काठमाडौं-देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेतृत्व महिलाले गरेका छन् । राष्ट्रप्रमुख विद्यादेवी भण्डारी, प्रधानन्याधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती– दक्षिण एसियामै नेपाल अगाडि देखिन्छ, महिला नेतृत्वमा ।
गत वर्षको ‘जेन्डर ग्याप रिपोर्ट’ अनुसार संसद्मा महिला प्रतिनिधित्वका हिसाबले नेपाल ४२औं नम्बरमा छ । दक्षिण एसियाली मुलुकमध्ये संसद्मा सबैभन्दा धेरै महिला प्रतिनिधित्व हुने नेपाल पहिलो स्थानमा छ । पहिलो संविधानसभामा महिला प्रतिनिधित्वको अनुपात अझ धेरै थियो ।
संविधानले महिलालाई राजनीतिमा ल्याउन ठूलो अवसर दिएको ठान्छन्, महिला नेतृहरु । आगामी गाउँसभामा प्रत्येक वडाबाट दुई महिलाको प्रतिनिधित्व हुनेछ । जिल्लासभामा कम्तीमा तीन महिलाको उपस्थिति रहनेछ ।
संविधानले महिलाका लागि निकै ठूलो स्थान दिएको बताउँछिन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल । उनी भन्छिन्, ‘महिलालाई राजनीतिमा होमिन धेरै ठूलो अवसर संविधानले दिएको छ । अब तीन तहको चुनावमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुँदै छ ।’
महिला आफैं राजनीतिक नेतृत्वका लागि तयार हुन उनको आह्वान छ । समाजको माहोल भने महिलामैत्री देख्दिनन् उनी । दलहरुको संरचनालाई महिलामैत्री बनाउन नसकेको उनी बताउँछिन् । ‘महिला नेतृत्व स्वीकार गर्न नसक्ने परम्परावादी समाजका लागि महिला आफैँ लड्नुपर्छ,’ भुसाल भन्छिन्, ‘महिलाहरु परिवर्तनका लागि राजनीति गर्न चाहन्छन् । पुरुषहरु शक्तिका लागि राजनीति गर्न थाले ।’
दलभित्रको संरचनामा निर्णायक तहमा महिलाको सक्रियता, सहभागिता नभएकामा उनी असन्तुष्ट छन् ।
महिलालाई नेतृत्व दिन नसकेका कारण राजनीतिक पार्टीलाई पनि अब चुनौती आउँदै छ । महिला उम्मेदवार पु¥याउन बाध्यतावश दलहरुले पनि महिलालाई राजनीतिमा ल्याउनुपर्नेछ । यसले पनि भोलिका लागि महिलालाई नेतृत्वमा पु¥याउन बाध्यात्मक परिस्थिति सिर्जना गरेको छ ।
नेतृ भुसालले राजनीतिक उम्मेदवारका लागि महिला आफैं तयार हुनुपर्ने बताउँछिन् । ‘जबसम्म पार्टीको निर्णायक ठाउँमा महिला पुग्दैनन्, तबसम्म महिलाको क्षमता मूल्यांकन हुँदैन,’ उनले भनिन् ।
नेपाली कांग्रेसभित्र विधान संशोधन गरी पार्टीभित्र महिला ल्याउन दबाब सिर्जना गर्न थालेको उनले बताइन्
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद जयन्ती राई ०५४ सालमा जिल्ला विकास समिति भोजपुरको उपसभापतिमा विजयी भएकी थिइन् । त्यसबेला उनी देशकै एक मात्र उपसभापति महिला बनेकी थिइन् ।
त्यतिबेला गाउँमा राजनीतिक चेतना त्यति थिएन । उनी सम्झन्छिन्, ‘पञ्चायतकालविरुद्ध विद्यार्थीकालदेखि नै आन्दोलनमा सक्रिय थिएँ । त्यसैले उपसभापति बन्न सजिलो भयो ।’
त्यसबेला र अहिले तुलना गर्दा राजनीतिक चेतना निकै माथि पुगेको उनी बताउँछिन् । ‘त्यतिबेला सार्वजनिक पदमा आउन महिलालाई निकै अनुरोध गर्नुपथ्र्यो, अहिले आफैं उत्सुक देखिन्छन्,’ उनले भनिन्
महिलालाई राजनीतिमा अगाडि ल्याउनुपर्छ भन्ने दलहरूलाई पनि केही महसुस भएको उनको बुझाइ छ ।
उनका अनुसार अब हरेक वडामा महिला प्रतिनिधि खडा गर्न दलहरुलाई त्यति सजिलो छैन । दलहरुले अहिलेदेखि नै महिलालाई राजनीतिमा सहभागी गराउन अभियानका रुपमा लैजानपर्ने उनी बताउँछिन् । दलको मात्रै भर नपरेर महिला आफैं नेतृत्वका लागि तयार हुनुपर्ने उनको सुझाव छ ।
नेकपा माओवादी (केन्द्र)की सचिवालय सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले संविधानमै वडादेखि देशको प्रमुखसम्म महिलाको सुनिश्चितता हुनुलाई महŒवपूर्ण उपलब्धि ठान्छिन् ।
पहिलो संविधानसभामा ३३ प्रतिशत महिलाको उपस्थितिले नै यो सम्भव भएको उनी बताउँछिन् । ‘अबको चुनौती हरेक दलले वडा, गाउँपालिका, नगरपालिका, प्रदेशमा संविधानले तोकेअनुसार महिला नेतृत्व तयार पार्नु हो,’ उनी भन्छिन्, ‘बाध्यात्मक कानुनले नै महिलालाई भोट राखेर नेता बनाउन नेपाली समाज तयार भएको छ । संविधान पूरै कार्यान्वयन भएको दिन महिलाका लागि ठूलो फड्को हुनेछ ।’
सबै राजनीतिक दलका केन्द्रीय समितिलगायतमा ३३ प्रतिशत महिलाको उपस्थिति छैन । अब महिलाले पाएको जिम्मेवारी पूरा गर्न कुशलता, क्षमता अभिवृद्धि गर्नुपर्ने चुनौती देख्छिन् उनी । ‘जर्बजस्त उपस्थिति बनाइएको छ, अब क्षमता अभिवृद्धिमा ध्यान दिनु जरुरी छ,’ उनले भनिन् ।
आफू मन्त्री हुँदा दुई महिनासम्म क्षमता प्रदर्शन गर्न खर्च गर्नुपरेको उनको अनुभव छ । महिला मन्त्री भएर जाँदा सजिलै नपत्याउने संस्कार उनले पनि झेलिन् ।
पदमा पुग्नु र बाहिर रहनुमा आकाश–जमिनको फरक रहेको उनको अनुभव छ । उनी भन्छिन्, ‘पदमा पुग्नु मात्र ठूलो कुरो होइन, त्यहाँको चुनौतीसँग जुधेर अगाडि आउनु अर्को पाटो हो ।’
सामान्य प्रशासन मन्त्रालयमा पुगेपछि महिला कर्मचारीको बैठक राखी महिला भएर भोग्नुपरेका समस्याबारे जानकारी लिइन् । मन्त्रालयको आयोजनामा ‘निजामतीमा सेवामा महिला’ अन्तक्र्रिया समेत गरिन् । निजामती सेवामा १८ प्रतिशत महिला छन्, २५ प्रतिशत पु¥याउन उनले निजामती सेवा ऐन संशोधनको पहल थालेकी थिइन् । त्यसैबेला सरकार परिवर्तन भयो । उनको काम अधुरै रह्यो । मन्त्रालय रहुन्जेल निजामती सेवालाई प्रभावकारी बनाउन काज फिर्ताको अभियान, दोहोरो सेवा–सुविधा दिन नहुने पहल गरेकी थिइन् ।
पार्टीभित्र निरन्तर रुपमा महिला अधिकारका मुद्दा उठाउने गरेको उनी बताउँछिन् । पार्टीका हरेक कमिटीमा गाउँ, नगर, जिल्ला, प्रदेश, केन्द्रमा न्यूनतम ३३ प्रतिशत महिला हुनुपर्ने कार्यविधि तयार गर्नुलाई पार्टीभित्रकै ठूलो उपलब्धि ठान्छिन् ।
‘महिलाको सार्थक उपस्थिति बनाउन बाध्यात्मक कानुन आवश्यक छ,’ उनी भन्छिन्, ‘बनेको कानुनलाई कार्यान्वयन गर्न राजनीतिक पार्टीले आममहिलालाई विशिष्ट योजनासहित राजनीतिकरण गर्नुपर्छ ।’