राष्ट्रपतिसँगै जनताको सवारी
०६ जेष्ठ २०८०
•
३ मिनेट पाठ
राष्ट्रपतिसँगै जनताको सवारी
काठमाडौंको माइतीघर-नयाँ बानेश्वर सडकखण्डमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको सवारी हुँदा सँगै देखिएका सर्वसाधारणका गाडी। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल सडक खाली नगराई शीतल निवासबाट संसद् भवन पुगेर फर्किएका थिए। तस्बिर: प्रसन
राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन। तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जानेक्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन। राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ।




संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए। यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो। ‘पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो,’ सामाजिक सञ्जालमा राजेश फुयाँल लेख्छन्, ‘यो सवारीले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ ।’ जनतालाई रोकेर होइन, सँगै लिएर जाँदा सही गन्तव्यमा पुगिने पनि उनले लेखेका छन्।

पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै सडकमा हिँडेको देखियो। यसले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ। जनतालाई रोकेर होइनन, सँगै लिएर अघि बढ्नुपर्छ। - राजेश फुयाँल, सर्वसाधारण
गणतन्त्रका ‘सेरेमोनियल’ राष्ट्रपतिको सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् भन्ने अपेक्षा सर्वसाधारण जनताको थियो, छ। महत्वपूर्ण कामका लागि हिँडेको समयमा सवारीका नाममा घन्टौं सडकमा रोकिनुपरेको विगत हामीसँग छ। सवारीका नाममा सास्ती खेप्दै आएका जनताले यसअघिका राष्ट्रपतिको सवारीका क्रममा सडकमा प्रदर्शनसमेत गरेका थिए।

जनताको भावना बुझेरै होला नयाँ राष्ट्रपति पौडेलले आफ्नो सवारीका क्रममा सडकमा सर्वसाधारणलाई हिँड्न अवरोध नहुने बताएका थिए। ‘अब त्यस्तो जाम हुँदैन’, त्यतिबेला पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षमा कस्तो फरक हुन्छ त्यो म देखाउँछु।’

पौडेलले त्यसो भने पनि उनको पहिलो सवारीमा पुरानै तामझाम दोहोरिएको थियो। त्यसको सर्वसाधारणले विरोध गरेका थिए। त्यसलगत्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्र लेख्दै पौडेललाई जनताले राजा र राष्ट्रपतिभन्दा पनि नागरिक राष्ट्रध्यक्षका रूपमा हेर्न चाहेको बताएका थिए। विशिष्ट व्यक्तिलाई सवारीका क्रममा सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौंसम्म हिँडडुल गर्न नदिने तामझामपूर्ण शैलीले संस्था (राष्ट्रपति) प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको थापाले बताएका थिए।

‘तपाईंले यस्तो गर्दिनँ भन्नुभएको छ, सकारात्मक छ, त्यसैले राष्ट्राध्यक्षका नाममा विगतमा जस्तो तडकभडक गर्ने होइन, सरल र सादगी जीवनशैली, अनुशरण गर्नुस्’, थापाले भनेका थिए, ‘नागरिक राष्ट्राध्यक्षका रूपमा आफूलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिँडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिकको जस्तै सामान्य भएको महसुस गर्न सकून्,देख्न सकून्।’

विशिष्ट व्यक्तिलाई सवारीका क्रममा सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौंसम्म हिँडडुल गर्न नदिने तामझामपूर्ण शैलीले संस्था (राष्ट्रपति) प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको थापाले बताएका थिए।
कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने। ‘बल्ल सही बाटोमा राष्ट्रप्रमुख हिँडेजस्तो महसुस भयो,’ प्रदीप अर्याल सामाजिक सञ्जालमा लेख्छन्, ‘कहिलेकाहीं सामान्य कुराले पनि विशिष्ट खुसी दिन्छ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले राष्ट्रपति पौडेलको इच्छाअनुसार नै शुक्रबार सडकमा सवारीसाधन आवागमनका लागि सहज व्यवस्था मिलाइएको बताए। ‘नागरिकलाई अप्ठेरो नपर्नेगरी यात्रा गराउन उहाँले भन्नुभएको थियो,’ बस्नेतले भने, ‘उहाँको सुरक्षालाई पनि ध्यानमा राख्दै हामीले सहज रूपमा यात्रा गरायौं।’
अर्को समाचार
‘२०८१ साल कांग्रेसका लागि मौका’
०२ वैशाख २०८१
•
२ मिनेट पाठ
‘२०८१ साल कांग्रेसका लागि मौका’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ साल कांग्रेसका लागि मौका भएको बताएका छन्। ‘संवाद यात्रा’ का क्रममा नेपालगन्ज आइपुगेका उनले शनिबार स्थानीय त्रिभुवन चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘२०८० सालमा के–के भयो भनेर छलफल गरौं, समीक्षा गरौं। तर यसमै नअड्किऔं। २०८१ साल कांग्रेसका लागि मौका हो।’




२०८१ सालभर कांग्रेसले सरकारतिर आँखा लगाउन नहुने महामन्त्री थापाको तर्क छ। ‘आनन्दले प्रतीक्षामा बसौं, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत कोको पार्टीलाई सरकार चलाउन दिनुपर्ने हो, चलाउन दिऔं,’ उनले भने, ‘पार्टीको शुद्धीकरण, पार्टीलाई शुद्ध गरौं, संगठन सुदृढ गरौं, पार्टीलाई बलियो बनाऔं, हामी गठबन्धनको फोहोरमा जाकिएका थियौं, अब त्यसबाट बाहिर निस्कियौं।’

२०८१ सालमा नुहाईधुवाई गरेर गठबन्धनको फोहोरबाट बाहिर निस्कनुपर्ने महामन्त्री थापाले जोड दिए। ‘कांग्रेसले यो नयाँ वर्षमा के संकल्प गर्ने हो भने योभन्दा अगाडिको यात्रामा अब जति पटक चुनाव होला बरु चुनाव हारिएला, कांग्रेसको मान्छेले अब उपरान्त रुखबाहेक अरू चुनावचिह्नमा भोट हाल्दैन,’ उनले थपे।

कांग्रेस सरकारबाहिर बसे पनि एउटा विषयमा एमाले र कांग्रेसबीच संवाद हुन जरुरी रहेको बताए। ‘गठबन्धनको राजनीति अन्त्य गर्ने कुरामा कांग्रेस र एमाले मिलेर लड्नुपर्छ, मिल्छ सकिन्छ संविधान संशोधन गरौं, निर्वाचनको प्रणाली बदलौं, सकिँदैन भने कानुन भए पनि संशोधन गरौं,’ सरकार परिवर्तनको कुनै ठेगान नभएको बताउँदै महामन्त्री थापाले भने, ‘सरकार त कतिखेर बन्ने र कतिखेर जाने कसैलाई पनि थाहा छैन, यस्तो अवस्थामा हामी छौं, एउटा सरकार आएपछि बनाउने, अर्को सरकार आएपछि फाल्ने, अहिले भूमि आयोग फालियो, अदालतमा मुद्दा छ।’

संवाद यात्राका क्रममा आफूले समुदाय स्तरका ससाना कुरालाई पनि टिपोट गरेर राखेको बताए। यात्रा सकेपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसहित सबै दलका अध्यक्षलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्ने बताए। ‘मैले टिपोट गरेका कुरालाई प्रधानमन्त्रीसमक्ष राख्नेछु, विभिन्न पार्टीका अध्यक्षलाई भेटेर पनि राख्नेछु, संसद्मा पनि बोल्नेछु,’ उनले भने।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस