प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ बाट सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षमा मत माग्न सत्ता गठबन्धनका नेताहरूको बारामा लर्को लागेको छ। सत्ता गठबन्धनका नेताहरू कोही न कोही प्रचारप्रसारका लागि दिनहुँजसो बारा २ मा पुगेर यादवको पक्षमा मत मागिरहेका छन्।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पटकपटक बारा आएर यादवको पक्षमा प्रचारप्रसार गरेका छन्। कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण, सहमहामन्त्री फरमुल्ला मन्सुर, महेन्द्र यादव, केन्द्रीय सदस्य अजयकुमार चौरसिया, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव केही दिनदेखि बारा २ मै बसेर गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमा प्रचारप्रसार गरिरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल पनि बारा २ मै बसेर यादवको पक्षमा मत माग्न जुटेका छन्।
मतदाताको घरदैलोमा पुग्ने र गठबन्धनका उम्मेदवार यादवलाई विजयी बनाउन पार्टीले दिएको जिम्मेवारी र निर्देशनको पालन गर्न कांग्रेसका नेताहरू सक्रिय भएर लागेको नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवले बताएका छन्। गत निर्वाचनमा जसपाले जितेको यस क्षेत्रमा जनमतबाट शिवचन्द्र कुशवाहा, आम जनता पार्टी (आजपा) बाट अरूणकुमार ज्ञवाली, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेशप्रसाद खरेल उम्मेदवार छन्।
उपनिर्वाचनका लागि बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा मंसिर ४ को निर्वाचनमा पराजित नेताहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ। बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सोही निर्वाचनमा बारा २ मा रामसहाय यादवसँग पराजित भएका कुशवाहा वैशाख १० को उपनिर्वाचनका लािग जनमत पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन्। यसअघि कुशवाहा माओवादी केन्द्रबाट तत्कालीन पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार थिए। उपनिर्वाचनमा जसपा अध्यक्ष यादवलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपाले समर्थन गरेका छन्। कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको देखिँदैन। जसपा अध्यक्ष यादव गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवलाई पार्टीमा प्रवेश गराउँदै सत्तारूढ गठबन्धनको पुरै मत लिएर संसद्मा प्रवेश गर्ने रणनीतिमा छन्। रामकिशोरले गत निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए।
मंसिर ४ को निर्वाचनमा बारा २ बाटै पराजित अधिवक्ता ज्ञवाली स्वतन्त्र उम्मेदवार थिए। ७ हजार ६९८ मत ल्याएका ज्ञवाली यो उपनिर्वाचनमा प्रभु साहले नेतृत्व गरेको आजपाबाट उम्मेदवारी दिएका छन्। कुशवाहा, ज्ञवाली बारा २ कै स्थायी बासिन्दा हुन् भने यादव र खरेल अन्य जिल्लाका स्थायी बासिन्दा हुन्। लगभग १ लाख ६ हजार मतदाता रहेको बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन्। त्यस्तै कोल्हवी नगरपालिका ८ पनि बारा २ मै पर्छ।