मन्त्रीको मोबाइलमा नासुको सन्देश, तपाईलाई हाम्रो आँशु लाग्छ
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
मन्त्रीको मोबाइलमा नासुको सन्देश, तपाईलाई हाम्रो आँशु लाग्छ
सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा राजपत्र अनकिंत कर्मचारीहरू (नायब सुब्बा) हरूको वृद्धि विकासमा अवरोध पुग्ने भन्दै त्यसलाई सच्च्याउन माग राखी देशभरीका नायब सुब्बाहरूले आन्दोलन सुरु गरेका छन्।




आन्दोलनमा उत्रेका नायब सुब्बाहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्ण्हरि पुस्करको मोबाइलमा सन्देश पठाउदै प्रस्तावित मस्यौदमा परिमार्जन नगरे आफूहरूको आशुँ लाग्ने बताएका छन्।

सन्देशमा उनीहरूले भनेका छन,‘माननीय मन्त्री ज्यु। नासुको आँशु देख्नु भएन। तपाईको ऐन हामीलाई स्वीकार्य छैन।’ सन्देशमा उनीहरूले आफ्ना सुनाएका छन। पहिलो मागमा पाँच वर्ष सेवा अवधि भएका कर्मचारीहरूलाई १ तह र दश वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीहरूलाई २ तह वृद्धि गर्नु पर्ने, तोकिएको सेवा अवधि  र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौ) र उपसचिव (नबौ) तहको खुला प्रतिष्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था लागु हुनु पर्ने, शाखा अधिकृत तहको पदपुर्तीमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने तथा सरुवा प्रणाली चक्रिय र पूर्वानमान योग्य हुनु पर्ने माग राखेका छन्।

सुब्बाहरूको यो आन्दोलन पहिलो पटक भने होइन। पोहर साल सिंहदवारभित्रै संघीय मामिला मन्त्रालय अगाडि नै प्रदर्शन गरेका थिए। हाल सहमतिकोलागि कानुन तथा अर्थ मन्त्रालयमा पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदामा बढुवा सम्बन्धी ब्यबस्थामा परिमार्जन नभएमा नायब सुब्बाहरू गम्भिर अन्यायमा पर्ने उनीहरूको भनाइ छ। मस्यौदामा राखिएको ब्यबस्थाबाट राजपत्रअंकित (नायबसुब्बा) बाट राजपत्राकिंत (शाखा अधिकृत) पदमा  बढुवा हुन ढोका साघुरो बनाइएको उनीहरूको भनाइ छ। हाल लागु भएको निजामती सेवा ऐन २०४९मा नायब सुब्बाबाट शाखा अधिकृत पदमा बढुवा हुन जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ३० प्रतिशत  तथा खुलाबाट ७० प्रतिशत बढुवाको व्यवस्था गरिएको छ । तर मस्यौदमा सुब्बाबाट शाखा अधिकृतमा बढुवा हुन जेष्ठता र कार्यसम्पादन मूल्यांकनमा २०प्रतिशत मात्र कायम गरिएको छ। आन्तरिक प्रतिस्पर्धा र अन्तरतह प्रतिस्पर्धा १० प्रतिशत कायम राखिएको छ।

मस्यौदामा राखिएको यस्तो प्रावधानले नायब सुब्बाहरू जीवनभर शाखा अधिकृतमा बढुवा हुन नसक्ने आन्दोलनमा उत्रेका सुब्बाहरूको भनाइ छ। अहिलेको कानुन अनुसार नायसुब्बाट शाखा अधिकृतमा बढुवा हुन १५ वर्ष देखि २० वर्ष लाग्छ। ‘तर मस्यौदमा परिमार्जन नगरी लागु गरियो भने राजस्व, परराष्ट्र तथा लेखा सेवाका नायब सुब्बाहरू ३० वर्षसम्म बढुवा हुन सक्दैनन’ नेपाल निजामती कर्मचारी युनियका उपमहासचिव इन्दु शर्मा पौडेलले भने।

नायब सुब्बाहरूको आन्दोलनको विषयमा निर्णय गर्न नेपाल निजामती कर्मचारी युनियनको आइतबार बैठक बस्ने र उक्त बैठकले ठोस निर्णय गर्ने युनियनका उपमहासचिव शर्मा पौडेलले बताए। ‘अहिले सबैभन्दा अन्यायमा परेका कर्मचारीहरू भने नायब सुब्बाहरू नै हुन्। त्यसमा पनि मस्यौदमा सुब्बाहरूलाई मर्कामा पर्ने गरि प्रावधान राखिएको छ’शर्माले भने,‘बढुवा सम्बन्धी व्यवस्थामा परिमार्जन नभए हामी सशक्त रूपमा आन्दोलनमा उत्रन्छौ।’ आफूहरूहरूको आन्दोलनको सन्देश नायबसुब्बाहरूकोलागि मात्र नभइ सहसचिव सरहका कर्मचारीहरूको समस्याको विषयमा पनि मन्त्री र सचिवलाई ध्यानाकर्षण गराएको शर्माले बताए।

हाल देशभरी करिब १५ हजार नायसुब्बा कार्यरत रहेका छन्। सुब्बा, खरिदार, तथा कार्यालय सहयोग गरी करिब २५ हजार राजपत्रअंकति कर्मचारीहरू देशभरी विभिन्न कार्यालयमा कार्यरत छन्।  
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस