नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संघिय लोकतन्त्रको लागि बारा–२ का मतदाताहरुले उपेन्द्र यादवलाई विजयी बनाउनु पर्ने बताएका छन्।
पाँच दलीय सत्ता गठबन्धनले महागढीमाई नगरपालिकाको बरियारपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, संविधानको रक्षा, संघियता र जनताको थप अधिकारको लागि उपेन्द्र यादव प्रतिनिधि सभामा अनिवार्य नेतृत्व हो।
उपेन्द्र यादवको जित जसपा अध्यक्षको जित मात्र नभई, पाँच दलीय गठबन्धनको जित र मधेश पहाड एकताको जित भएको उनको भनाइ थियो।
२ नम्बर निर्वाचन क्षेत्रमा पर्ने कोरोना कालमा बन्द रहेको कवहीगोठ छोटी भन्सारलाई सुचारु गर्न, नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराई पास गराउन, मधेसमा विद्युतीय सिचाई निर्माण गर्ने उनको दाबी थिए।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव मधेसीको अधिकार र संघियताको लागि लड्ने नेता भएकोले यादवलाई जिताउनु पर्ने बताए।
उपेन्द्र यादवलाई विजयी बनाउँदा क्षेत्र र जिल्लाको समेत विकास हुने भएकोले एक पटक मत दिएर विजयी बनाउन देउवाले आग्रह समेत गरे।
नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा पाँच दलीय गठबन्धनलाई बलियो बनाउनको लागि उपेन्द्र यादवलाई विजयी बनाउनु पर्ने उनको भनाइ थियो।
विदेशी शक्तिहरूले पनि अहिलेको निर्वाचनलाई नजिकबाट हेरी रहेकोले उपेन्द्र यादव विजयी भएमा मात्रै विदेशी शक्तिहरूले नेपालमा पाँच दलीय गठबन्धन बलियो रहेको सन्देश जाने भएकोले उपेन्द्र यादवलाई विजयी हुनु पर्ने नेपालले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रीय अध्यक्ष तथा पाँच दलीय गठबन्धनबाट बारा –२ का उम्मेदवार उपेन्द्र यादवले राज्यको ध्यान अहिले बारा निर्वाचन क्षेत्र नम्बर २ मा रहेको हुँदा गठबन्धनको सरकारले क्षेत्रको शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, बाटोघाटो, मल खाद उपलब्ध गराउने प्रतिबद्धता गरे।
लोसपाका नेता जितेन्द्र सोनलले तराई मधेसको समस्या अहिलेको गठबन्धनले नै समाधान गर्ने भएकोले उपेन्द्र यादवलाई मत दिएर विजयी बनाउन आग्रह गरे।
संघियतालाई कमजोर पार्ने षडयन्त्र भइरहेको हुँदा बचाउनका लागि गठबन्धन कसिएर लागेको नेता सोनलले बताए।
कार्यक्रममा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव, नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादवले गठबन्धनको उम्मेदवार यादवलाई भारी मतले विजयी बनाएर पाँच दलीय गठबन्धनलाई बलियो बनाउने दाबी गरेका छन्।

'उपेन्द्र यादवलाई प्रतिनिधि सभामा ल्याउनकै लागि मैले माओवादीको भागमा परेको उपराष्ट्रपति पद जसपालाई दिएर राम सहायक यादवलाई पाँच दलीय गठबन्धनले उपराष्ट्रपति बनाएको हो।' उनले भने।प्रधानमन्त्री दाहालले बारामै दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल बन्ने आश्वासन दिए। गढीमाई मन्दिरलाई राष्ट्रिय स्तरको रुपमा विकास गर्दै लुम्बिनी, पशुपति विकास कोष जस्तै यसलाई सोही अनुरुपको विकास कोषमा परिणत गराउनका लागि पहल गर्ने उनले बताए।
२ नम्बर निर्वाचन क्षेत्रमा पर्ने कोरोना कालमा बन्द रहेको कवहीगोठ छोटी भन्सारलाई सुचारु गर्न, नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराई पास गराउन, मधेसमा विद्युतीय सिचाई निर्माण गर्ने उनको दाबी थिए।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव मधेसीको अधिकार र संघियताको लागि लड्ने नेता भएकोले यादवलाई जिताउनु पर्ने बताए।
उपेन्द्र यादवलाई विजयी बनाउँदा क्षेत्र र जिल्लाको समेत विकास हुने भएकोले एक पटक मत दिएर विजयी बनाउन देउवाले आग्रह समेत गरे।
नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा पाँच दलीय गठबन्धनलाई बलियो बनाउनको लागि उपेन्द्र यादवलाई विजयी बनाउनु पर्ने उनको भनाइ थियो।
विदेशी शक्तिहरूले पनि अहिलेको निर्वाचनलाई नजिकबाट हेरी रहेकोले उपेन्द्र यादव विजयी भएमा मात्रै विदेशी शक्तिहरूले नेपालमा पाँच दलीय गठबन्धन बलियो रहेको सन्देश जाने भएकोले उपेन्द्र यादवलाई विजयी हुनु पर्ने नेपालले बताए।
'पाँच दलीय गठबन्धन बलियो भयो भने पाँच वर्षसम्म देशमा स्थायी सरकार रहने हुँदा उपेन्द्र यादव जित्नु पर्छ।' उनले भने।देशकै विकासको लागि बारामा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेर निर्माण कार्य सुरु गर्न प्रधानमन्त्री दाहालसँग नेपालले माग समेत गरे।