रविविरुद्धको मुद्दामा सुनुवाइ आज
२१ चैत्र २०७९
•
२ मिनेट पाठ
रविविरुद्धको मुद्दामा सुनुवाइ आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार दर्ता भएको रिट निवेदनमाथि मंगलबारका लागि पेसी तोकिएको हो।  




लामिछानेको नागरिकता विवादमा रिट दिएका युवराज पौडेल (सफल) ले राहदानी दुरूपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट निवेदन दर्ता गरेका हुन्। रिट निवेदकले लामिछानेविरुद्ध झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भन्ने परमादेश माग गरेका छन्। महान्यायाधिवक्ताले गरेको मुद्दा नचल्ने निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भन्दै अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ। महान्यायाधिवक्तालाई मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने अधिकारको प्रयोग निष्पक्ष ढंगले नभएको रिट निवेदनमा दाबी गरिएको छ। महान्यायाधिवक्ता दीनमणि पोखरेलले चैत ७ मा लामिछानेको राहदानी दुरूपयोगसम्बन्धी विषयमा मुद्दा नचलाउने निर्णय गरेका थिए। महान्यायाधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नसक्ने बाटो खुला रहेको थियो। यदि महान्यायाधिवक्ताले गरेको निर्णय त्रुटिपूर्ण रहेछ भने अदालतले सच्याउन सक्ने व्यवस्था पनि छ। लामिछानेले अमेरिकी नागरिक हुँदाकै बखत पुरानै नेपाली नागरिकतामार्फत नेपाली राहदानी लिएको विषयमा प्रहरीमा उजुरी परेको थियो। त्यस विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरी सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको प्रतिवेदनमा मुद्दा नचलाउने निर्णय गरी पठाएको हो।

सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ नागरिकता प्राप्त गरिसकेकाले नागरिकता र राहदानीमा कुनै झुटा विवरण पेश गरी दुरूपयोग नभएको प्रहरीले राय प्रतिवेदनमा उल्लेख गरेको थियो। लामिछानेले अमेरिकाको राहदानी हुँदासम्म नेपालको राहदानी प्रयोग नगरेको, हाल राहदानी विभागबाट रद्द भएको र कुनै झुटा विवरण पेश नगरेको प्रहरीको रायमा महान्यायाधिवक्ता सहमत भएका थिए। सर्वोच्च अदालतले नेपालमा नेपाली नागरिकले मात्रै राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत राख्ने नजिर कायम गर्दै एकैसाथ दोहोरो नागरिकता कायम नरहने ठहर गरेको थियो। नेपालको कानुनी प्रक्रिया मिचेर पुरानै नागरिकताका आधारमा प्रतिनिधिसभामा उम्मेदवार बनेको भन्दै सर्वोच्चले उम्मेदवारी खारेज गरिदिएपछि उनको गृहमन्त्री र सांसद पद गुमेको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रियाअनुसार लामिछानेले नयाँ नागरिकता लिएका थिए।
अर्को समाचार
श्रेष्ठ रास्वपाबाट बर्खास्त
३० चैत्र २०७९
•
५ मिनेट पाठ
श्रेष्ठ रास्वपाबाट बर्खास्त
क्याप्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको आवाज श्रेष्ठकै रहेको ठहर गर्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो। उनलाई प्रतिनिधिसभा सदस्य पदबाट पनि हटाउने प्रक्रिया थाल्ने निर्णय भएको रास्वपाले जनाएको छ।




‘त्यो कुराकानी उहाँ (ढाकाकुमार श्रेष्ठ) ले नै गर्नुभएको हो। त्यसमा पैसा मागिएको छ,’ केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, ‘एउटा सांसदजस्तो सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै गलत हो। हामी जुन विधानमा बसेका छौं, त्यसले शून्य सहनशीलता मान्छ। कारबाही गर्न यथेष्ट प्रमाण छन्।’

श्रेष्ठलाई पार्टीभित्र पुनरावेदन गर्ने अवसर भने रहेको सभापति लामिछानेले बताए। ‘उहाँले चाहे पार्टीभित्रै पुनरावेदन गर्न सक्नुहुन्छ। पार्टीमा पुनरावेदन समिति छ, सो समितिको निर्णयमा सभापतिको चित्त बुझे पार्टीमा फर्किने अवसर छ,’ उनले भने।

सांसद श्रेष्ठ अदालतबाट सफाइ पाएर आए पनि पार्टीमा फर्किन सक्ने उनले बताए। लामिछानेले भने, ‘अधिकार सम्पन्न निकाय र सम्मानित अदालतबाट ‘क्लिन चिट’ लिएर आए पार्टी विधान अनुसार निर्णय गर्न सकिन्छ।’

श्रेष्ठले पार्टीभि पनि ‘ब्ल्याकमेल’ गरेको आरोप सांसद श्रेष्ठले पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई बयान दिँदा ‘ब्ल्याकमेल’ गरेको सभापति लामिछानेले बताए। ‘उहाँले भनेका कुरा एकदमै चेन्ज भएर आएका छन्। केन्द्रीय समिति बैठकमा हामीले कुरा राख्नुभन्दा उहाँले मैले बोलेकै होइन भन्नुभएको छ। अडियो मेरो होइन भन्नुभयो,’ लामिछानेले भने, ‘समिति (अनुशासन तथा आचरण समिति) सँग बयान दिँदा मलाई फसाए, सिध्याइदिन्छु भन्नुभएको छ।’

आफूसँगको व्यक्तिगत कुराकानीमा पनि सांसद श्रेष्ठले ‘म डुबें’ भनेर सुनाएको लामिछानेले बताए। ‘उहाँले म डुबें भन्नुभएको छ। कुन किसिमले भन्नुभयो थाहा छैन। आफू डुबे अरूलाई नछाड्ने कुरा पनि आएका छन्,’ लामिछानेले भने।

सांसद श्रेष्ठले बार्गेनिङ गरेका सबै कुरा रेकर्डमा रहेको लामिछानेको दाबी छ। ‘सबै कुरा रेकर्डमा छन्, अनुशासन समितिले स्पष्ट रूपमा दिएको छ। अधिकार सम्पन्न निकायले मागे दिन सक्छौं,’ उनले भने। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न चाहे वा संकलित प्रमाण मागे सहयोग गर्ने सभापति लामिछानेले बताए। ‘अख्तियारले यस विषयमा छानबिन थालेको सुनेको छु,’ उनले भने, ‘हामी पूरा सहयोग गर्छौं। आवश्यक परे यी सबै प्रमाण पनि दिन सक्छौं।’

‘कोर टिम’बारे आलटाल

सभापति लामिछानेलाई पत्रकारले ‘कोर टिम’ बारे पनि प्रश्न तेस्र्याए। ‘कोर टिमबारे छानबिन किन नभएको?’ भन्ने प्रश्नमा उनले कोर टिम नै नभएको जवाफ दिए। उनले भने, ‘मैले केन्द्रीय समितिको बैठकमा नै उहाँ (श्रेष्ठ) सँग सोधेको छु। कोर टिम भनेको को हो? पार्टी स्थापना गर्दाको टिम हो कि मेरो सचिवालय? कसले मन्त्रीको अफर गरेको हो? भनेर सोध्दा वाफ नै दिनुभएन। खै कसरी चिन्ने?’ श्रेष्ठले ‘आफूमाथि कारबाही भए कोर टिमको तथ्यसहित सार्वजनिक गर्छु’ भनी दिएको अभिव्यक्तिका विषयमा पनि लामिछानेसँग पत्रकारले प्रश्न राखे। त्यसको जवाफमा लामिछानेले तथ्यसहित आए कारबाही गर्ने बताए।

‘तथ्यसहित आए कारबाही गरिन्छ। तर उहाँ (श्रेष्ठ) ले नाम लिँदैमा हुँदैन। उहाँ एक लेभलले बार्गेनिङमा आउनुभएको छ। उहाँमाथि कारबाही गर्न जुन प्रमाण छन्, त्यसैगरी आए कारबाही गर्छौं,’ उनले भने। सांसद श्रेष्ठलाई मन्त्री बनाउने विषयमा पार्टीबाट बार्गेनिङ गर्ने आधार नै नरहेको सभापति लामिछानेले बताए। ‘न उहाँ मन्त्री बन्ने लाइनमा हुनुहुन्थ्यो न हामीले बनायौं, न स्वाथ्य मन्त्रालय नै हाम्रो थियो,’ उनले भने, ‘बरु त्यो अडियो प्रकरणमा फलानोलाई बनाउनु हुँदैन भनिए पनि तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभयो। उहाँलाई कुनै जानकारी नै छैन।

हतास मनस्थितिमा श्रेष्ठ

सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको बताउँदै त्यसबापत रास्वपाको कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग मागेको अडियो आइतबार बाहिरिएको थियो। टेप बाहिरिएसँगै रास्वपा र सांसद श्रेष्ठको चौतर्फी आलोचना भइरहेको छ। रास्वपाले बुधबार उनलाई पार्टीबाट बर्खास्त गरेको छ। टेप बाहिरिएसँगै सांसद श्रेष्ठ निकै हतास मनस्थितिमा देखिएका छन्। मेडिकल व्यवसायी प्रसाईंसँग सहयोग माग्न उनले गरेका थप प्रयास पनि बाहिरिएका छन्।

मंगलबार पार्टी केन्द्रीय अनुशासन तथा आचरण समितिमा बयान दिँदा श्रेष्ठले आफूलाई बचाउन बार्गेनिङ गरेका थिए, जसलाई सभापति लामिछानेले पनि स्विकारेका छन्। बुधबार सांसद श्रेष्ठ आफ्नैबारे निर्णय गर्न बसेको केन्द्रीय समिति बैठकमा उपस्थित थिए। उनी अन्य सदस्यभन्दा अगावै केन्द्रीय कार्यालय बसुन्धरा पुगेका थिए। पार्टी कार्यालयमा पत्रकारले प्रतिक्रिया लिन चाहे पनि उनी बोलेनन्। उनी बैठक नसकिँदै बाहिरिएका थिए। त्यतिबेला उनले पत्रकारसँग आफ्ना भनाइ राखेका हुन्। रास्वपाले सधैं पत्रकार सम्मेलनका लागि प्रयोग गर्दै आएको कार्यालय बाहिरको खुला ठाउँमा पुगेर श्रेष्ठले ‘धेरै कुरा राख्दिनँ, मेरा कुरा राख्छु गइहाल्छु’ भनेर बोल्न सुरु गरे। झन्डै साढे तीन मिनेट कुरा राख्दा उनको बोली बाझियो। सुरुमा उनले मिडियामा आएको अडियो जसले पनि, जहाँ पनि बनाउन सकिने खालको रहेको बताए। ‘इडिटिङ गर्न सकिन्छ। मैले अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर, इडिटिङ गरेर बाहिर ल्याउन सकिन्छ। यो अडियो खास आधिकारिक होइन। ह्वाट्सएपमा कुरा गरेको भनिएको छ। मेरा कुराहरू कहाँकहाँबाट जोडेर अहिले मिडियामा ल्याइयो। यसप्रति म खेद प्रकट गर्छु,’ उनले भने।

आफूमाथि अन्याय भएको भन्दै उनले त्यसविरुद्ध मंगलबार नै अदालतमा गएको बताए। ‘म हिजै (मंगलबार) न्यायालय गइसक्या छु। मेरा शुभचिन्तक महानुभावहरू तपाईंहरू निश्चिन्त हुनुहोला,’ उनले भने, ‘केही समयपछि न्यायालयबाट क्लिन चिट पाएर तपाईंहरूमार्फत यसरी नै प्रेस मिट गर्नेछु। धैर्यधारण गर्नुहोला।’ श्रेष्ठले जनवरीमा रेकर्ड भएको अडियो अहिले ल्याएर हालेको भनेर बाझिने कुरा पनि गरे। उनले भने, ‘जनवरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनुयोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्नु हो।’
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस