर चोट लागेका पुडासैनीलाई नजिकैकाे काठमाडाैं मोडल अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ। हाल विद्यार्थी भने फरार रहेका छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...