पोखरा महानगरपालिका वडा नम्बर–१८ मा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।
उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधिस डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त ईजलासले गत वर्षको वैशाख ३० गते भएको स्थानीय तहको चुनाव अन्तर्गत भएको पोखरा–१८ मा पुनःमतगणना गर्न आदेश दिएको हो।
अदालतले तत्कालीन समयमा गरिएको मतगणना र त्यसपश्चात घोषित मतपरिणामलाई अवैध ठह¥याएको छ। साथै तत्कालीन समयमा घोषित मतपरिणामका आधारमा चयन भएको जनप्रतिनिधिलाईपनि मतपरिणाम घोषणा भएको एक वर्षपछि अवैध ठह¥याउँदा पुनः मतणना गर्न आदेश दिएको छ। उच्च अदालतले २०८० साल बैशाख २० गते पुनः मतगणना गर्ने मितिपनि तोकिदिएको छ। पुनः मतगणना उच्च अदालतकै रोहवरमा पुनः मतगणना गर्न आदेश दिएको थापाका तर्फबाट बहश गरेका अधिवक्ता सुरेन्द्र थापा मगरले जानकारी दिए।
तत्कालीन समयमा भएको मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना बिजयी भएका थिए। उनी नेकपा एमालेका पुस्कलबहादुर थापालाई ३ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए। विजयी तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएर विजयी हुँदा पराजित थापाले १ हजार ६ सय ४० मत ल्याएका थिए।
मतगणना भईरहँदा थापाले ५ मत हराएको भन्दै पुनः मतगणना गर्न माग गरेका थिए। तर निर्वाचन कार्यालयले मतगणना जारी राख्ने निर्णय गर्दै मतगणना गरेपछि थापाले अदालत गुहारेका थिए। उनले हालेको रिटमा सुनुवाई गर्दै अदालतले तत्कालीन समयमा गरिएको मतगणना बदर गर्दै बैशाख २० गते मतगणना गर्न आदेश दिएको उच्च अदालत पोखराको रजिस्टार कार्यालयले जनाएको छ।