प्रधानमन्त्रीसँग कांग्रेस सशंकित
२३ माघ २०७३
•
६ मिनेट पाठ
प्रधानमन्त्रीसँग कांग्रेस सशंकित
काठमाडौं- स्थानीय चुनाव आगामी जेठमा गर्ने प्रतिबद्धताविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिरमा सार्ने पक्षमा लागेपछि सत्तासाझेदार नेपाली कांग्रेस सशंकित भएको छ। प्रधानमन्त्रीले शुक्रबार मधेसी मोर्चाका नेतासँगको बैठकमा  संविधान संशोधन प्रस्ताव टुंगो लागेपछि मात्र चुनाव मिति घोषणा गर्ने आश्वासन दिएका थिए। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबाट उनले जेठमा चुनाव टारेर मंसिरमा गर्न खोजेको आशंका कांग्रेसका नेताहरूले गरेका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पनि रिपोर्टर्स क्लबका साक्षात्कारमा शनिबार संविधान संशोधन प्रस्ताव टुंगो नलागेसम्म चुनाव मिति घोषणा नहुने बताए। 

कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्रीले मोर्चालाई  दिएको आश्वासनले जेठमा चुनाव हुनेमा शंका उत्पन्न भएको बताए। 'प्रधानमन्त्रीको पछिल्लो बोली र व्यवहार हेर्दा जेठमा स्थानीय चुनाव गर्न आलटाल गरेको  देखिन्छ', श्रेष्ठले भने, 'जेठमा स्थानीय चुनाव हुनुपर्नेमा कांग्रेस अडिग छ।'

गत माघ ८ गते कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकले आगामी वैशाखसम्म स्थानीय चुनाव गर्ने सहमति गरेको थियो।  प्रधानमन्त्री दाहालले सोही बैठकमा वैशाख मसान्तसम्म स्थानीय चुनाव गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि प्रधानमन्त्रीले मधेसी मोर्चासँग तीनपटक बैठक गरे। दुईवटा बैठकमा कांग्रेस सहभागी भए पनि शुक्रबार भने बोलाइएको थिएन।

शुक्रबारको बैठकमा प्रधानमन्त्रीले संशोधन प्रस्ताव टुंगो नलागीकन चुनाव मिति घोषणा हुँदैन भनी ढुक्क हुन मोर्चाका नेताहरूलाई आश्वासन दिएका थिए। अघिल्ला बैठकमा भने प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूसँग पूरक संशोधन ल्याउने बताएका थिए।

'चुनाव जेठमा नगरी मंसिरमा गर्ने, सम्भव भएसम्म स्थानीय, प्रदेश सभा र संघीय संसद्को चुनाव एकैपटक गर्ने, त्यो पनि नभए दुईवटासम्म चुनाव गर्ने प्रधानमन्त्रीले सोच बनाएको हाम्रो बुझाइ छ', कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले नागरिकसँग भने, 'राष्ट्रिय सभाको इलेक्ट्रोल कलेजबाट स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई हटाउन खोज्नुले पनि प्रधानमन्त्री तत्काल स्थानीय चुनाव चाहँदैनन् भन्ने देखिएको छ।'

प्रधानमन्त्रीले गाउँपालिका तथा नगरपालिकाका प्रमुख/उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट हटाउन मोर्चाको मागअनुसार संसद्मा टेबुल भएको संशोधन विधेयकमा पूरक संशोधन ल्याउने आश्वासन दिएका छन्। राष्ट्रिय सभाको इलेक्ट्रोल कलेजबाट स्थानीय निकायका प्रमुख तथा उपप्रमुखलाई हटाउँदा स्थानीय तहको चुनाव नगरी राष्ट्रिय सभा गठन गर्न बाटो खुल्छ। प्रतिनिधिसभाको चुनावले सरकार बनाउने बाटो खुल्छ भने राष्ट्रिय सभाको गठनपछि सरकारले ऐनकानुन बनाउन सक्छ।

'संविधानअनुसार स्थानीय चुनाव नगरीकन राष्ट्रिय सभाको गठन हुन सक्दैन', कानुन व्यवसायीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव केशव जोेशीले भने, 'संविधान संशोधन गरी इलेक्ट्रोल कलेजबाट स्थानीय तहलाई हटाएमा स्थानीय चुनाव नगरीकन पनि राष्ट्रिय सभा गठन हुन्छ।'

मधेसी मोर्चा नेता केशव झाले प्रधानमन्त्रीले संशोधन पास नभईकन स्थानीय चुनाव नगर्ने आश्वासन दिएको  बताए। 'प्रधानमन्त्रीले संशोधन प्रस्ताव पास नभई स्थानीय निकाय चुनाव गर्दिन भन्नुभएको छ। यसमा हामी ढुक्क छौं', झाले भने।

स्रोतका अनुसार स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन बुझ्नुले पनि सरकार जेठमै स्थानीय चुनाव गर्ने पक्षमा नरहेको कांग्रेसको बुझाइ छ। कांग्रेस नेताहरूले तत्काल आयोगको प्रतिवेदन नबुझ्न प्रधानमन्त्रीलाई सल्लाह दिएको स्रोतको दाबी छ।

कांग्रेस सभापति देउवाले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्ने प्रस्ताव गर्दै आएका छन्। देउवाको प्रस्तावमा सहमति जनाउँदै कांग्रेसका मधेस मूलका सांसदले केही दिनअघि विज्ञप्ति निकालेर पुरानै संरचनामा स्थानीय निकाय चुनाव गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री दाहाल भने पुरानो संरचनाबाट स्थानीय चुनाव नगर्ने पक्षमा छन्। 'प्रधानमन्त्रीको सोचाइ जेठमा स्थानीय चुनाव टारेर मंसिरमा गर्ने देखिएको छ', कांग्रेस सांसद रामहरि खतिवडाले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस