नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले यस पटक चितवनमा नेकपा एमालेले जीत निकाल्ने दाबी गरेका छन्।
वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा आफ्नो पाटीको तर्फबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको मनोनयन दर्ता गराउन आएका बाँस्कोटाले एमालेले जित्ने दाबी गरेका हुन्।
एमालेको ग्रास रुट अभियानको चितवन कमान्डर बनेर २५ दिन अघि उनी चितवन आएका थिए। यो अवधिमा ग्रास रुटसम्मको गहिराई नापेको उनले जिकिर गरे।

'२५ दिनको अवधिमा नारायणीको पानी जसरी गहिँराई नापिएको छ, एमालेको डुंगा तर्छ।' उनले भने 'एक, दुई, तीन नेकपा एमालेले चितवनमा जीत निकाल्छ। दावासाथ भन्न सक्छु।'मनोनयन दर्तापछि उनले नेपाली जनताको मन मस्तिष्कमा बस्ने गरी काम गर्ने बताए। उनले नारायणी सङ्लिँदै आएको उदाहरण दिँदै एमाले जनलहर आएको उदाहरण प्रस्तुत गरे।
'नारायणी सङ्लिँदै गएको छ। चैते हुरीका केही काम छैन,' उनले भने, नयाँ पालुवा पलाउँदै छन्।'