अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद
२९ चैत्र २०७९
•
४ मिनेट पाठ
अडियो प्रकरणले धरापमा श्रेष्ठको सांसद पद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ। सञ्चारमाध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारबाही नगर्न/नगराउन निर्देशन दिएको थियो। त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो।




सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए। स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ। सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ। श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलबार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ। ‘उहाँ (ढाकाकुमार श्रेष्ठ) ले २४ घण्टा नाघेर स्पष्टीकरण दिनुभयो। केही ढिला भए पनि उहाँको स्पष्टीकरण लियौं,’ अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटाले भने, ‘यस्तै उहाँसँग मंगलबार बयान पनि लियौं। पार्टीको निर्देशनअनुसार स्पष्टीकरण र बयान लियौं, सत्यतथ्य पनि बुझ्यौं। सबै बुझेर प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेका छौं।’

समितिले फेला पारेको तथ्यबारे भने संयोजक देवकोटाले खुलाउन चाहेनन्। ‘हामीले जे देख्यौं, त्यहीं प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गरेका छौं। के सिफारिस गर्‍यौं भनेर अहिले भन्न सक्दैनौं। हामीले सिफारिस गरेभन्दा फरक निर्णय पार्टीबाट भए विवादित भइन्छ। त्यसैले अहिले केही नभनौं,’ देवकोटाले भने।

श्रेष्ठका बारेमा केन्द्रीय समितिले सम्भवतः बुधबार आवश्यक निर्णय लिने देवकोटाले बताए। उनले भने, ‘हाम्रो सभापतिज्यू (रवि लामिछाने) ले ७२ घण्टाभित्र आवश्यक कदम उठाउँछौं भनेर खुला रूपमा भन्नुभएको छ। त्यसैले बुधबार नै निर्णय थाहा पाइहाल्नुहुन्छ।’

देवकोटा संयोजक रहेको रास्वपा अनुशासन तथा आचारण समिति चार सदस्यीय छ। समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य छन्।

प्रसाईंले सार्वजनिक गरे अर्को अडियो

रास्वपा सांसद श्रेष्ठसँग भएको उक्त अडियो आफूले सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको प्रसाईंले बताउने गरेका छन्। उनले उक्त अडियो शतप्रतिशत सत्य रहेको बताए। प्रसाईंले रास्वपा सांसद श्रेष्ठले आफूसँग दुई करोड रूपैयाँ मागेको अडियो सत्य रहेको दाबी गर्दै आएका छन्। प्रसाईंले उक्त अडियो गत माघ पहिलो साताको भएको दाबी गरेका छन्। प्रसाईंले श्रेष्ठसँग ह्वाट्सएपबाट उक्त कुराकानी भएको बताए। अहिले नयाँ भनिएका पार्टीका भ्रष्ट चरित्र उदांगो पार्न आफूले उक्त अडियो सार्वजनिक गरेको उनको दाबी छ।

यसैबीच सांसद श्रेष्ठले कुराकानी गरेको अर्को अडियो पनि बाहिर आएको छ। अर्को अडियो पनि प्रसाईंले नै बाहिर ल्याएका हुन्। मिडियालाई आफूले उक्त अडियो उपलब्ध गराएको प्रसाईंको दाबी छ।

सञ्चारमाध्यमबाट सार्वजनिक अर्को अडियोमा प्रसाईंको टिमका यदु गौतमसँग सांसद श्रेष्ठले कुरा गरेको सुन्न सकिन्छ। जसमा श्रेष्ठले आफ्नो पक्षमा प्रसाईंले केही बोलिदिए ‘सहज हुने, माहोल बन्थ्यो कि’ भन्ने अपेक्षा राखेका छन्। ‘दुर्गाजीले मेरो अडियोबारे बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर’, दोस्रो अडियोमा सुनिन्छ।

यस्तै थप अर्को अडियोमा सांसद श्रेष्ठका भाइ भन्ने एक व्यक्तिले प्रसाईंसँग कुरा गरेका छन्। आफूलाई सांसद् श्रेष्ठको भाइ भन्ने ती व्यक्तिले प्रसाईंसँग ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो’ भनेर गुनासो गरेका छन्।

रास्वपा ‘कोर टिम’माथि छानबिन माग

सांसद श्रेष्ठ र प्रसाईंबीचको अडियो सार्वजनिक भएपछि सुशासन र आर्थिक पारदर्शिताको नारा दिएर स्थापनाको ६ महिनामै प्रतिनिधिसभामा चौथो ठूलो पार्टी बनेको रास्वपामाथि नै प्रश्नचिह्न खडा भएको छ। सांसद श्रेष्ठकै लवजमा रेकर्ड भएको टेपमा रास्वपा ‘कोर टिम’बाट मन्त्री बन्न सुरुमा अढाइ करोड रूपैयाँ मागिएको र अन्तिममा दुई करोडमा पक्कापक्की भएको सुनिन्छ।

अडियोमा सुरुमा एक करोड मात्रै र बाँकी पछि दिए पनि हुने सांसद श्रेष्ठको बोली सुनिन्छ। सांसद श्रेष्ठले मन्त्री बन्न ‘कोर टिम’लाई पैसा बुझाउनुपर्ने भनेकाले ‘कोर टिम’माथि नै छानबिन हुनुपर्ने माग उठिरहेको छ। अडियोसँगै सभापति लामिछानेमाथि पनि छानबिन हुनुपर्ने टिप्पणी भइरहेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि कांग्रेस सांसद धनराज गुरुङले उक्त अडियो प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका थिए। गुरुङले अडियोमा भनिएको रास्वपा ‘कोर टिम’बारे पनि संसदीय समितिमार्फत छानबिन हुनुपर्ने बताएका थिए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपा सांसद श्रेष्ठले दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताएका थिए। प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भनेका थिए, ‘अडियोका कारण तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं।’

रास्वपा ‘कोर टिम’का नाममा छानबिन हुनुपर्ने माग भइरहेका बेला सभापति लामिछाने भने ‘लोकरिझ्याइँ शैलीमा बचाउमा उत्रिएका छन्। अडियोका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने भएको छ।
अर्को समाचार
सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त
१२ वैशाख २०८०
•
१ मिनेट पाठ
सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ।




मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्। घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उनको पद रिक्त भएको सभामुख घिमिरेले बताए। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निस्काशन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनि निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु। साथै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरुलाई जानकारी गराउँछु।’

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस