नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट प्रदेश राजधानी सरेको बिषयलाइ ठूलो मुद्दा नबनाउन बुटवल बासीलाई आग्रह गरेका छन्।
लुम्बिनी प्रदेशको राजधानी दाङ सरेपछि बुटवल सकियो भनेर अतिरञ्जना गरीएको भन्दै उनले त्यसले उद्योगी व्यवसायीलाइ नै सक्काउने बताए।
शुक्रबार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन तथा वार्षिक साधारण सभामा बोल्दै नेता पौडेलले उद्योगी व्यवसायीमा अब कसरी अघि बढ्ने भन्ने चिन्तन हुनु पर्ने बताए। ‘जे नहुनुथियो भयो, छोड्दिनुस, कति दिन पिरोलीने?, राजधानी सरेर आकाश खसेको छ? बुटवल भासिन्छ? यो विषयमा धेरै नरोमलियौं।’ प्रतिनिधि सासंद समेत रहेका पौडेलले भने।
रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनाहरुमा जनताको निगरानी महत्वपूर्ण भएको भन्दै उनले ती योजनाहरुको निर्माणमा भएका कमजोरी र ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे। भैरहवाको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सम्बन्धित निकायको लापरबाही र कमजोरीका कारण संचालन हुन नसकेको टिप्पणी गरे। ‘विमानस्थाल चाहिएर बनाएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौं, ‘सञ्चालनमा ल्याउन कुन–कुन निकाएको कमजोरी छ त्यसमा तपाइहरुको खबरदारी आवश्यक छ’ पौडेलले भने।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीलाई सञ्चालनमा ल्याउन सके सम्पूर्ण आर्थिक क्षेत्र चलायमान हुने बताए। होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक संकट तथा चर्को ब्याजदरका कारण व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए। अहिलेकै अवस्था लामो समय कायम रहे ७० प्रतिशत बढी होटल व्यवासायी विस्थापित हुने बताए।
कार्यक्रममा संघका अध्यक्ष रामप्रसाद गौतम, एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघका निर्वतमान अध्यक्ष हिराध्वज साह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतलेबोल्दै कोरोना महामारी,आर्थिक संकट,र बैंकको चर्को व्याजदरले पर्यटन क्षेत्र थलिएको बताए।
वक्ताहरुले राज्यले होटल व्यवसायलाइ पर्यटन व्यवसायको रुपमा लिएर संरक्षण गर्न नसकेको बताए। सोही अवसरमा पत्रकार यमलाल भुसाललाई कालीदास स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। भुसाललाई नगद १० हजार राशीसहित संघले सम्मान गरेको हो। अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ।