तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उपनिर्वाचनअन्तर्गत सोमबार दिइएको उम्मेदवारी दर्ताको समयसीमाभित्र अर्थविद् डा. स्वर्णिम वाग्ले, पूर्वआइजिपी सर्वेन्द्र खनाल र कांग्रेस नेता गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन्।
वाग्लेले रास्वपा, भट्टराईले कांग्रेस र खनालले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । स्वर्णिमको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रूपक घिमिरे छन्। स्वर्णिमका प्रस्तावक बाँस्तोला तनहुँ कांग्रेसका पूर्वजिल्ला सचिव हुन्। उनी उम्मेदवारी दर्ताको दिन सोमबार मात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए। उम्मेदवारी दर्ताका बेला रास्वपाका अध्यक्ष तथा चितवनबाट उम्मेदवार बनेका रवि लामिछाने पनि तनहुँ आइपुगेका थिए। उनी चितवन २ मा उम्मेदवारी दर्ता गरेर हतारहतार वाग्लेको उम्मेदवारी दर्ताका लागि तनहुँ आइपुगेका हुन्।
कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भट्टराईका प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्। भट्टराईलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सत्तारुढ दलको समर्थन छ। त्यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्।
तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो। यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदैछ। उम्मेदवारी दर्तापछि बोल्दै कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले आफू रामचन्द्र पौडेलको उत्तराधिकारी भएर आएको बताए। उनले तनहुँ जिल्ला कांग्रेसको विरासत भएको र त्यो विरासत कसैले भत्काउन नसक्ने दाबी गर्दै भने, ‘अन्ततः जित कांग्रेसकै हुनेछ।’
रास्वपा उम्मेदवार वाग्लेले अर्थतन्त्रको उपचारका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले भने, ‘अर्थतन्त्रको झारफुक होइन, चिरफारका लागि मेरो उम्मेदवारी हो।’ अर्थतन्त्रका कारण देश बिरामी परेकाले त्यसको चिरफार गरेर उपचार गर्नुपर्ने भएकाले त्यसका लागि आफ्नो आवश्यकता देशका लागि अपरिहार्य भएको उनको भनाइ थियो।
एमाले उम्मेदवार खनालले देशमा सच्चा देशभक्त सपुतको खाँचो पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए। उनले भने, ‘असल शासनका लागि असल व्यक्ति चयन गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।’
तनहुँ १ मा राप्रपाका शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना र मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापाको समेत उम्मेदवारी परेको छ।