जसपा अध्यक्ष यादवबारे विभाजित राजनीति
२८ चैत्र २०७९
•
५ मिनेट पाठ
जसपा अध्यक्ष यादवबारे विभाजित राजनीति
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ बाट सत्तारूढ पाँच दलीय गठबन्धनको समर्थनमा उम्मेदवारी दिएपछि यस क्षेत्रको उपनिर्वाचनले धेरैको ध्यान तानेको छ।  




यादवलाई उपनिर्वाचनमा पराजित गराउने र विजयी बनाउने गरी प्रमुख पार्टीका अध्यक्ष वा प्रतिनिधि चुनाव प्रसारका लागि बारा आउने गरेको कारण पनि यहाँको निर्वाचनले चर्चा पाएको हो।  

पाँच दलीय गठबन्धनका नेताहरूले यादवलाई विजयी बनाउन मत माग्दै आएका छन्। त्यसबाहेक एमाले, रास्वपा, जनमतलगायत दलका नेताहरूले यादव हराउन जोडबल गरिहेका छन्।

बारा–२ मा पर्ने पिप्राबिर्ता घर भएका नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले गठबन्धको समर्थनमा उम्मेदवारी दिएका जसपाका अध्यक्ष यादवलाई पराजित गर्न देशकै राजनीतिक शक्ति लागेको बताए। तनहुँको किसान श्रेष्ठ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने र देशमा मधेसीप्रति गरिँदै आएको भेदभाव अन्त्यका लागि आन्दोलन गर्न उपेन्द्र यादव बारा–२ बाट उम्मेदवारी दिँदा त्यसविरुद्धमा अनावश्यक कुरा गरेर मतदातालाई भ्रमित पार्ने प्रयास गरिएको दासले बताए।

जनमत पार्टीका अध्यक्ष सिके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु साह मतदातासमक्ष आफूले गरेको कामभन्दा उपेन्द्र यादवको बारेमा नराम्रो कुरा गरेर मतदातालाई मत नदिन आग्रह गरिरहेको दासले बताए।

चैत २२ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बरियारपुर पुगेका थिए। उनले उपेन्द्र यादवलाई लक्षित गर्दै मधेसमा धेरै मसिहा रहे पनि उनीहरूले मधेसको विकासभन्दा जनता ठग्ने काम मात्रै गरेको आरोप लगाउँदै यस्तालाई चुनावमा नजिताउन मतदातासँग ओलीले आग्रहसमेत गरेका थिए।

चैत ८ गते बारा आएका जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ बाट पनि पराजित गर्न मतदातालाई आग्रह गरेका थिए। ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछन्।’

जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिस्कार गर्नुपर्ने राउतले बताएका थिए।

आमजनता पार्टीका अध्यक्ष प्रभु साहले उपेन्द्र यादवलाई ‘बहुरुपिया’ रहेको बताएका छन्। मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी यादव बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गरी आमजनता पार्टीका उम्मेदवार अरूण कुमार ज्ञवालीलाई विजयी बनाउन मतदातसग आग्रहसमेत गरेका छन्।

एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रेर पराजित गर्नको लागि प्रचारप्रसार गरिरहेका छन् भने यादवलाई विजयी बनाउन गठबन्धनका नेताहरू मत माग्दै चुनवी प्रचारप्रसारमा छन्।

चैत २३ गते बिहीबार कलैया पुगेका नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेकाले बारा– २ का मतदाताहरूले यादवलाई नै मतदान गरेर विजयी बनाउनुपर्ने बताएक थिए।  

१० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ।

बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। ४ मंसिरको निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष डा. राउतसँग सप्तरी २ मा पराजित भएका थिए। डा. राउतसँग झन्डै १८ हजारभन्दा बढी मतान्तरले पराजित यादवको प्रतिस्पर्धा अर्काहरूवा नेता शिवचन्द्र कुशवाहासँग हुँदैछ।

४ मंसिरको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा–२ मा रामसहाय यादवसँग ३ सय ५४ मतले पराजित भएका कुशवाहाले वैशाख १० को उपनिर्वाचनको लािग जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। यसअघि कुशवाहा माओवादी केन्द्रबाट तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए। कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए भने रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए। माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाको समर्थन गत निर्वाचनमा कुशवाहालाई रहेको थियो। जसपा पार्टीका उम्मेदवार रामसहायलाई एमालेले समर्थन गरेको थियो।

उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाले समर्थन गरेको छ। कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको देखिँदैन। कुशवाहाले समर्थन जुटाउनको लागि विभिन्न दलका असन्तुष्ट नेताको मत तान्ने प्रयासमा रहेका छन्। जसपा अध्यक्ष यादव गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवलाई पार्टीमा प्रवेश गराउँदै सत्तारूढ गठबन्धनको पूरै मत लिएर संसद्मा प्रवेश गर्ने रणनीतिमा छन्। रामकिशोरले गत निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए  

४ मंसिरको निर्वाचनमा बारा २ बाटै पराजित अधिवक्ता ज्ञवाली स्वतन्त्र उम्मेदवार थिए। ७ हजार ६ सय ९८ मत ल्याएका ज्ञवाली यो उपनिर्वाचनमा प्रभु साहले नेतृत्व गरेको आजपाबाट उम्मेदवारी दिएका छन्। कुशवाहा, ज्ञवाली बारा २ कै स्थायी बासिन्दा हुन् भने यादव र खरेल अन्य जिल्लाका स्थायी बासिन्दा हुन्। बारा २ का मतदाताले स्थानीय उम्मेदवारलाई मतदान गर्ने बताउँदै गर्दा ‘टुरिस्ट’ उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्। यहाँ जातीय नारा पनि जोडतोडले उठेको छ।

एमालेबाट पुरुषोत्तम पौडेल प्रतिस्पर्धामा छन्। निजगढ निवासी पौडेल पूर्वमन्त्री एवं पूर्व सांसद हुन्। एमाले पोलिटब्युरो सदस्य रहेका पौडेल २०७४, २०७९ को निर्वाचनमा उम्मेदवार हुन खोजे पनि पार्टीले पत्याएनन् ।

पौडेल माथि जिल्लाको उत्तरी भागको विकासमा मात्रै योगदान गरेको आरोपहरू लग्ने गरेको छ। जिल्लाकै सदरमुकाम समेत रहेको पुरानो कलैया नगरपालिकालाई नगरपालिकामै सिमित राखेर तत्कालीन गाविसहरूलाई मिलाएर उत्तरी भागमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका घोषण गराएर कलैया माथि बिभेद गराएको अरोप पौडेल माथि लाग्ने गरेको छ। केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेको बखत कलैयामा क्रिकेट स्टेडियमको लागि बजेत उपल्बन नगराएको आरोप पनि छ।  

बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन्। त्यस्तै, कोल्हवी नगरपालिका–८ पनि बारा २ मै पर्छ। गत स्थानीय तहको निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो। कांग्रेसले सुवर्ण गाउँपालिका ,महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिका जितेका छ।
अर्को समाचार
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
२ सेकेन्ड अघि
•
१ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको गण्डकी कार्यसमिति पूरा भएको छ। प्रदेश सभापति र सदस्यहरू केहीदिन अघि नै घोषणा गरिएको थियो। बाँकी रहेका पदाधिकारीहरूको नाम शुक्रवार टुंगो लगाइएको छ। 




सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक गुरुङ, उमा कुमारी ठकुरी र सञ्जय सिलवाल निर्वाचित भए। 

महामन्त्रीमा पोषनाथ शर्मा, मोहन गुरुङ र राजकुमार पाण्डे तथा सहमहामन्त्रीमा भक्तबहादुर श्रेष्ठ, लोकबहादुर मल्ल र इन्द्रप्रसाद पौडेल निर्वाचित भए। त्यसैगरि कोषाध्यक्ष रामबहादुर श्रेष्ठ चयन भएका छन्। एक उपसभापति, एक महामन्त्री र एक महिलासहित २ सहमहामन्त्री सभापतिले मनोनयन गर्नेछन्। 

मंसिर ५ गते अधिवेशन उद्घाटन गरेर ६ गते सभापति र सदस्यहरूको नाम घोषणा गरिएको थियो। त्यसपछि रोकिएको बाँकी पदको टुंगो शुक्रवार मात्र लागेको हो। जिल्लागत सहमतिमा ६८ जना प्रदेश कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको छ। 

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिसहित पदाधिकारी तथा सदस्य गरी १०१ सदस्यीय रहने व्यवस्था छ। जसमा सभापतिले २० जना सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ।
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ सेकेन्ड अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
यो पनि पढौँ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस