नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ
२२ वैशाख २०८०
•
६ मिनेट पाठ
नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ।




ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन्। शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ।

सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ। टोपबहादुर रायमाझी, प्रतीक थापा र निरज राईलाई प्रहरीको अनुसन्धान दायरामा ल्याउन पक्राउ पुर्जी जारी भइसकेको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी हुँदा सचिव रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीमा थिए। उनी बुधबार साँझ सभामुख घिमिरेसँगै भैरहवाबाट हवाईजहाजमा काठमाडौं आउने कार्यक्रम थियो। तर पक्राउ पर्ने डरले उनी जहाजबाट आएनन्।

स्रोतले भने रायमाझी भैरहवामा नै प्रहरीको सम्पर्कमा आएको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर हुनेगरी उनी भैरहवाबाट सडकमार्ग हुँदै हिँडेको दाबी स्रोतको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले भने बिहीबार साँझसम्म रायमाझी सम्पर्कमा नआएको जनाएको छ। ‘उहाँ अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले भने, ‘हाम्रो प्राविधिक टिमले ट्रेसिङ गरिरहेको छ।’

ठगी गिरोहमा संलग्न भएको आरोपमा राजनीतिक दलका केन्द्रीय स्तरका नेता र उच्च पदस्थ कर्मचारी प्रहरी अनुसन्धानमा तानिएपछि उनीहरूलाई बचाउन दलका शीर्ष नेता सलबलाएको स्रोत बताउँछ। अझै केही ‘भिआइपी’ पनि अनुसन्धानमा तानिन सक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले यो प्रकरणमा अनुसन्धानका लागि अझै १०÷११ जना तानिन सक्ने बताए।

पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझविरुद्ध काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएको हो।
‘अहिलेसम्मको अनुसन्धान प्रारम्भिक मात्रै भन्दा पनि हुन्छ। अझैं १०/११ जना र त्योभन्दा बढी पनि पक्राउ पर्न सक्ने अवस्था हुन सक्छ,’ उनले भने, ‘अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।’

स्रोतका अनुसार प्रहरीले पूर्वगृहमन्त्री थापालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने सम्भावना छ। थापा गृहमन्त्री भएका बेला भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने गिरोहले संगठित रूपमा काम गरेको थियो। उनका छोरा प्रतीक पनि अनुसन्धानमा तानिएका छन्। अनुसन्धान अघि बढ्दै जाँदा पूर्वगृहमन्त्री थापा पनि अनुसन्धानका लागि तानिनसक्ने सम्भावना रहेको स्रोत बताउँछ।

पूर्वगृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि प्रहरी अनुसन्धानमा तानिन सक्ने सम्भावना छ। राई थापा गृहमन्त्री हुँदा गृहसचिव थिए। त्यस्तै कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा गृहसचिव रहेका पाण्डे पनि पक्राउ परिसकेका छन्।

प्रहरी अनुसन्धान दल र प्रशासनका भिआइपीतर्फ केन्द्रित भएपछि राजनीतिक दलका शीर्ष नेतृत्व पनि तरंगित बनेको छ। गृह मन्त्रालयको नेतृत्व सम्हालेका नेता र कर्मचारी अनुसन्धानमा तानिने डरले सल्बलाउन थालेका छन्।

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने गिरोहसँग संलग्नता भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री दाहालसँग भएको भेटमा ओलीले कडा भाषामा एमाले नेताहरूलाई ‘षडयन्त्र गरेर फसाउन खोजिएको’ भन्दै रोष प्रकट गरेको स्रोत बताउँछ। ‘सरकार मुठभेडतर्फ नजाओस्’ भनेर ओलीले भनेको स्रोतले बतायो। यस विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको स्वयं ओलीले पनि स्वीकार गरेका छन्।

‘मैले यस विषय (रायमाझीमाथिको अनुसन्धान) मा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,’ भेटपछि बाहिरिँदै गर्दा पत्रकारसँग ओलीले भने।

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने गिरोहसँग संलग्नता भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।
पत्रकारसँग ओलीले रायमाझीलाई पक्राउ गर्ने कुरा रहस्यमय र षड्यन्त्रपूर्ण रहेको बताए। ‘चार वर्षअगाडि काटेका चेक अहिले पनि काट्ने मान्छे सँगै छन्,’ उनले भने, ‘यस्ता कुरालाई लिएर अहिले सांसद, पटकपटक मन्त्री भइसकेको पार्टीका नेता रायमाझीलाई षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण छ।’

उपप्रधानमन्त्रीसमेत भइसकेका र सांसदसमेत रहेका पार्टीका सचिव रायमाझी भागेर कहीं नजाने ओलीले बताए। उनले भने, ‘मैले उहाँ (रायमाझी) सँग हिजो (बुधबार) बेलुकी कुरा गरेको थिएँ। तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु, केही जानकारी छ? उहाँले आइजिपीसँग कुरा गरेको छु भन्नुभयो। एकपटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको भन्ने कुरा आफू प्रधानमन्त्री भएकै बेला सुनिएको समेत ओलीले बताए।

‘गृहमन्त्री र अनुसन्धान विभागका अधिकारीलाई पनि बोलाएर मैले भुटानी शरणार्थीका विषयमा कुरा राखें, त्यसमा राम्ररी खोजीनीति गर्न भनें। त्यसपछि हामी सरकारबाट हट्यौं। हामी सरकारबाट हटेपछि त्यो कुरा के भयो, थाहा भएन,’ ओलीले भने।

यस्तै पूर्वगृहसचिव समेत रहेका अख्तियारका प्रमुख आयुक्त राई पनि प्रहरी अनुसन्धानमा तानिने सम्भावना बढेको छ। राईले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवलाई भेटेर यस विषयमा कुरा राखेको स्रोत बताउँछ।

पुनर्वासका लागि तेस्रो देश नगईकन नेपालमा बसेका भुटानी शरणार्थीको समस्या समाधानका लागि २०७६ साल असार २९ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

यस्तै पूर्वगृहसचिव समेत रहेका अख्तियारका प्रमुख आयुक्त राई पनि प्रहरी अनुसन्धानमा तानिने सम्भावना बढेको छ।
कार्यदलले प्रतिवेदन बनायो तर सार्वजनिक गरिएन। तर ठगीमा संलग्न गिरोहले त्यो प्रतिवेदन हात पार्दै त्यसमा उपसूची थपेर छुटेका र तेस्रो मुलुकमा जान चाहने शरणार्थी भन्दै नक्कली नाम राख्यो। जसमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङ लगायत जिल्लाका ८ सय ७५ जना नेपाली रहेको बताइएको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको प्रहरी अनुसन्धानले देखाएको छ।

पैसा लिएर अमेरिका नपठाइदिएको भन्दै सुरूमा ८१ जनाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्। सोही जाहेरीपछि ४० दिनयता प्रहरी अनुसन्धान चलिरहेको छ। सुरूमा जाहेरीका आधारमा प्रहरीले चैत १२ गते गिरोहका नाइके भनिएका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई पक्राउ गरेको थियो। ती तीन जनासँगको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।   
अर्को समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’
२३ वैशाख २०८०
•
३ मिनेट पाठ
नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’
नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकले अपराध गर्नेलाई राज्य संयन्त्रले कानुनी कठघरामा उभ्याउन खोज्दा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने औंल्याएको हो।




नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले जारी राखेको अनुसन्धानमा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने कांग्रेसले जनाएको छ। ठगी गिरोहमा संलग्न भएको आशंकामा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नेपालीलाई नक्कली भुटान शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्नेमा कांग्रेसकै केही नेताको पनि संलग्नता रहेको चर्चा भइरहेका बेला पदाधिकारी बैठकले दोषीलाई कारबाही हुनुपर्ने जनाएको हो।  

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राज्य संयन्त्रले गैरकानुनी क्रियाकलापलाई कहींकतै पनि संरक्षण गर्न नसक्ने र त्यसो गर्न नहुने बताए। ‘यस्तो कल्पना पनि गर्न सकिँदैन,’ महतले भने, ‘गलत कामको फर्दाफास हुनुपर्छ। गलत काम गर्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ। दोषी सबैलाई सजायको दायरामा ल्याउनुपर्छ।’

राजनीतिक दलका नेता र कर्मचारी नै नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनको दायरामा तानिएका छन्। एमाले सचिव रायमाझीलाई पनि छानबिनको दायरामा ल्याउन पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओली त्यसको बचाउमा लागेका छन्। जसले गर्दा दोषी सजायको दायरामा आउनेमा आशंका गर्न थालिएको छ। कांग्रेसका प्रवक्ता महत भन्छन्, ‘यो आपराधिक काम हो। यसको जति निन्दा गरे पनि कम हुन्छ। अनुसन्धानको क्रममै छ। न्यायनिरूपण होला। हामी चाहन्छौं कि जोजो त्यसमा सहभागी छन्, जोजो दोषी छन् सजायको दायरामा आउनुपर्छ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका छोरा प्रतीक, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहितको संलग्नता रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी गरिरहेको छ।

यसैबीच कांग्रेस पदाधिकारी बैठक शुक्रबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय समितिलाई पूर्णता दिन भने असफल भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकमा यी दुई भ्रातृ संगठनका केन्द्रीय समितिलाई शुक्रबार पूर्णता दिने समझदारी भएको थियो। २०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो।  

सोही बैठकले एक महिनाभित्र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई अधिकार दिएको थियो। तर अहिलेसम्म प्रमुख भ्रातृ संगठनका अध्यक्ष तोकिए पनि केन्द्रीय समिति गठन भएका छैनन्।

रिजाल केन्द्रीय सदस्य

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता मीनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्य मनोनित गरेका छन्। उनले कांग्रेस विधानको धारा २१ को उपधारा (१०) अनुसार रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका हुन्। १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका रिजालले पराजित भएसँगै रक्षामन्त्रीबाट पनि राजीनामा गरेका थिए। सभापति देउवासँग राम्रो सम्बन्ध नभएकै कारण रिजालले मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएको चर्चा कांग्रेसभित्र चलिरहेका बेला उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ सेकेन्ड अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस