काठमाडौं, चैत २५ (नागरिक)- सेमिफाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल एसिसी ट्रफी इलाइटको फाइनलमा प्रवेश गरेको छ। कुबेतमा भइरहेको प्रतियोगिताको बुधबारको खेलमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो।
नेपाल एसिसी ट्रफीमा फाइनल पुगेको यो दोस्रो अवसर हो।
शरद भेसवाकरको अविजित ९७ रन, शक्ति गौचनको ५२, उपकप्तान ज्ञानेन्द्र मल्लको ४९ र महेश क्षेत्रीको ४३ रनको योगदानले नेपालले हुवारा मैदानमा निर्धारित ५० औभरमा ६ विकेट गुमाइ २ सय ७१ रन जोडेको थियो। जवाफमा मलेसिया २६३ रनमा अल आउट भयो।
यसअघि सन् २००२ मा सिंगापुरमा भएको प्रतियोगितामा नेपालले मलेसियालाई नै सेमिफाइनलमा पराजित गरी फाइनलमा पुगेको थियो।
शुक्रबार हुने फाइनलमा नेपालले अफगानिस्तानसँग खेल्नेछ।
एसीसी ट्रफी इलाइट मलेसियाविरुद्धको सेमिफाइन खेल, मलेसियालाई नेपालको २७२ रनको लक्ष्य (लाइभ अपडेट)
अपडेट ४१- मलेसियालाई जितका लागि अन्तिम छ बलमा १४ रन आवश्यक। पहिलो बलमा दुई रन लिए। दोस्रो बलमा एक रन। तेस्रो बलमा फेरि दुई रन। चौथो बलमा विकेट। कुवेत २६३ मा अल आउट। नेपाल रोमान्चक खेलमा ८ रनले विजयी
अपडेट ४०- मलेसिया ४९ ओभरमा ९ विकेटको क्षतिमा २५८ रन ।
अपडेट ३९- मलेसिया ४८. ४ ओभरमा नेपालको नवौं सफलता ।
अपडेट ३८- मलेसिया ४८. २ ओभरमा नेपालको आठौं सफलता ।
अपडेट ३६- मलेसियाका सुरेश नवरत्नमले १ सय ७ रन बनाए ।
अपडेट ३५- मलेसिया ४८ ओभरमा २ सय ५५ रन जोडेको छ ।
अपडेट ३४ - अर्को सेमिफानलमा अफगानिस्तानद्वारा हङकङ ५ विकेटले पराजित ।
अपडेट ३३- मलेसिया ४६ ओभरमा २ सय ३१ रन जोडेको छ ।
अपडेट ३२- मलेसियाले ४५ ओभरमा २ सय १७ रन जोडेको छ।
अपडेट ३१ - मलेसिया ब्याटिङमा आक्रमक देखिएको छ। ४४ ओभरमा मलेसियाको २ सय ८ रन।
अपडेट ३० - नेपालले सातौ विकेट लिएको छ। शक्ति गौचनले विकेट लिए। मलेसियाको ४१ ओभरमा १ सय ६२ रन।
अपडेट २९- मलेसियाले ४० ओभरमा १ सय ६२ रन बनाएको छ। नेपाल जित नजिक।
अपडेट २८- मलेसियाले ३८ ओभरमा ६ विकेटको क्षतिमा १४९ रन बनाएको छ। खेलमा नेपाली बलरको दवाव कायम।
अपडेट २७ - नेपालले आफ्नो खातामा थप एक विकेट पारेको छ। राहुल विकले विकेट लिए। मलेसियाको ३७ ओभरमा १ सय ४६ रन।
अपडेट २६ - ३६ ओभरमा मलेसियाको १ सय ४२ रन।
अपडेट २५ - मलेसियाको पाँचौ विकेट झरेको छ। शक्ति गौचनले लिए थप विकेट। ३५ ओभर सकिँदा मलेसियाले १ सय ४० रन बनाएको छ।
अपडेट २४ - ३४ ओभरमा मलेसियाले १ सय ३६ रन बनाएको छ। मलेसियाले खेल जित्न बाँकी ९६ बलमा १ सय ३६ नै रन जोड्नुपर्नेछ।
अपडेट २३ - मलेसियाको चौथो विकेट झरेको छ। सञ्जम रेग्मीले विकेट झारे। मलेसियाको ३१ ओभरमा १ सय २७ रन।
अपडेट २२- ३० औं ओभरमा मलेसियाले २ रनमात्र लियो। मलेसियाको १२४ रन। नेपाललाई जित्न १ सय २० बलमा १ सय ४८ रन आवश्यक।
अपडेट २१ - २९ ओभरमा मलेसियाको १ सय २२ रन।
अपडेट २० - मलेसियाले २५ ओभरमा तीन विकेट क्षतिमा १ सय रन जोडेको छ। मलेसियाको रनरेट ४। खेल जित्न मलेसियाले प्रति ओभर लगभग ७ रन लिन सक्नुपर्छ।
अपडेट १९ - मलेसियाले २० ओभरमा ३ विकेटको क्षतिमा ६९ रन बनाएको छ।
अपडेट १८ - नेपालको खातामा सञ्जम रेग्मीले थप एक विकेट थपेका छन्। १४ ओभरमा मलेसियाले ४८ रन बनायो।
अपडेट १७ - १० ओभरसम्म मलेसियाले २ विकेट गुमाएर ३१ रन बनाएको छ।
अपडेट १६- २७२ रनको लक्ष्य बोकेर उत्रेको मलेसियाली ओपनर सस्तैमा आउट भएका छन्। दुई ओभरमा मलेसिया दुई विकेटको क्षतिमा २ रनमा। महबुब आलमले पहिलो बल मै मलेसियाका ओपनरलाई पवेलियन फर्काए।
नेपालको इनिङ
शरद भेसवाकरको अविजित ९७, शक्ति गौचनको ५२, ज्ञानेन्द्रको ४९ र महेशको ४३ रनको मद्दतले नेपालले मलेसियालाई २७२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस गुमाएर ब्याटिङमा उत्रेको नेपालले ओपनर अनिल मण्डललाई ३ रनमै गुमाउनु परेको थियो। दोस्रो विकेटका लागि शक्ति गौचन र महेश क्षेत्रीले बलियो पार्टनरसिप गर्दै फराकिलो लक्ष्यको आधार तय पारेका थिए। शक्ति ५२ रनमा आउट भए पनि उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउन एक रनले चुके। विस्फोटक ब्याटिङ गर्दै शतकको नजिक पुगेका शरद भेसवाकर मात्र तीन रनले गौरवपूर्ण स्कोरबाट चुके। नेपालले ५० ओभरमा बनाएको २७१ रन यो प्रतियोगिता कै सबैभन्दा विशाल स्कोर हो।
अपडेट १५- ५० ओभरमा नेपाल ६ विकेटको क्षतिमा २७१। शरद ९७ रन नट आउट। शतक बनाउन ३ रनले चुके। महबूब आलम १ रनमा नट आउट। अन्तिम ओभरमा दीपेन्द्र चौधरी १४ रन बनाएर आउट भएका थिए।
अपडेट १४- ४९ ओभरमा नेपाल ५ विकेटको क्षतिमा २६३ रन।
अपडेट १३- शरद भेसवाकर शतकको नजिक पुगेका छन्। ४८ ओभरमा नेपाल ५ विकेट गुमाई २५१। शरद ९१ रन र दीपेन्द्र चौधरी ९ रन बनाएर खेल्दै।
अपडेट १२- ४७ ओभरमा ५ विकेटको क्षतिमा नेपाल २३५ रनमा। ज्ञानेन्द्र मल्ल अर्ध शतक बनाउन एक रनबाट चुके।
अपडेट ११- ४५ ओभरमा नेपाल ४ विकेटको क्षतिमा २०८ रन।
अपडेट १०- शरद भेसवाकरले अर्ध शतक पूरा गरेका छन्। ४३ ओभरमा नेपाल ४ विकेटको क्षतिमा १९२ रन। शरद ५८ रन र ज्ञानेन्द्र ३६ रन बनाएर क्रिजमा।
अपडेट ९- ४१ ओभरमा नेपाल ४ विकेटको क्षतिमा १७६ रन। शरद भेसवाकर ३७ र ज्ञानेन्द्र मल्ल ३१ रन बनाई क्रिजमा।
अपडेट ८- ३४ ओभरमा नेपाल ४ विकेटको क्षतिमा १३९ रन।
अपडेट ७- महेश क्षेत्री र पारस खड्काका महत्वपूर्ण विकेट नेपालले गुमाएपछि नेपाल २८ ओभरमा ४ विकेटको क्षतिमा ११६ रनमा छ।
अपडेट ६- २५ ओभरको खेल सकिँदा नेपाल २ विकेटको क्षतिमा १०४ रनमा।
अपडेट ५- शक्ति गौचन ५२ रन बनाएर आउट भएका छन्। अहिले उपकप्तान ज्ञानेन्द्र मल्ल मैदानमा प्रवेश गरेका छन्। महेश २७ रन बनाएर क्रिजमा छन्। २२ ओभरको समाप्तिमा नेपाल २ विकेटको क्षतिमा ९४ रनमा।
नेपालले कति रन बनाउला?
अपडेट ४- १५ ओभरको खेल समाप्तिमा नेपालले १ विकेट गुमाई ५३ रन बनाएको छ। शक्ति गौचन २८ र महेश क्षेत्री १६ रन बनाई क्रिजमा छन्। नेपालले निर्धारित ५० ओभरको खेलमा कति स्कोर बनाउला ? नेपाली यु-१९ र यु-२१ टोलीका उपकप्तान पृथु बास्कोटा, खेल पत्रकार उज्ज्वल आचार्य र मुख्य प्रशिक्षक अरुण अर्यालको अनुमानित स्कोर-
पुथु- १ सय ८० देखि २ सय १०
उज्ज्वल- २ सय ४० रन
अरुण- १ सय ५० देखि १ सय ७०
'हामीले गत वर्ष एसिसी यु-१९ इलाइट कप खेल्दाको हुबाराको पिच राम्रो थियो, स्लो बलरहरुलाई विकेट राम्रो छ, अलिकति सम्हालेर खेल्ने हो भने कुनै पनि ब्याट्सम्यानले सजिलै लामो इनिङ खेल्न सक्छ। महेश क्षेत्रीले फर्ममा भएको फाइदा आज उठाउनु पर्छ, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पनि राम्रो ब्याटिङ गर्ने मैले अपेक्षा गरेको छु'-पुथु
अपडेट ३- १० ओभरको खेल सकिँदा नेपाल १ विकेटको क्षतिमा २९ रन। शक्ति गौचन र महेश क्षेत्री मैदानमा।
अपडेट २- पाँच ओभरको खेल सकिँदा नेपाल १ विकेटको क्षतिमा १४ रन।
अपडेट १- अनिल मण्डल तीन रन बनाएर आउट। शक्ति गौचन र महेश क्षेत्री मैदानमा। चार ओभरको खेल जारी रहँदा नेपालको ११ रन।
नेपाली टोलीले आज सन् २००२ मा सिंगापुरमा भएको चौथो एसीसी ट्रफीको मलेसियाविरुद्धको सेमिफाइनलमा पाएको २५ रनको विजयलाई प्रेरणाको स्रोतको रुपमा लिनेछ। शक्ति गौचनको ६७ र विनोद दासको ३८ रनमा नेपालले ५० ओभरमा नौ विकेटगुमाई १ सय ८१ रन बनाएको थियो। राजकुमार प्रधानको तीन विकेटपछि मलेसिया ४७.२ ओभरमा १ सय ५६ रनमा सीमित भएको थियो। राजकुमार नेपाली टोलीबाट अलग भइसकेका छन्। तर आठ वर्षअगाडि उक्त ऐतिहासिक विजय हात पार्ने नेपाली टोलीका शक्ति, विनोदसहित महबुब आलम, सञ्जम रेग्मी र दीपेन्द्र चौधरी अहिले पनि टोलीमा छन्।
- मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालको पहिलो ब्याटिङ। अमृत भट्टराई १२ औँ, विनोद भण्डारी १३ औँ र विनोद दास १४ औँ खेलाडी।
नेपाल र मलेसिया दुवैले एक/एक पटक यस प्रतियोगिताको फाइनल खेलिसकेका छन्। सन् १९९८ मा काठमाडौँ मै मलेसिया तथा २००२ मा सिंगापुरमा नेपाल एसीसी ट्रफीको फाइनल पुगेको थियो। आजको खेल जित्दै दुवै टोली पहिलो पटक यो उपाधि जित्ने प्रयासमा हुनेछ।
-कुवेतमा जारी एसिसी ट्रफी इलाइटमा नेपालले आज मलेसियासँग सेमिफाइनल खेल्दै छ। खेल नेपाली समय अनुसार बिहानको ११.४५ बजे सुरु हुनेछ। हुवारा मैदानमा हुने खेलको विजेताले शुक्रबार हुने फाइनलमा अफगानिस्तान र हङकङ बिचको विजेतासँग खेल्नेछ।

अपडेट ४- १५ ओभरको खेल समाप्तिमा नेपालले १ विकेट गुमाई ५३ रन बनाएको छ। शक्ति गौचन २८ र महेश क्षेत्री १६ रन बनाई क्रिजमा छन्। नेपालले निर्धारित ५० ओभरको खेलमा कति स्कोर बनाउला ? नेपाली यु-१९ र यु-२१ टोलीका उपकप्तान पृथु बास्कोटा, खेल पत्रकार उज्ज्वल आचार्य र मुख्य प्रशिक्षक अरुण अर्यालको अनुमानित स्कोर- पुथु- १ सय ८० देखि २ सय १०