देउवा-ओली पोलापाल
०९ पौष २०७३
•
६ मिनेट पाठ
देउवा-ओली पोलापाल
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेताले संविधान कार्यान्वयनमा बाधक बनेको भन्दै एकअर्कालाई पोलापोल गरेका छन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्तीका अवसरमा 'सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान' ले शुक्रबार ललितपुरको बाँडेगाउँमा आयोजना गरेको कार्यक्रममा दुई नेताबीच आरोपप्रत्यारोप चलेको हो।




देउवाले संविधान कार्यान्वयनका लागि २०७४ माघभित्र स्थानीय, प्रदेश र केन्›को निर्वाचन हुन नसके सबै राजनीतिक दलका नेतृत्व नालायक साबित हुने बताए। 'देशलाई संक्रमणबाट मुक्त गर्न २०७४ माघभित्र तीनै तहका चुनाव सम्पन्न गरिसक्नुपर्छ। त्यसो गर्न सकेनौं भने तपार्इं, म वा अरु होइन, हामी सबै नालायक हुनेछौं,' ओलीप्रति लक्षित गर्दै देउवाले भने।

संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्न नसके मुलुकमा संकट आउनेतर्फ ओलीको ध्यान खिच्दै देउवाले विगतमा जस्तो संविधान संशोधन गरेर चुनावको म्याद थप गर्न नसकिने तर्क गरे। 'सधैं म्याद थप गर्ने पाइँदैन र त्यो अधिकार पनि छैन,' देउवाले भने।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेता भट्टराईले छ महिनाभित्र संविधान निर्माण गरेर एक वर्षमै निर्वाचन गराएको स्मरण गर्दै देउवाले संविधान कार्यान्वयनका लागि सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा सघाउन ओलीलाई आग्रहसमेत गरे। 'संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छ,' देउवाले थपे, 'संशोधन पार्टीको होइन, मधेसी जनताको भावनाको कुरा हो।'

संशोधन प्रस्ताव अघि बढाइए निर्वाचनको वातावरण बन्ने दाबी गर्दै देउवाले भने, 'चुनाव भए हामी संक्रमणकालबाट बाहिर निस्कन सक्छौं।'

कांग्रेस पूर्वसभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले सहमति गरेकै प्रस्तावअनुसार संविधान संशोधन विधेयक ल्याइएको दाबी देउवाको थियो। उनले भने, 'त्यतिबेला नेकपा एमालेको अध्यक्ष तपाईं (ओली) नै हुनुहुन्थ्यो, हाम्रो पार्टी कांग्रेस सभापति सुशील कोइराला हुनुहुन्थ्यो। दुवैको सहीछापमा त्यो प्रस्ताव तयार भएको थियो, त्यही प्रस्तावलाई अहिले अघि बढाइएको हो।'

स्याङ्जाको कार्यक्रममा सहभागी भएर अन्तिम समयमा कार्यक्रमस्थल आइपुगेका देउवाले सुरुमै भने, 'केपीजीसँग झगडा परिरहेको छ, झन् आउन ढिला भयो, कुरायो भनेर रिसाउनुभो होला।'

देउवा आइपुग्नुअघि नै बोलिसकेका ओलीले संविधान संशोधन वर्तमानको आवश्यकता नभएको दाबी गरे। संविधान कार्यान्वयनका लागि एमाले सधंै सहयोगी रहेको जनाउँदै ओलीले भने, 'जुन कुरा यतिबेला चाहिएकै छैन, त्यो ल्याएर किन अड्काउने?'

संविधान संशोधन नहुँदा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुनै बाधा नपुग्ने उनको तर्क थियो। संशोधन प्रस्ताव नेपाल र नेपालीको हितमा नरहेको ओलीले बताए। उनले भने, 'नेपाली जनता र देशको हितमा एमाले नतमस्तक हुन्छ तर बाह्य हितको बोझ बोक्न म र मेरो पार्टी बाध्य हुँदैन।'

ओलीले निर्वाचनको तयारीमा जुट्न आग्रह पनि गरे। 'यही चुनाव (स्थानीय, प्रदेश, केन्द्रीय संसद्) भन्ने छैन, जुन चुनावमा जान पनि एमाले तयार छ', ओलीले भने, 'चुनाव गराउने कुरा गरौं।'

यो संसद्लाई प्रदेश सीमांकन हेरफेर गर्ने अधिकार नभएको संकेत गर्दै ओलीले संसद्को काम संक्रमणकाल छिटो टुंगो लगाउने, सरकारको काम छिटो चुनाव गराएर नेतृत्व हस्तान्तरण गर्ने रहेको बताए।

सरकारले ५ नम्बर प्रदेश सिमाना हेरफेर गर्ने गरी ल्याएको संविधान संशोधनप्रति उनले असन्तुष्टि जनाए।

संक्रमणकाल अन्त्यका लागि सहकार्य गर्न एमाले तयार रहेको जनाउँदै ओलीले एमालेलाई 'देखाइदिन' कांग्रेसले माओवादीलाई बोकेको आरोपसमेत लगाए।

यता, पार्टीका जिल्ला कोषाध्यक्षहरूको सम्मेलन उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले एमाले तराई/मधेस, पहाड र हिमालबीच विभाजन र  विखण्डन निम्त्याउन लागिपरेको आरोप लगाए। मधेसमा शान्ति कायम गर्न संविधान संशोधन प्रस्ताव अघि बढाइएको जनाउँदै उनले एमालेले संसद्लाई बन्धक बनाएको दाबी गरे।

एमालेले सरकारबाट बाहिरिनुपरेको तुष संसद् बैठक चल्न नदिएर पोखेको तर्क गर्दै देउवाले भने, 'प्रजातन्त्रमा पार्टी सरकारमा रहने र प्रतिपक्षमा पुग्ने प्रक्रिया चलिरहन्छ। सरकारबाट बाहिर बस्नुपर्‍यो भन्दैमा संसद् नै अवरोध गर्नु ठीक होइन।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस