अमेरिकी सेनाको मिसन ‘हाई अल्टिच्युड’
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
अमेरिकी  सेनाको मिसन  ‘हाई अल्टिच्युड’
नेपालमा अमेरिकी सेना मिसन ‘हाई अल्टिच्युड’ तालिममा केन्द्रित हुन थालेको छ। लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ। यसक्रममा अमेरिकी सेना जुनसुकै बेला उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार तालिममै केन्द्रित हुन थालेकाले उनीहरूको मिसन ‘हाई अल्टिच्युड’ तालिम रहेको देखिएको हो। केही वर्षअघिदेखि नेपाली सेनाले भारतीय स्थल सेना, अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। गत माघमा अमेरिकी सेनासँग एक्स–बेलेन्स नेल–२३–३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार (जल उद्धार, हवाई उद्धार) सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी संयुक्त अभ्यास गरेको थियो। त्यसमा ४५ नेपाली र १९ अमेरिकी सैनिक सहभागी थिए।




काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म संयुक्त अभ्यास चलेको थियो। नेपाली सेनाले अमेरिकासहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। त्यसअघि पनि अमेरिकी सेनाले २०७९ साउनमा नगरकोट र छाउनीमा तालिम गरेको थियो। त्यतिबेला नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जनाले तालिम लिएका थिए। तर अमेरिकी सेनाले यस्तो तालिम नगरकोट र छाउनीमा मात्र नभई उपल्लो मुस्ताङ वा मनाङमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ। ‘अमेरिकी सेनाले यस्तो तालिम उपल्लो मुस्ताङमा वा अन्य हिमाली जिल्लामा गर्नुपर्ने प्रस्ताव गर्ने गरेको छ,’ सैनिक स्रोतले भन्यो। नेपाली सेनाले भने तालिमको तालिका र स्थानबारे पहिला नै निर्धारण गरेर छाउनी र नगरकोटलाई पठाउने गरेको छ। त्यसैअनुसार उनीहरू सो तालिममा सहभागी हुँदै आएका छन्।

यता नेपाली सेनाको मुस्ताङमा रहेको हाई अल्टिच्युट तालिम केन्द्रमा पनि एकाध सैनिक सहभागी हुने गरेका छन्। २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सञ्चालन हुँदै आएकोमा सुरुदेखि नै अमेरिकाले मुस्ताङ र मनाङमा तालिम सञ्चालनका लागि आग्रह गर्दै आएको छ। तर नेपाल सेनाले यस्तो विषयमा सजगता अपनाउँदै संयुक्त अभ्यासलाई सकेसम्म मनाङ र मुस्ताङमा नलाने नीति लिएको छ। सुरक्षा स्रोतका अनुसार मुस्ताङमा सन् १९७५ मा स्थापना गरिएको ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेअर’ स्कुलमा अमेरिकी सेनालाई केही कोटा छुट्याइएको छ। तर कति भन्ने जानकारी छैन। ‘सेनाले जुनसुकै क्षेत्रको तालिम लिनुपर्ने हुन्छ, जुनसुकै क्षेत्रको चुनौती सामना गर्नुपर्ने हुन्छ। त्यसैले नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यासका क्रममा यस्तो तालिम हुने गरेको छ, यो अनुभव आदानप्रदानको अवसर पनि हो,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने।  

मुस्ताङको जोमसोममा नेपाली सेनाको आफ्नै तालिम केन्द्र भएकाले त्यहाँ आधारभूत तालिम लिन विदेशी सेना सहभागी हुँदै आएका छन्। विपद्को समयमा उच्च हिमाली क्षेत्रमा राहत तथा उद्धारका लागि खटिन तालिम आवश्यक रहेकाले मुस्ताङमा तालिम केन्द्रको स्थापना भएको हो। सैनिक स्रोतका अनुसार यस्तो तालिम लिन एक वर्षमा १ सय ५० देखि २ सयसम्म अमेरिकी सैनिक नेपाल आउने गरेका छन्। उनीहरूले हाई अल्टिच्युडलगायत विभिन्न किसिमका सैनिक तालिम लिनुका साथै अनुभव आदानप्रदान गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजसहितका शिक्षालयहरूमा अमेरिकासहित विभिन्न देशका सैनिक शिक्षार्थी आउने गरेका छन्। मुस्ताङमा सन् १९७५ मा स्थापना गरिएको हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेअर स्कुलमा अमेरिकी, बेलायती तथा विभिन्न युरोपियन मुलुकका सैनिकले ‘बेसिक’ र ‘एडभान्स्ड कोर्स’ लिँदै आएका छन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३७ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस