अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी
०२ वैशाख २०८०
•
३ मिनेट पाठ
अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ।




यो प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच जुहारी चलेको हो। विज्ञप्तिमार्फत दुई दलबीच घोचपेच भएको छ। चैत २९ मा कांग्रेसले विज्ञप्ति निकाल्दै यो घटनालाई गम्भीरतापूर्वक लिएको बताएको थियो।

जिल्ला सभापति केशव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा रायमाझीको प्रत्यक्ष/परोक्ष संलग्नता देखिएकाले यो घटना आपत्तिजनक रहेको उल्लेख छ। पटकपटक मन्त्री समेत भइसकेको व्यक्ति अमानवीय क्रियाकलापमा संलग्न रहनु सिंगो जिल्लाका लागि दुःखद रहेको विज्ञप्तिमा जनाइएको छ।

राजनीतिक आडमा गरिने बेथिति र भ्रष्टाचारको पर्दाफास हुन जरुरी रहेको भन्दै कांग्रेस नेत्री सुजाता कोइराला नजिकका व्यक्तिहरूको समेत संलग्नता रहेको भनाइ आएकाले छानबिन गरी कारबाहीको दायरामा ल्याउन कांग्रेस अर्घाखाँचीले माग गरेको छ।
कांग्रेसले विज्ञप्ति निकालेको अर्को दिन चैत ३० मा एमालेले विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्नो नेतालाई अपराधी घोषणा गरेको भन्दै आपत्ति प्रकट गर्‍यो। जिल्ला पार्टीले सांसद रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई निराधार र तथ्यहीन भनेको छ।

एमाले विरोधीहरूले तथ्यहीन र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै विरोधीहरूले मसालाका रूपमा लिएको जनाएको छ। एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमालेका केन्द्रीय सचिव समेत रहेका रायमाझीमाथि सुनियोजित षड्यन्त्र भएको जनाइएको छ। एमालेका नेताहरूलाई खुइल्याउन सकिन्छ कि भनेर बेलाबेला यस्तो षड्यन्त्र भइरहेको भन्दै बद्नाम गर्न चक्रव्युह रचिएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले विज्ञप्ति जारी गरी सांसद रायमाझीसहित अमानवीय कार्यमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो। त्यसको भोलिपल्ट एमालेले विज्ञप्ति जारी गर्दै यसलाई ‘सुनियोजित फन्डा’ भनेको छ। कांग्रेसले निकालेको विज्ञप्तिमा अपराधी घोषित गर्ने मनसाय देखिएको भन्दै उसले आपत्ति जनाएको छ।

मिडियामा आएका आरोपका सवालमा राज्यले उचित छानबिन गरी आरोप प्रमाणित भए कारबाही गर्न एमालेले माग गरेको छ। आरोप प्रमाणित गर्न नसके बदनाम गराउन उद्यत् तत्वलाई साइबर अपराधअन्तर्गत कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग पैसा उठाउने गिरोहलाई सांसद रायमाझीले सहयोग गरेको खबर मिडियामा आएपछि कांग्रेस र एमालेबीच विज्ञप्तिमार्फत भनाभन भएको देखिन्छ।
कांग्रेस रायमाझीलाई खुइल्याउने पक्षमा उद्यत् देखिएको छ भने एमाले आफ्ना सांसदको बचाउमा उभिएको छ।

जिल्ला सभापति केशव श्रेष्ठले कसैलाई खुइल्याउने विषय नभएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाही गरिनुपर्ने बताए। आफ्नै पार्टीको सांसदको समेत नाम मुछिएको भन्दै उनले यस्ता अमानवीय कार्यमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

‘कसैलाई खुइल्याउने कुरा छैन’, उनले भने, ‘विज्ञप्तिमा प्रस्ट भनिएको छ, ‘आफ्नै पार्टीका सांसद संलग्न भए पनि कारबाही हुनुपर्छ।’

यता एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले राज्यले छानबिन गरेर अपराध पुष्टि भए कारबाही हुनुपर्ने भन्दै पुष्टि हुनुअगावै कांग्रेसले अपराधी घोषणा गरेकोमा आपत्ति रहेको बताए। ‘हामीले माननीयको बचाउ गरेका हैनौं’, उनले भने, ‘तर अपराध पुष्टि नहुँदै प्रहार गर्नु गलत हो।’  
अर्को समाचार
अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी
०२ वैशाख २०८०
•
३ मिनेट पाठ
अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ। यो प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच जुहारी चलेको हो। विज्ञप्तिमार्फत दुई दलबीच घोचपेच भएको छ। चैत २९ मा कांग्रेसले विज्ञप्ति निकाल्दै यो घटनालाई गम्भीरतापूर्वक लिएको बताएको थियो।




जिल्ला सभापति केशव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा रायमाझीको प्रत्यक्ष÷परोक्ष संलग्नता देखिएकाले यो घटना आपत्तिजनक रहेको उल्लेख छ। पटकपटक मन्त्रीसमेत भइसकेको व्यक्ति अमानवीय क्रियाकलापमा संलग्न रहनु सिंगो जिल्लाका लागि दुःखद रहेको विज्ञप्तिमा जनाइएको छ।

राजनीतिक आडमा गरिने बेथिति र भ्रष्टाचारको पर्दाफास हुन जरुरी रहेको भन्दै कांग्रेस नेत्री सुजाता कोइरालानजिकका व्यक्तिहरूको समेत संलग्नता रहेको भनाइ आएकाले छानबिन गरी कारबाहीको दायरामा ल्याउन कांग्रेस अर्घाखाँचीले माग गरेको छ।

कांग्रेसले विज्ञप्ति निकालेको अर्को दिन चैत ३० मा एमालेले विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्नो नेतालाई अपराधी घोषणा गरेको भन्दै आपत्ति प्रकट ग¥यो। जिल्ला पार्टीले सांसद रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई निराधार र तथ्यहीन भनेको छ।

एमाले विरोधीहरूले तथ्यहीन र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै विरोधीहरूले मसालाका रूपमा लिएको जनाएको छ। एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमालेका केन्द्रीय सचिवसमेत रहेका रायमाझीमाथि सुनियोजित षड्यन्त्र भएको जनाइएको छ। एमालेका नेताहरूलाई खुइल्याउन सकिन्छ कि भनेर बेलाबेला यस्तो षड्यन्त्र भइरहेको भन्दै बद्नाम गर्न चक्रव्युह रचिएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले विज्ञप्ति जारी गरी सांसद रायमाझीसहित अमानवीय कार्यमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो। त्यसको भोलिपल्ट एमालेले विज्ञप्ति जारी गर्दै यसलाई ‘सुनियोजित फन्डा’ भनेको छ। कांग्रेसले निकालेको विज्ञप्तिमा अपराधी घोषित गर्ने मनसाय देखिएको भन्दै उसले आपत्ति जनाएको छ।

मिडियामा आएका आरोपका सवालमा राज्यले उचित छानबिन गरी आरोप प्रमाणित भए कारबाही गर्न एमालेले माग गरेको छ। आरोप प्रमाणित गर्न नसके बदनाम गराउन उद्यत् तत्वलाई साइबर अपराधअन्तर्गत कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग पैसा उठाउने गिरोहलाई सांसद रायमाझीले सहयोग गरेको खबर मिडियामा आएपछि कांग्रेस र एमालेबीच विज्ञप्तिमार्फत भनाभन भएको देखिन्छ। कांग्रेस रायमाझीलाई खुइल्याउने पक्षमा उद्यत् देखिएको छ भने एमाले आफ्ना सांसदको बचाउमा उभिएको छ।

जिल्ला सभापति केशव श्रेष्ठले कसैलाई खुइल्याउने विषय नभएको भन्दै सत्यतथ्य छानबिन गरी कारबाही गरिनुपर्ने बताए। आफ्नै पार्टीको सांसदको समेत नाम मुछिएको भन्दै उनले यस्ता अमानवीय कार्यमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ। ‘कसैलाई खुइल्याउने कुरा छैन’, उनले भने, ‘विज्ञप्तिमा प्रस्ट भनिएको छ, ‘आफ्नै पार्टीका सांसद संलग्न भए पनि कारबाही हुनुपर्छ।’

यता एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले राज्यले छानबिन गरेर अपराध पुष्टि भए कारबाही हुनुपर्ने भन्दै पुष्टि हुनुअगावै कांग्रेसले अपराधी घोषणा गरेकोमा आपत्ति रहेको बताए। ‘हामीले माननीयको बचाउ गरेका हैनौं’, उनले भने, ‘तर अपराध पुष्टि नहुँदै प्रहार गर्नु गलत हो।’  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस