गच्छदारले किन मागे स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालय?
०१ चैत्र २०७३
•
६ मिनेट पाठ
गच्छदारले किन मागे स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालय?
नेता गच्छदार। फाइल तस्विर
काठमाडौं— पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन  विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले दुई महत्वपूर्ण मन्त्रालय मागेको छ। फोरम लोकतान्त्रिकले दाहाल सरकारमा सहभागी हुन उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय मागेको हो।




गच्छदारलाई गृह, अर्थ र भौतिक योजनाबाहेक अन्य सबै मन्त्रालय रोजेर लिन दाहाल–देउवाले पछिल्लो समय आग्रह गरिरहेका छन्। ‘गच्छदारलाई स्वास्थ्य मन्त्रालय दिने लगभग टुंगो लागिसकेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकसँग भने। अन्य मन्त्रालयका बारेमा त्रिपक्षीय वार्ता चलिरहेको छ।'

गच्छदार निकट सांसद डा.सुबोधराज पोखरेलले भौतिक र स्वास्थ्य मन्त्रालय दिनुपर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष माग गरेको बताए। ‘पहिला पनि भौतिक र स्वास्थ्य मन्त्रालय चलाएकाले सोही मन्त्रालय दिनुपर्छ भनेर अध्यक्षज्यूले माग अगाडि राख्नुभएको छ,’ पोखरेलले नागरिकसँग भने, ‘तर, पार्टीले मागेका दुवै मन्त्रालय कांग्रेस भागमा परेकाले उहाँहरूले अप्ठ्यारो भएको बुझिदिनुपर्‍यो भन्नुभएको छ।’ उनका अनुसार मन्त्रालयबारे अध्यक्ष गच्छदार, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको छ।

गच्छदारले मागेको भौतिक योजनाको नेतृत्वको देउवा निकट नेता रमेश लेखकले नेतृत्व गरिरहेका छन् भने स्वास्थ्यमा गगन थापाले नेतृत्व गरिरहेका छन्। पछिल्लो विकसित घटनाक्रमअनुसार कांग्रेसले भौतिक योजनामा दाबी छाडेर स्वास्थ्य मन्त्रालय लिन भनेको छ भने माओवादी केन्द्रले गच्छदारका लागि एक मन्त्रालय छाड्ने भएको छ।

त्यसो त गच्छदारलाई गृह, अर्थ र भौतिक योजनाबाहेक अन्य सबै मन्त्रालय रोजेर लिन दाहाल–देउवाले पछिल्लो समय आग्रह गरिरहेका छन्। ‘गच्छदारलाई स्वास्थ्य मन्त्रालय दिने लगभग टुंगो लागिसकेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकसँग भने। अन्य मन्त्रालयका बारेमा त्रिपक्षीय वार्ता चलिरहेको छ।

स्रोतका अनुसार गच्छदारलाई सञ्चार मन्त्रालय लिन प्रधानमन्त्रीले आग्रह गरेका छन्। त्यो नभए सिँचाइ मन्त्रालयमा हेरफेर गर्न सकिने विकल्प पनि गच्छदारलाई दिइएको छ। सञ्चार माओवादीका राम कार्की र सिँचाइ कांग्रेसका दीपक गिरीले नेतृत्व गरिरहेका छन्। सम्भवतः यसै साता सरकारमा जाने तयारी गरे पनि सो पार्टीबाट कसको नेतृत्वमा जाने भन्ने टुंगो गच्छदारले लगाइसकेका छैनन्।

‘पार्टी संसदीय दल र केन्द्रीय कार्य सम्पादन समितिको संयुक्त बैठकले अध्यक्षज्यूलाई मन्त्री छान्ने जिम्मेवारी दिएकाले मन्त्रालय टुंगो लाउनेबित्तिकै मन्त्री टुंगिन्छन्’, पोखरेलले नागरिकसँग भने। सरकारमा लैजाने ‘भद्र सहमति’ अनुसार दाहाल सरकारलाई समर्थन गरे पनि ७–७ महिनासम्म गच्छदार नेतृत्वको पार्टीबाट कोही पनि मन्त्री बन्न सकेका छैनन्।

दाहाल सरकारलाई मतदान गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका साथै सरकारमा सहभागिता ‘पोर्टफोलियो’ नमिल्दा फोरम लोकतान्त्रिक सरकारबाहिर रहन पुगेको थियो। मधेसी मोर्चाले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै ज्ञापनपत्र बुझाएपछि फोरम लोकतान्त्रिकलाई सरकारमा लैजान लागिएको हो। उपप्रधानसहित दुईवटा मन्त्रालय लिएर सो पार्टी यसै साता सरकारमा सहभागी हुँदैछ।

दाहाल सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव यथास्थितिमा समर्थन नजनाउने पार्टी निर्णय पनि गच्छदारले प्रधानमन्त्री दाहाललाई सुनाएका छन् । ‘गच्छदारजीले सरकारमा आउनका लागि केही सर्त राख्नुभएको छ, त्यसलाई मिलाउने कोसिस जारी छ’, कानुन, न्याय तथा संसदीयमन्त्री अजयशंकर नायकले नागरिकसँग भने । उनका अनुसार संविधान संशोधन र निर्वाचन हुने सुनिश्चितता गच्छदारले खोजिरहेका छन् ।

गच्छदारले सरकारले पेस गरेको संविधान संशोधनको सीमांकन प्रस्तावमा असहमति प्रकट गरिरहेका छन् । उनले प्रस्तावमा परिमार्जन गरी १६ बुँदै सहमतिअनुसारको ८ प्रदेश निर्माण गरेमा समस्या समाधान हुने विकल्प प्रधानमन्त्री दाहाल र देउवासमक्ष राखेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस