कोभिडविरुद्ध सतर्कता अपनाउने कोशी प्रदेश सरकारले निर्णय गरेको छ। बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले कोरोनाको प्रकोप सुरू भएकाले सतर्कता अपनाउन आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
कोरोनाको प्रकोप पुनः सुरु भएसँगै प्रदेश सरकारले सतर्कता अपाउने तयारी गरेको हो। बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गरी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।
मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग र विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रबक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।