पाइला-पाइला गल्ती
०१ माघ २०७३
•
२५ मिनेट पाठ
पाइला-पाइला गल्ती
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको बागडोर सम्हालेयताका पाँच महिनामा नेपालको विदेश नीति धेरैपटक विवादमा तानिएको छ। यति छोटो अवधिमा यसअघि विदेश नीति एकपछि अर्को गर्दै यति धेरैपटक विवादमा तानिएको थिएन।




खासगरी दुई ठूला छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्न नजान्दा विदेश नीतिको अपरिपक्वता सार्वजनिक हुन पुगेको हो।

'जुन रुपमा हामीले कूटनीतिक व्यवहार गर्नुपर्थ्यो, त्यसमा चुकेका छौं,' सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, 'यस्तो कार्यले हाम्रो स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पर्न जान्छ।'

विदेशी राष्ट्रसँगको सम्बन्धलाई लिएर सरकारले गरेका निर्णय पटक–पटक विवादमा तानिँदा कतै विदेश नीतिमा विचलन आएको त होइन भन्ने शंका बढ्न थालेको छ। पछिल्लो समय सरकारका निर्णय बढी नै भारततर्फ ढल्किँदा यस्तो शंका गर्नेहरुलाई थप बल मिलेको छ।

'सरकारका पछिल्ला क्रियाकलाप हेर्दा विदेश नीतिमा विचलन आउन लागेको हो कि जस्तो देखिन्छ। हामी हाम्रो विदेश नीतिको निश्चित आधारबाट अलग हुन खोजिरहेको पनि भान हुन्छ। साँच्चै यस्तो भइरहेको छ भने यो घातक हुन्छ,' सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य राजन भट्टराईले भने।

नेपालको विदेश नीतिका केही आधार (स्थापित मान्यता) छन्, विभिन्न समयमा राज्यशासन प्रणाली परिवर्तन भए पनि ती परिवर्तन हुने गरेका छैनन्। पञ्चशील, असंलग्न, राष्ट्रसंघको बडापत्र, सार्क बडापत्रलगायत यिनै आधारमा पर्छन् तर पछिल्लोपटक यिनै स्थापित मान्यतामा पनि अस्थिरता आउन थालेको छ। 'स्थापित मान्यतामा अडिग रहँदा धेरै कुरामा गडबड हुँदैन। हामीले दीर्घकालीन सोच बनाएर चल्न सकेनौं,' पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले भने।

दाहाल २०७३ साउन २० गते दोस्रोपटक प्रधानमन्त्री बनेपछि हालसम्म सरकारले गरेका विदेश मामिलासँग सम्बन्धित निर्णय कुनै न कुनै रुपमा विवादित बन्दै आएका छन्। यस्ता निर्णय र विवादले सरकारको कूटनीतिक मुद्दाहरुमा निर्णय गर्ने क्षमतामाथि नै प्रश्न उठाएको छ। यसबीच सत्तासाझेदार तथा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत कूटनीतिक मामिलामा अपरिपक्वता देखाए।

भारत र चीनसँग सन्तुलित व्यवहार गर्ने निहुँमा दाहाल सरकारले गरेका निर्णय बढी विवादित बन्दै आएका छन्। सरकारको नेतृत्व गरेपछि विवादमा तानिएको दाहालको पहिलो विदेश मामिलासम्बन्धी निर्णय थियो– भारत र चीनमा दुई जना उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा पठाउने। उनले विशेष दूतका रुपमा चीनमा उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा र भारतमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पठाए। चिनियाँ र भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन विशेष दूत पठाउने निर्णय गरिएको थियो, जब कि त्यसको एक महिनापछि प्रधानमन्त्री दाहाल स्वयं भारत भ्रमणमा जाँदै थिए। भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो उनैले दिँदा भइहाल्थ्यो।

विशेष दूतलाई कस्तो बेला पठाइन्छ, किन पठाइन्छ– केही ख्याल गरिएन। दुइटा देशमा एकसाथ विशेष दूत पठाउनुको उद्देश्य के थियो, कस्तो जिम्मेवारी विशेष दूतलाई दिइन्छ, केही मनन गरिएन। विशेष दूतलाई दिइएको जिम्मेवारी पूरा हुन नसके त्यसलाई सरकारले कसरी बु‰ने भन्नेतर्फ कसैको ध्यानै गएन। भारततर्फ विशेष दूत पठाउँदा चीनतर्फ पनि किन पठाउनुपर्‍यो वा चीनमा विशेष दूत पठाउँदा भारतमा पनि किन पठाउनुपर्‍यो? यसको चित्तबु‰दो जवाफ सरकारसँग छैन।

नयाँ संविधान जारी हुनु केही दिनअघि भारतीय विदेश सचिव एस. जयशंकर भारत सरकारको विशेष दूत भई नेपाल आएका थिए। संविधान जारी गर्न केही दिन ढिलाइ गर्न विशेष दूतले गरेको आग्रह नेपाल सरकारले मानेन। फलस्वरुप संविधान जारी भएपछि नेपालमाथि भारतले आठ महिना नाकाबन्दी लगायो। नेपाल सरकारको विशेष दूतका रुपमा महराले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो त दिए, तर त्यो प्रयास सफल हुन सकेन। चीन किन चिढिएको छ, सरकारले समीक्षा गरेको छैन।

'नेपालको मन्त्रीदेखि प्रधानमन्त्रीसम्म चीन र भारतसँग 'सन्तुलित सम्बन्ध' राख्नुपर्छ भन्नेमा गलत बुझाइ छ। भारतसँग जे गर्‍यो, त्यही कुरा चीनसँग गर्नु सन्तुलित व्यवहार होइन। अर्काको सहारा नलिई हिँड्न सक्नु सन्तुलन हो, न कि बराबरी गर्न खोज्नु। दुवैसँग बराबरी गर्न खोजे आफैँले सन्तुलन गुमाइन्छ। अहिले भएको यही हो,' पूर्वपरराष्ट्र सचिव आचार्यले स्पष्ट पारे।

'भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने' दाहाल सरकारले गरेको दोस्रो विवादित निर्णय हो। भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउनु केही दिनअघि सरकारले यस्तो निर्णय गरेको थियो। चिनियाँ राष्ट्रपति नेपाल आउने/नआउने केही पत्तो छैन तर सरकारले भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने निहुँमा कूटनीतिक अभ्यासविपरीत चिनियाँ राष्ट्रपति आउँदासमेत सार्वजनिक बिदा दिने निर्णय लियो। चिनियाँ क

कूटनीतिज्ञले सरकारको यस्तो अपरिपक्व व्यवहारप्रति असन्तुष्टिसमेत व्यक्त गरे।

'चिनियाँ राष्ट्रपति आउने/नआउने ठेगान छैन, पहिल्यै सार्वजनिक बिदा घोषणा गर्नु राम्रो निर्णय थिएन, त्यो पनि भारतसँग जोडेर,' माओवादी नेता तथा पूर्व परराष्ट्रमन्त्री श्रेष्ठले भने, 'स्वतन्त्र परराष्ट्र नीतिमा हामी चुकेका छौं।'

दाहाल भारत र चीनका लागि राजदूत नियुक्त गर्दा पनि चिप्लिए। उनले राजदूत नियुक्त गर्दा कूटनीतिक सन्तुलन प्रदर्शन गर्न खोजे जुन उनको तेस्रो गलत निर्णय थियो। उनी व्यक्ति चयनमा होइन, राजदूतलाई दिइने जिम्मेवारीमा चुकेका हुन्। भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामाणि पौडेल दुवैलाई दाहाल नेतृत्वको सरकारले मन्त्रीसहर हैसियत दिएर राजदूत घोषणा गर्‍यो। उपाध्यायलाई यसअघि पनि मन्त्रीस्तरीय राजदूतको जिम्मेवारी दिइसकेकाले पुनः मन्त्रीस्तरीय भन्नु अनौठो थिएन, तर पौडेललाई मन्त्रीसरह जिम्मेवारी किन भन्दा सरकारसँग तम्तयार जबाफ थियो– छिमेकीसँग सन्तुलित व्यवहार।

मन्त्रीस्तरीय राजदूत भने पनि सम्बन्धित देशमा अन्य राजदूतभन्दा उसको भूमिका विशेष मानिँदैन, हैसियत उही हुन्छ। फरक यत्ति हो, उसले आफ्नो सरकारबाट मन्त्रीसरहको सेवासुविधा पाउँछ। अन्यथा 'राजदूत' मात्र भन्नु र 'मन्त्रीस्तरीय राजदूत' भन्नुमा सम्बन्धित राष्ट्रले गर्ने व्यवहारमा कुनै भिन्नता हुँदैन। जुन देशको राजदूतले सम्बन्धित देशमा पहिलो पाइला राख्छ, त्यही नै 'सिनियर' हुने कूटनीतिक अभ्यास छ। राजदूतका अगाडि 'मन्त्रीस्तरीय' जोडिँदैमा त्यो देशका लागि विशेष भन्ने बुभिँ्कदैन।

'दुवै देशमा मन्त्रीस्तरीय राजदूत पठाउँदैमा सम्बन्ध सन्तुलित हुँदैन। स्वतन्त्र रुपमा आफ्नो स्वार्थअनुसार काम गर्न सक्नु  सन्तुलित व्यवहार हो,' पूर्व परराष्ट्र सचिव आचार्यले भने, 'सरकारको विदेश नीतिमा स्पष्टता भएन। चीन र भारतलाई कुन ढंगले हेर्ने भन्ने स्पष्टता देखिएन। सन्तुलनका नाममा तुलोमा राखेर जोख्नु हुँदैन।'

दाहाल सरकार कूटनीतिक मामिलामा सबैभन्दा बढी विवादमा त्यतिबेला तानियो जतिबेला उनी भारत भ्रमणमा थिए। गत भदौ ३० गतेदेखि असोज २ गतेसम्मको भारत भ्रमणका बेला जारी २५ बुँदे संयुक्त विज्ञप्तिभित्र समेटिएका विषयवस्तु निकै विवादित बने। दुई देशका प्रधानमन्त्रीबीच संविधानको विषयमा कुरा हुन सक्छ तर दुई देशको संयुक्त विज्ञप्तिमा कुनै देशको नितान्त आन्तरिक विषय समेटिनु हुँदैनथ्यो। संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधान उल्लेख हुनु दुर्भाग्य हो। त्यो नेपालको निकै ठूलो कूटनीतिक कमजोरी थियो।

संयुक्त विज्ञप्तिले नयाँ संविधान भारतको समेत चासोको विषय हो भन्नेहरुलाई बल प्रदान गर्‍यो।

'दुई देशको विज्ञप्तिमा आन्तरिक कुरा समेटिनु गम्भीर कुरा हो,' पूर्व राजदूत तथा सुशील कोइराला प्रधानमन्त्री रहँदा उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, 'विगत नहेर्ने हो भने २५ बुँदेमा त्यस्तो केही छैन तर विगतको अनुभवले त हामीलाई लखेट्छ।'

संयुक्त विज्ञप्तिको ११ र १३ नम्बर बुँदा विशेष गरी विवादमा तानिए जसलाई स्पष्ट पार्न परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकाल्नुपर्‍यो। विज्ञप्तिको ११ नम्बर बुँदामा 'विकासोन्मुख राष्ट्रहरुका पक्षमा, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संघसंगठनको बृहत सुधारलगायत मुख्य अन्तर्राष्ट्रिय मुद्दाहरुमा दुवै देशले साझा धारणा बनाउने' उल्लेख छ। यसलाई परराष्ट्र मामिला जानकारले नेपालले आफ्नो विदेश नीति भारतलाई सुम्पेको रुपमा अर्थ्याए। यस्तो पहिले कहिल्यै भएको थिएन।

अझ केही दिनअघि राष्ट्रसंघको सुरक्षा परिषद्मै सिरियामा मानवअधिकार हनन् भएको भन्ने प्रस्तावमाथि मतदान हुँदा भारत तटस्थ बस्यो र नेपाल पनि। त्यहाँ नेपालको तटस्थतालाई दाहाल सरकारले भारत भ्रमणका बेला गरेकै सहमतिको उपजका रुपमा बुझियो।

विज्ञप्तिको १३ नम्बर बुँदामा भारतको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी परियोजनाको प्रगति तथा समीक्षा गरी समयसीमाभित्रै कार्य सम्पन्न गर्न एक संयन्त्र गठन गर्ने जसमा नेपालको नेतृत्व परराष्ट्रसचिव र भारतको नेतृत्व नेपालका लागि भारतीय राजदूतले गर्ने आशय उल्लेख थियो। यो बुँदा निकै विवादमा तानियो। अन्ततः संयन्त्रको नेतृत्व भारतका तर्फबाट भारतीय राजदूत र नेपालका तर्फबाट परराष्ट्रको एक सहसचिवले गर्ने गरी सच्याइयो।

संयुक्त विज्ञप्ति निकै विवादित बनेपछि असोज ३ गते परराष्ट्रले एक विज्ञप्ति जारी गरी ढाकछोप गर्नुपर्‍यो। विज्ञप्तिमा परराष्ट्रले भन्यो, 'साझा चासोका प्रमुख अन्तर्राष्ट्रिय विषयहरुलाई सम्बोधन गर्न राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय संगठनमा विभिन्न मुलुकबीच सहकार्य हुने विषय अन्तर्राष्ट्रिय रुपमै प्रचलित परम्परा हो।'

भारतसँग सम्बन्धित विषयमा विज्ञप्ति निकाल्दा परराष्ट्रले पनि चीनको नाम राख्न भने छुटाएन। 'नेपालले पनि विकासोन्मुख राष्ट्रहरुलाई असर गर्ने तथा उनीहरुका साझा हितका विषयहरुमा छिमेकी मित्रराष्ट्र भारत तथा चीनलगायत अन्य मुलुकसँग विगतदेखि नै आवश्यकताअनुसार यस प्रकारको सहकार्य र समन्वय गर्दै आएको छ,' परराष्ट्रले भन्यो। 

दाहाल नेतृत्वको सरकार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन स्थगन गर्ने विषयमा नराम्रोसँग चुक्यो। भारतको दबाबमा सार्क सम्मेलन स्थगनबारे सार्क अध्यक्ष राष्ट्रको हैसियतमा सरकारले तीन दिन (गत असोज १२, १३ र १६ गते) मा तीनवटा विज्ञप्ति जारी गर्नुपर्‍यो।

सार्कको १९औं शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा सन् २०१६ नोभेम्वर १५–१६ सम्म गर्ने तय भएको थियो। पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि भारतले सहभागी नहुने घोषणा गर्यो। भारतले नेपालमाथि पनि दवाब दियो, जसलाई सरकारले सहजै स्विकारी पाकिस्तानविरुद्ध हुने गरी विज्ञप्ति जारी गर्‍यो। सार्क स्थगनका विषयमा जारी गरिएको विज्ञप्तिमा १५ दिनअघि भारतको काश्मिरमा भएको आतंकवादी आक्रमणको भर्त्सना समेत गरियो।

ब्रिक्स राष्ट्र समूहको गत अक्टोबरमा भारतको गोवामा सम्पन्न शिखर सम्मेलनका बेला आयोजित बिमस्टेक राष्ट्र समूहको बैठकमा सहभागी हुँदा पनि दाहाल विवादमा तानिए। गोवास्थित एक होटलको 'होल्डिङ रुम' मा चिनियाँ राष्ट्रपति सी. जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालको भेटवार्ता भयो। बिनायोजना संयोगवश एकै समय एउटै कोठामा भेटिन पुगेका तीन नेताहरुबीच त्रिदेशीय साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको गोवाबाटै उनले सार्वजनिक गरे। त्यसको केही घन्टा नबित्दै भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री दाहालको भनाइको खण्डन गर्दै तीन नेताबीच कुनै अजेन्डामा केन्द्रित भएर छलफल नभएको स्पष्ट पार्‍यो। अनौपचारिक रुपमा भएका कुराकानीलाई औपचारिक रुपमा भएझैँ प्रस्तुत गर्नु दाहालको अपरिपक्वता थियो।

गत कात्तिक १८ गते बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको एक घटनाका कारण छिमेकी चीनले नेपालसँग धारणा माग गर्‍यो। नेपाल पर्यटन बोर्ड, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी निकाय प्रबर्द्धक रहेको कार्यक्रममा नै ताइवानका झन्डा लहराएपछि चीनले नेपालसँग 'एक चीन नीति' प्रति धारणा मागेको थियो। तिब्बत र ताइवानलाई चीनले आफ्नो अभिन्न अंग मान्दै आएको छ जसलाई नेपालले एक चीन नीतिका रुपमा स्विकार्दै आएको छ। कुनै देशविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने नीति नेपालले लिँदै आएको छ। विडम्बना! सरकारी निकाय नै सहभागी रहेको कार्यक्रममा ताइवानको झन्डा फहराएको कुरा सरकारले भन्दा पहिला काठमाडौंस्थित चिनियाँ दूतावासले थाहा पायो। दूतावासले उक्त जानकारी सरकारलाई दिएपछि मात्र प्रहरी घटनास्थल पुगी झन्डा हटाउने काम गर्‍यो। यो घटनाप्रति चीनले खुलेर असन्तुष्टि व्यक्त गर्‍यो।

चीनलाई चिढ्याउने कार्य सरकारमा सहभागी अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गरे। भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनले तिब्बती निर्वासन सरकारको प्रमुख (प्रधानमन्त्री) लोप्साङ साङ्गेसँग भेट गरे। छिमेकी चीनको संवेदनशीलतालाई उनले बुझेनन्। भेट गर्नु गल्ती थिएन, भएको भेटलाई होइन भनी लुकाउन खोज्नु उनको कमजोरी रह्यो। पछि तिब्बती शरणार्थी नेतासँगै बसेको उनको तस्बिर सार्वजनिक भयो। नांगिसकेका देउवालाई झन् नंग्याउने काम गरे उनकै पार्टीका परराष्ट्रमन्त्री प्रकाशरण महतले। महतले उक्त तस्बिरलाई कम्प्युटरबाट जोडिएको बताएर दुनियाँ हँसाए। चीनले देउवाको उक्त भेटप्रति पनि असन्तुष्टि व्यक्त गर्‍यो।

'छिमेकीको संवेदनशीलता जुन तहमा बु‰नुपर्ने थियो, त्यो नबुझेको देखिन्छ। भ्रमण गर्न हुने/नहुने, बोल्न हुने/नहुने ध्यान नपुर्‍याएको देखिन्छ,' एमाले सांसद भट्टराई भन्छन्, 'एकपछि अर्को विवादमा आउनु राम्रो होइन।'

दाहाल सरकारको पछिल्लो कूटनीतिक कमजोरी 'नेपाल–चीन संयुक्त सैन्य अभ्यास' मा देखिएको छ। केही सातापछि यो अभ्यास नेपालमा हुँदै छ। यो अभ्यास भारतदेखि अमेरिकासम्मका लागि चासोको विषय बनेको छ। किनकि नेपाल र चीन पहिलोपटक संयुक्त सैन्य अभ्यास गर्दैछन्। यसअघि नेपालले भारत र अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो। नेपाल–चीन संयुक्त सैन्य अभ्यास रोक्न विभिन्न तरिकाले सरकार माथि दवाब आएका छन्। तर भारतीय मिडियामा यसरी नेपाल–चीन सैन्य अभ्यासका विषयमा समाचार आएका छन् मानौं कि नेपाल सरकारले यो चाहेको छैन। नेपाली सेनाको अडानको कारण मात्र यो हुँदै छ।

'नेपाल–चीन संयुक्त सैन्य अभ्यासका विषयमा बाहिर के देखाइएको छ भने सरकारलाई इच्छा छैन, तर सेनाको स्वतन्त्र अडानका कारण मात्र यो हुन गइरहेको छ,' पूर्वराजदूत भट्टराई भन्छन्, 'यो खतरनाक बुझाइ जबर्जस्ती बनाइँदै छ। सेनालाई सरकारबाट अलग्याएर हेर्न लागिएको छ। यो योजनाबद्ध खेल हो।'

संयुक्त सैन्य अभ्यासबारे सरकारले स्पष्ट पार्नुपर्ने थियो, तर मौन बसेको छ। सेनालाई सरकारबाट अलग्याई कमजोर बनाउने यो प्रयास निकै खतरनाक छ। पूर्व राजदूत भट्टराईको बुझाइमा नेपालमा अस्थिरता चाहनेले सरकारबाट सेनालाई अलग्याउन खोजिरहेका छन्।

'अहिले नेपालमा दुई कुरा भइरहेको छ। पहिलो, समाजका मूल्यमान्यता भत्काउने, दोस्रो राज्यका मजबुत निकायहरु कमजोर बनाउने। पछिल्लो समय सेनालाई विवादमा तान्ने काम भइरहेको छ। उनीहरु (बाहिरी शक्ति) ले बुझेका छन्, सेना कमजोर भए आफ्नो स्वार्थ पूर्ति छिटो गर्न सकिन्छ,' उनले स्पष्ट पारे।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस