काठमाडौं, चैत २७ (नागरिक)- सेना समायोजन विशेष समितिले माओवादी लडाकु समायोजनबारे देखिएको विवाद मिलाउन अरु ६ दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यलय सिंहदरवारमा शुक्रवार बसेको बैठकले माओवादी लडाकु समायोजन, व्यवस्थापन र पुनर्स्थापनामा देखिएका विवादित विषयका सवालमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख ६ दलको राय बुझेर अगडि बढ्ने सहमति भएको हो।
राजनीतिमा जान चाहने लडाकुलाई उपलब्ध गराउने रकमका विषयमा दलहरुबिच सहमति जुट्न सकेको छैन्। रकमका विषयमा सहमति जुट्न नसकेपछि लडाकु समायोजन र पुनस्थापनको प्याकेज तयार पर्ने जिम्मा पाएको प्राविधिक समितिले विवादसहितको प्रतिवेदन आज विशेष समितिको बैठकमा पेश गरेको छ।