गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
१० वैशाख २०८०
•
१ मिनेट पाठ
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि शनिबार संसद बैठक बसेको थियो। तर, अधिकारीले संसदमा विश्वासको मत पाउन सकेनन्।  




गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन शनिबार राती १२ बजेदेखि नै लागु हुनेगरी अन्त्य भएको जनाएका छन्। गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

गण्डकी प्रदेश सरकारको शनिबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। शनिबार अपराह्न मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि आकस्मिक रुपमा साँझ मन्त्री परिषद बैठक बसेको थियो। बैठकले अधिवेशन अन्त्य गरेको मुख्यमन्त्री अधिकारीको सचिवालयले जनाएको छ।
अर्को समाचार
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
२७ वैशाख २०७८
•
१ मिनेट पाठ
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध ल्याइएको अविश्वास प्रस्ताव माथि छलफल गर्न बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन चलिरहँदा मुख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिएसँगै अधिवेशनको औचित्य समाप्त भएको थियो ।




अधिवेशन अन्त्य भएको जानकारी पत्र प्रदेश सभा सचिवालयलाई पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले आफूबिरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन पदबाट राजिनामा दिएका थिए । उनले आफू अल्पमतमा पर्ने देखेपछि संसद छल्नलाई पदबाट राजिनामा दिएका हुन् ।

अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुख बाहेक) र जसपाका २ सांसदले हस्ताक्षर गरेका थिए । अविश्वास प्रस्तावमा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरेपनि मतदान गर्ने बताएको थियो । जसका कारण ६० सदस्य रहेको प्रदेश सभामा ३१ सांसद पुगेपछि अविश्वास प्रस्ताव पारित हुने देखेरै मुख्यमन्त्रीले पदबाट राजिनामा दिए ।

सत्तारुढ एमालेसँग भने आफ्ना २७ सांसद छन् भने स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थन रहेको छ । मुख्यमन्त्री गुरुङको राजिनामासँगै नयाँ सरकार बनाउन प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेकी छन् । उनले ३ दिन भित्र बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि निवेदन दिन आह्वान गरेकी हुन् । सरकार गठनका लागि आइतबार साँझ आह्वान गरिएपनि अहिलेसम्म कुनैपनि दलले बहुमत पु¥याउन नसक्दा नयाँ सरकार गठन नै अन्यौलमा परेको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस