बारा–२ मा उपनिर्वाचन अन्तर्गत आईतबार सम्पन्न भएको मतदानमा ६५ प्रतिशत मत खसेको छ।
बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म गरिएको मतदानमा ६८ हजार दुई सयको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका हुन्।
६ वटा स्थानीय तहहरुको ४४ वटा वडाहरुमा रहेको बारा –२ को निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ जना मतदाता रहेको उनले बताए।
८२ वटा मतदान स्थलहरुबाट शान्तिपुर्ण मतदान गराउनको लागि एक सय ३७ वटा मतदान केन्द्रहरु तोकेर मतपेटिकाहरु राखिएको उनले बताए।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा–२ को उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपुर्ण तरिकारले सम्पन्न भएको बताएका छन्।
मतदान कार्य शन्तिपुर्ण तरिकाले सम्पन्न भए पछि मतपेटीकाहरुलाई सिल गरेर मतगणना हुने कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको शैक्षिक तलिम केन्द्रको हलमा ढुवानी गर्न व्यवस्था गरिएको प्रजिय सापकोटाले बताए।
उपनिर्वाचन शान्तिपुर्ण तरिकारले सम्पन्न गर्नको लागि नेपाली सेनाका चार सय, सशस्त्र प्रहरी बलका सात सय र नेपाल १८ गरेर २९ सय सुरक्षाकर्मीहरुलाई फिल्डमै खटाइएको थियो।
बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोक्तम पौडेल, रास्वपाका रमेश प्रसाद खरेल र अम जनता पार्टीका अरुण कुमार ज्ञवाली लगाएत ३४ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
बुथ कब्जा गरेको खबर भ्रामक
बारा–२ को उपनिर्वाचन अन्तर्गत मतदान भैरहेको केही बुथलाई कब्जा गरिएको आरोप जनमतका अध्यक्ष सिके राउतले लगाउँदा सुरक्षाकर्मी र कर्मचारीहरु तनावमा परेको छन्।
बरियापुरमा सन्चालकर्मीसँग राउतले आईतबार बिहानै ९ बजे तिर भने , पचरौताको बेल्दारी , देवतालको झिटकैया लगाएतको बुथहरुलाई जसपाको कार्यकर्ताले कब्जा गरेको र प्रहरी , प्रशासनले सहयोग गरेको छ।
बुथ कब्जा गरेको सार्वजनिक भए पछि हेलिक्पटरबाट नेपाली सेनाका अधिकारीहरुले त्यसको केही समय पछि बेल्दारी र देवतालको निरिक्षक गर्न पुगेका थिए। निरिक्षणको क्रममा अवस्था समान्य देखे पछि सेनाका अधिकारीहरुले हेरेर फर्केका थिए।
सेनाका अधिकारीहरु फर्के पछि सडक मार्ग हुदै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बेल्दारी र झिटकैया मतदान स्थालमा पुगेर मतदान कार्यमा खटिएका उम्मेदवारहरुको पोलिङ्ग एजेन्ट र सुरक्षाकर्मीहरुसँग घटनाको बारेमा बुझदा बुथ कब्जा गरिएको आरोप भ्रामक रहेको बताएका थिए।
सिके राउतले बेल्दारी र झिटकैयाको मतदान स्थाल जसपा कार्यकर्ताले कब्जामा लिएको घटना भ्रामक रहेको र भ्रामक कुराले निर्वाचन आयोज देखि सुरक्षाकर्मीहरुलाई नै अनावश्यक तनाव दिएको बाराका प्रहरी उपरीक्षक गोबिन्द्र बोगटीले बताएका छन्।
मतदान स्थालहरुमा जाँदा मतदाता भन्दा बढी संख्यामा सुरक्षाकर्मी र कर्मचारीहरुले रहेको अवस्थामा बुथ कब्जा गर्न कुनै व्यक्ति वा पार्टीले आटै गर्न नसकिने बोगटीले बताए।
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।
शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।
प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।
प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।
कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।
नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।
यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...