वैशाख १० गते हुने उप-निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई चुनाव लडाउने जसपा बारा – २ को क्षेत्रीय भेलाले निर्णय गरेको छ।
बुधबार सुवर्ण गाउँपालिकाको मझरियामा आयोजना गरिएको क्षेत्रीय भेलाबाट राष्ट्रिय अध्यक्षलाई चुनाव लडाउने सर्वसहमती भएर एकल नाम सिफारिस गरिएको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए।
क्षेत्रिय भेलामा ५ हजार भन्दा बढिको संख्यामा नेता/कार्यकर्ताहरु सहभागी रहेको र सबैले उपेन्द्र यादवलाई चुनाव लडाएर विजयी बनाउने कार्यमा सहयोग गर्ने प्रतिबद्धता गरेको यादवले बताए।
देशमै संघियाताको लागि लड्ने मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने मुख्य व्यक्ति नै उपेन्द्र यादव रहेकाले यस क्षेत्रका जनताहरुले उनलाई उपनिर्वाचनमा विजयी बनाउन आतुर देखिएको यादवकाे भनाइ थियाे।
क्षेत्रीय भेलामा सहभागी रहेका जसपा नेता तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उपेन्द्र यादवले बारा – २ बाट उपनिर्वाचनमा विजयी बनाएमा उनी प्रधानमन्त्री समेत बन्न सक्ने भएकोले यस क्षेत्रका जनताहरू उनलाई विजयी बनाउन एक मत रहको उल्लेख गरे।
कार्यक्रममा प्रदेश सभा सदस्य बच्चा यादव, जसपा नेताहरु प्रमोद गुप्ता, प्रकाश चौगाई, पारस साह लगायतले 'बारा –२ बाट राष्ट्रिय अध्यक्ष चुनाव लड्न आउनु हाम्रो लागि गर्वको विषय भएको र उनलाई विजयी बनाए पठाउने सबै नेता/कार्यकर्ताकाे जिम्मेवारी' हुने बता।
बारा – २ का प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति बने पछि रिक्त रहेका यस क्षेत्रबाट चुनाव लडेर संसद् प्रवेश गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पहिला देखि नै तयारीमा छन्।