गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन : रमेश लेखक
२४ वैशाख २०८०
•
४ मिनेट पाठ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई कारण राजनीतिक दलको कमजोरीको संज्ञा भएको बताएका छन। 

चेक रिपब्लिकको राजधानी प्रागमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को  १५ औं युरोपेली सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै उनले भने ,हामी आफैँले लेखेको संविधान कार्यान्वयन गर्न सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो, तर गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा हामी सबै राजनीतिक दल प्रतिबद्ध छौँ ।

हामी सबैको बोली एउटै छ र प्रतिबद्धता पनि एकै छ । गैरआवासीय नेपाली संघ आफैमा ठूलो अभियान भएको जिकिर गर्दै उनले भने  सिंगो नेपाल र नेपालीसँग, देश बाहिर रहेका नेपालीलाई जोड्ने अभियानमा लागेका सबैलाई धन्यवाद दिन चाहान्छु, यो अभियान, यो आन्दोलन अझ सशक्त र एकजुट होस् भन्ने मेरो चाहाना हो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सचेतक रमेश लेखकले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि नेपालमा कुनै दलीय विमति नरहेको बताए। एकपटकको नेपाली सदैव नेपाली हुने भन्दै नेता लेखकले संविधानले परिकल्पना गरेको गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा नहुने बताए। उनले भने  ूतपाईहरुले एक पटकको नेपाल सधैंको नेपाली भन्नुभएको छ, यो कुराले सम्पूर्ण सार बोकेको छ, नागरिकताको सबाल पनि सम्बोधन हुन्छ, विभिन्न कारण नागरिकता विधेयक रोकिएको छ, तर अब त्यो अवस्थाको अन्त्य हुन्छ, नेपाली काग्रेस सरकारमा समाबेश भएको हैसियतले यो हाम्रो पनि जिम्मेवारी हो, यो नागरिकताको विधेयक अबको ६ महिनाभित्र टुंगिन्छ । गैरआवासीय नेपालीहरुले देशलाई चिनाइरहेको भन्दै उनले भने, तपाईहरुलाई देख्दा नेपाल देख्छ, नेपाल बुझ्छ, त्यसैले तपाईहरुप्रति हाम्रो सम्मान छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिश झाले गैरआवासीय नेपालीहरुले नेपालमा राम्रो कुराको विकास गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीहरुले एकताको सन्देश दिनुपर्ने उनले  उल्लेख गरे ।  गैरआवासीय नेपालीको मुद्दा सम्बोधनका लागि आफूहरु पनि सकारात्मक भएको उनको भनाई थियो ।

कार्यक्रममा सम्बोधन गर्दै जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले कार्यक्रमको सफलताको कामना गर्दै गैरआवासीय नेपालीका माग छिट्टै नीतिगत रुपमा सम्बोधन हुने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारीका लागि यूरोप गन्तव्य बनाउने क्रम बढीरहेको भन्दै उनले एनआरएन, नेपाल सरकार र कूटनीतिक नियोग तथा सरकारी निकाय मिलेर सम्भावित समस्या समाधान गर्न सकिने बताए ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले सरकार  र राजनीतिक दलहरुसँगको भेटमा आगामी ६ महिनाभित्र गैरआवासीय नेपाली नागरिकताको विषय टुंगिने आश्वासन पाएको स्मरण गराउँदै नागरिकताको विषय टुंगिनेमा ८० लाख गैरआवासीय नेपाली ढुक्क भएको बताए । कार्यकारी अध्यक्ष केसीले विधानतः अक्षरसः नयाँ कार्यसमिति चुनिने समेत जिकिर गरे।

अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि सरकारले गम्भीर भएर अघि बढ्नुपर्ने बताए । गैरआवासीय नेपालीको हितका लागि सरकारले धेरै काम गरेकोप्रति  धन्यवाद दिँदै उनले बाँकी रहेका मुद्दा सम्बोधनका लागि आग्रह गरे ।

शुक्रवारदेखि सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को  १५ औं युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ ।  अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागीता रहेको छ ।

सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा  संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी छन् ।

सम्मेलनको दोस्रो दिन शनिवार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप ९एकता० एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायतका विषयमा छलफल जारी छ । यस्तै सम्मेलनको तेस्रो दिन, आइतवार नेपालमा १० अर्व लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा पराग घोषणपत्र जारी गरिनेछ ।
अर्को समाचार
गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन : रमेश लेखक
२४ वैशाख २०८०
•
४ मिनेट पाठ
गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन :  रमेश लेखक
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई कारण राजनीतिक दलको कमजोरीको संज्ञा भएको बताएका छन। 

चेक रिपब्लिकको राजधानी प्रागमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को  १५ औं युरोपेली सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै उनले भने ,हामी आफैँले लेखेको संविधान कार्यान्वयन गर्न सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो, तर गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लगाउने विषयमा हामी सबै राजनीतिक दल प्रतिबद्ध छौँ ।

हामी सबैको बोली एउटै छ र प्रतिबद्धता पनि एकै छ । गैरआवासीय नेपाली संघ आफैमा ठूलो अभियान भएको जिकिर गर्दै उनले भने  सिंगो नेपाल र नेपालीसँग, देश बाहिर रहेका नेपालीलाई जोड्ने अभियानमा लागेका सबैलाई धन्यवाद दिन चाहान्छु, यो अभियान, यो आन्दोलन अझ सशक्त र एकजुट होस् भन्ने मेरो चाहाना हो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सचेतक रमेश लेखकले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि नेपालमा कुनै दलीय विमति नरहेको बताए। एकपटकको नेपाली सदैव नेपाली हुने भन्दै नेता लेखकले संविधानले परिकल्पना गरेको गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा नहुने बताए। उनले भने  ूतपाईहरुले एक पटकको नेपाल सधैंको नेपाली भन्नुभएको छ, यो कुराले सम्पूर्ण सार बोकेको छ, नागरिकताको सबाल पनि सम्बोधन हुन्छ, विभिन्न कारण नागरिकता विधेयक रोकिएको छ, तर अब त्यो अवस्थाको अन्त्य हुन्छ, नेपाली काग्रेस सरकारमा समाबेश भएको हैसियतले यो हाम्रो पनि जिम्मेवारी हो, यो नागरिकताको विधेयक अबको ६ महिनाभित्र टुंगिन्छ । गैरआवासीय नेपालीहरुले देशलाई चिनाइरहेको भन्दै उनले भने, तपाईहरुलाई देख्दा नेपाल देख्छ, नेपाल बुझ्छ, त्यसैले तपाईहरुप्रति हाम्रो सम्मान छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिश झाले गैरआवासीय नेपालीहरुले नेपालमा राम्रो कुराको विकास गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीहरुले एकताको सन्देश दिनुपर्ने उनले  उल्लेख गरे ।  गैरआवासीय नेपालीको मुद्दा सम्बोधनका लागि आफूहरु पनि सकारात्मक भएको उनको भनाई थियो ।

कार्यक्रममा सम्बोधन गर्दै जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले कार्यक्रमको सफलताको कामना गर्दै गैरआवासीय नेपालीका माग छिट्टै नीतिगत रुपमा सम्बोधन हुने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारीका लागि यूरोप गन्तव्य बनाउने क्रम बढीरहेको भन्दै उनले एनआरएन, नेपाल सरकार र कूटनीतिक नियोग तथा सरकारी निकाय मिलेर सम्भावित समस्या समाधान गर्न सकिने बताए ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले सरकार  र राजनीतिक दलहरुसँगको भेटमा आगामी ६ महिनाभित्र गैरआवासीय नेपाली नागरिकताको विषय टुंगिने आश्वासन पाएको स्मरण गराउँदै नागरिकताको विषय टुंगिनेमा ८० लाख गैरआवासीय नेपाली ढुक्क भएको बताए । कार्यकारी अध्यक्ष केसीले विधानतः अक्षरसः नयाँ कार्यसमिति चुनिने समेत जिकिर गरे।

अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि सरकारले गम्भीर भएर अघि बढ्नुपर्ने बताए । गैरआवासीय नेपालीको हितका लागि सरकारले धेरै काम गरेकोप्रति  धन्यवाद दिँदै उनले बाँकी रहेका मुद्दा सम्बोधनका लागि आग्रह गरे ।

शुक्रवारदेखि सुरु गैरआवासीय नेपाली संघ ९एनआरएनए० को  १५ औं युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ ।  अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागीता रहेको छ ।

सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा  संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी छन् ।

सम्मेलनको दोस्रो दिन,   शनिवार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप ९एकता० एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायतका विषयमा छलफल जारी छ । यस्तै सम्मेलनको तेस्रो दिन, आइतवार नेपालमा १० अर्व लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा पराग घोषणपत्र जारी गरिनेछ ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस