मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने
०१ चैत्र २०७३
•
७ मिनेट पाठ
मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने
फाइल तस्बिर
काठमाडौं– पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुगेको छ ।




‘संसद सचिवालयमा समर्थन फिर्ता लिएको जानकारी नगराएसम्म सामान्यतयाः समर्थन फिर्ता भएको संसदीय ब्यवस्थामा मानिदैन’ – प्रवक्ता, डा. भरतराज गौतम, संसद सचिवालय

परिमार्जनसहित संविधान संसोधन गर्नुपर्ने तथा घोषित स्थानीय तहको निर्वाचन स्थगन नगरेमा दाहाललाई सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने ७ दिने अल्टिमेटम दिएको मोर्चाले अन्तिम समयमा आएर निर्णयमा पुनर्विचार गरेको हो। 

तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले दाहाल सरकारलाई दिएको समर्थन ‘राजनीतिक रुपमा’ मात्रै समर्थन फिर्ता गरिने बताए ।

‘सभामुखज्यूलाई पत्र दिएर मोर्चाआवद्ध सांसदहरुले समर्थन फिर्ता लिने छैनन्, समर्थन फिर्ता लिएको पत्र पनि सभामुखलाई बुझाइने छैन्,’ उपाध्यक्ष लालले नागरिकन्युजसँग भने, ‘राजनीतिक रुपमा मात्रै दाहाल सरकारलाई दिएको समर्थन फिर्ता स्वतः हुन लागेको हो।’ 

उनका अनुसार प्रधानमन्त्री निर्वाचनमा दाहाललाई मत हालेको भए पनि व्यवस्थापिका संसदभित्र प्रतिपक्षको कुर्सीमा बस्दै आएकाले सभामुख ओनसरी घर्तिमगरलाई पत्र बुझाएर जानकारी गराउन आवाश्यक नठानिएको हो।

मोर्चाले गत फागुन २५ गते प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै आफ्ना माग ७ दिनभित्रमा पूरा नगरे समर्थन स्वतः फिर्ता हुने चेतावनीसहितको पत्र दिएको थियो। तर, उक्त अबधिमा मोर्चाका कुनै पनि माग दाहाल सरकारले पूरा गरेको अवस्था भने छैन। जसकारण स्वतः मोर्चाको समर्थन मंगलवारवाट फिर्ता हुनुपर्ने थियो।

मोर्चाले समर्थन फिर्ता लिए पछि अप्ठयारोमा परेको दाहाल सरकारले आफ्नो निर्णय पुर्नविचार गर्न आग्रह गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेर निर्णय पुर्नविचार गर्न आग्रह गरेका थिए। अध्यक्ष ठाकुरले भने सभामुख ओनसरी घर्तिमगरलाई औपचारिक रुपमा पत्र नलेखेर समर्थन फिर्ता नलिने प्रतिवद्धता जनाएका छन, स्रोतले भन्यो। 

कुनै पनि राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिता लिएपछि संसद सचिवालयमा जानकारी दिने प्रचलन रहदैँ आएको प्रवक्ता डा. भरतराज गौतमले बताए। ‘समर्थन फिर्ता लिने नलिने निर्णय राजनीतिक दल स्वयं र सरकार प्रमुखको हो,’ डा. गौतमले नागरिकसँग भने, ‘तर, व्यवस्थापिका संसदभित्रको काम कारवाही, कुर्सी, कार्यालय र अन्य कागजी प्रक्रिया मिलाउनका लागि समर्थन फिर्ता लिएको जानकारी सचिवालयलाई सम्बन्धित दलले दिनुपर्छ।’ जबसम्म समर्थन फिर्ता लिने दलले सचिवालयमा जानकारी गराउन्न, तबसम्म समर्थन फिर्ता लिएको संसदीय ब्यवस्थाको परम्परामा नमानिने डा. गौतमको भनाई छ। 

तर, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सो बारेमा बुधवार बस्ने बैठकले अन्तिम निर्णय गर्ने बताए। 

‘समर्थन फिर्ता भनेर निर्णय भएपछि यो वा त्यो बहाना गर्न पाइन्न, त्यसमा तलमाथी गर्न  पाइन्न’ महतोले नागरिकन्युजसँग भने, ‘समर्थन फिर्ता नलिने हो भने बैठकले अर्को निर्णय लिनुपर्नेछ, तर पूर्व निर्णयमा तलमाथी गर्न पाइन्न।’ उनका अनुसार सो बारेमा मोर्चाको बैठकमा बुधवार गम्भीर रुपमा छलफल हुनेछ।  

दाहाल सरकारलाई समर्थन गरेको ७ महिनापछि मोर्चाले सप्तरी घटनालाई कारण देखाउँदै समर्थन फिर्ता लिने जनाएको थियो। तर संसद सचिवालयमा पत्र नलेख्ने जनाएकाले उसको समर्थन फिर्ता भएको कानुनी रुपमा मानिँदैन । यद्धपी, यस बारेमा  मंगलवार मोर्चाको सचिवालयमा र बुधवार मोर्चाको पुर्ण बैठकमा छलफल भने हुँदैछ ।

महतो नेतृत्वको सद्भावना पार्टीले पनि संविधान जारी गर्ने बेला यस्तै खाले ‘चलाखी’ गरेको थियो। पार्टीले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरे पनि सो पार्टीका सांसदद्धय नरसिंह चौधरी र रानी साहले राजिनामा लेखेका थिएनन भने अर्का सांसद सञ्जय साह जेलमा थिए। तर, राजिनामा पत्र बुझाएका भनिएका लक्ष्मणलाल कर्ण, शैलीदेवी महतोलगायत ३ जनाको भने राजिनामा स्वीकृत भएका थिएन। तीनै जनाले संसद सचिवालयवाट तलबभत्ता बुझेका थिए भने कर्णले त सरकारी सुविधाको गाडी पनि प्रयोग गरेका थिए। त्यस्तै चलाखी मोर्चाले पुनः दाहाल सरकारलाई दिएको समर्थनको सबालमा गर्न खोजेको मधेसी मोर्चाका नेताहरुले बताएका छन्। 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस