काठमाडौं, चैत २३- लोकतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी सरकारले थालेको छ। लोकतन्त्र दिवस मूल समारोह समितिको बैठकले लोकतन्त्र दिवस भव्य रुपमा मनाउन नेपाली सेनालाई मञ्च तयारी गर्न, कार्यक्रमस्थल टुँडिखेलमा पुष्पवृष्टि गर्न निर्देशन दिने निर्णय गरेको छ।
सोही दिन बेलुन उडाइने, सूर्योदयसाथ भीमसेन स्तम्भबाट बिगुल बजाउने तथा तोप र बन्दुकको बडायँ गर्ने निर्णय समितिले गरेको छ।
जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य भई लोकतन्त्र स्थापना भएको दिन बैसाख ११ गते हरेक वर्ष लोकतन्त्र दिवस मनाइदै आइएको छ।
मूल समारोह समितिका सदस्यसचिव एवं गृहसचिव डा.गोविन्दप्रसाद कुसुमको अध्यक्षतामा बसेको बैठकले सोही दिन नेपाल स्काउटले टुँडीखेलमा कवाज प्रदर्शन गर्ने, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लोकतन्त्र दिवसको महत्वका सम्बन्धमा परिसम्वाद कार्यक्रम सञ्चालन गर्ने, पत्रपत्रिकामा लोकतन्त्र विशेषाङ्क प्रकाशित गर्ने, देवदेवीका मन्दिरमा पूजापाठ गर्ने र सांस्कृतिक झलक प्रदर्शन गर्नेलगायतका कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ।