वीरगञ्ज महानगरपालिकाले धर्नामा बसेका शिक्षकहरुको आवाज दबाउन अनेक चलखेल सुरु आरोप लागेको छ। धर्नामा बसेका शिक्षकहरुको व्यानरमा लेखीएको शब्द “धारणा” र शिक्षकहरुको हातमा देखीएको तासको पत्तीको यथार्थ नै नबुझी सामाजिक संञ्जालमा शिक्षकको चरित्र माथी प्रश्न चिन्ह उठाउन थालिएपछि शिक्षकहरुले यसको प्रतिक्रिया दिएका छन्।
घटनाको सुरुवातः
वीरगञ्ज महानगरपालिकाले शिक्षक सरुवामा पूर्वाग्रह गरेको भन्दै नेपाल शिक्षक महासंघले सोमबार महानगरपालिकाको मूल गेटमा धर्ना दिएका थिए। महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा भएको शिक्षकहरु आन्दोलनमा जिल्ला भरीका करिब डेढ सय जना शिक्षक सहभागी थिए। स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै सो धर्ना दिइएको थियो ।
तर त्यहाँ शिक्षकहरुले उठाएका १५ बुंदे मांगको विषयमा वार्ताको कुरा नउठाएर महानगरका मेयर सिंहले आफु पन्छिनका लागी सिधा समाजिक संजालबाट कडा आलोचना गर्न थाले ।
बैशाख २६ गते वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएकोमा महानगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभएपछि जेठ ९ गते सोमबार महानगरको गेट अगाडी शिक्षकहरु धर्नामा बसे ।
धर्ना दिएको केहि समय पछि “महानगर कार्यालय अगाडि धर्नामा बस्नु भएका गुरू जी हरूको नयाँ करामत” भन्ने मेयर राजेशमान सिंहको फेसबुक पोष्टले समाजिक संजाल तातियो । पोष्टमा शिक्षकहरु तास खेल्दै गरेको फोटोमा “ विद्यार्थीलाइ शिक्षाको ज्योति छर्ने शिक्षकहरु वीरगञ्ज महानगरको गेटमा धर्ना दिन गएका बेला जुवा खेल्दै । यस्ता शिक्षकले विद्यार्थी कस्तो शिक्षा देलान ?” भन्दै शिक्षकहरुको चरित्र माथि प्रश्न चिन्ह उठाइएको छ ।
त्यसमा कैयौं कमेन्ट आएका छन्। कमेन्टमा “ मधेस प्रदेशको सब ठाउँको शिक्षकहरुको अवस्था यस्तै छ मेयर साब।” “ भैसी चराउनेलाई टिचर पेसामा लगाएपछि यस्तै हुन्छ” यी शिक्षकहरूले पुष्टि गरी सक्नु भो कि हामी सरकारी स्कूलको शिक्षक हौ ।” यस्ता अनेक टिकाटिप्पणी गरिएको छ ।
मेयरका पोष्टको पछि यहाँको स्थानीय मिडियाले पनि महानगरका शिक्षकको शिक्षाको स्तरको बारेमा लेख्न भ्याए । अनलाइनको फेसबुक पेजमा “वीरगञ्जमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा राखिएको ब्यानर मै भेटियो शाब्दिक त्रुटि । सोमबार नेपाल शिक्षक महासंघले आयोजना गरेको धर्ना कार्यक्रमका लागि बनाइएको ब्यानरमै धर्ना गलत लेखिएको छ । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका ब्यानरको तस्विरमा धर्नाको सट्टा “धारणा“ लेखिएको स्पष्टसँग देख्न सकिन्छ । यसबाट पनि हामीले वीरगञ्जको शिक्षाको स्तर बारे अनुमान लगाउन सक्छौं ।” लेखीएको छ ।
यहाँका स्थानिय पत्रकारहरुले त शिक्षहरुको जिवन भरीको कामको मुल्याकंन गर्न पनि भ्याए । एकजना पत्रकारले समाजिक संजालमा लेखेका छन् “पहिलाका शिक्षक कति मेहनति थिए, कहाँ कहाँसम्म दुरदराजको गाउँमा सनिचरा लिएर पढउथे, महिनौ हुन्थ्यो आफ्नो घर फर्कन ! अहिले आफुले पायक पर्ने ठाउँमै हुनुपर्ने, पोशाक भत्ता चाहिने तर पोशाक लगाउनु नपर्ने, अतिरिक्त कक्षा चाहिने तर पढाउन फुर्सद नहुने ! यस्तो स्वार्थ बोकेका शिक्षकको अब आवश्यक्ता मधेसले बोकिरहनु नपरोस् ! सरूवा बढुवाको लागि आन्दोलन गर्ने शिक्षकहरूलाई जति सकिन्छ वीरगंज महानगरले पेलेर जानुपर्छ । जबसम्म शिक्षामा सुधार हुन्न तबसम्म मधेस सुध्रन्न । सहज हुन्छ आन्दोलन कर्ताले सहज रूपमा राजिनामा देउन मेहनत गरेर पढाउने सक्षम थुप्रै शिक्षक अवसरको पर्खाइमा छन् ।”
यो पोष्ट मेयर सिंहका प्रेस सल्लाहकार देखी लिएर स्वकिय सचिव (पुर्व पत्रकार)ले समेत सेयर गरे । त्यसपछि ति पोष्टहरुमा शिक्षकको मर्यादित पेशा माथि अनेक थरिका प्रश्न चिन्ह उठ्न थाले ।
अर्का एकजना पत्रकारले लेखेका छन् “ यो दोष म प्रणालीमा देख्छु । प्रणाली ल्याउन आन्दोलन गर्ने नेतृत्वले आन्दोलन गर्दा तास खेल्नुपर्छ भनेर सिकायो । मुलुक संघीय संरचनामा गएर एक कार्यकाल पूरा गरेको छ । तर, संघीय शिक्षा ऐन ल्याउन नेतृत्वले सकेन । मुलुकी ऐन विस्थापित भयो । देवानी, फौजदारी, अपराध संहिता २०७४ कार्यान्वयनमा आयो तर, कतिपय कानूनमा पूरानै मुलुकी ऐन अनुसार व्याख्या गरिएको छ कारवाही गरिएको छ । अपराध कसुर तथा सजाय ऐनहरू हेरे हुन्छ । काम केही नहुने तर, आर्थिक भारका लागि मात्रै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय राखेर कर्मचारी पाल्ने । शिक्षा स्थानीय तहले हेर्ने तर, शिक्षक सरूवा गर्दा ऐन, नियमावली देखाएर आन्दोलनमा प्रोत्साहन दिने । यस्ता धेरै छन् । त्यसैले कानून समान हुनुपर्छ । समन्यायिक हुनुपर्छ । स्पष्ट हुनुपर्छ । अधिकारको नाममा शिक्षाक्षेत्रमा अराजकता हुनुहुदैन ।”
यसरी ब्यानर लेखाइ र तासको घटनाको वास्तविकता नै नबुझी महानगरका मेयर देखी लिएर यहाँका स्थानीय सञ्चार माध्यमले मर्यादित पेशामा जुडेका शिक्षकहरुको लागी भएभरका समाजिक संजालबाट चर्को आलोचना गरेका छन् ।
घटनाको वास्तविकता
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले धर्नामा बसेको बेला व्यानरमा लेखीएको शब्द “धारणा” छपाइ गर्ने व्यक्तिको गल्ति भएको बताए । उनले छपाईका लागी फोन मार्फत चाँदनी आर्टको जिम्मा दिएकाले प्रिन्टको गल्ति रहेको बताए । तर छपाइको गल्तिले सम्पुण शिक्षकको शैक्षिक पेशासंग जोडीएर बदनाम गर्नु एकदम दुखद् कुरा रहेको उनले भने ।
“व्यानर आएपछि हामी सबै शिक्षक महानगरको गेटको छेउमा बसीरहेको बेला बैरिया स्कुलका र अठराहा स्कुलका कार्यालय सहयोगीले मिलेर लगाए, हामीले व्यानरको गल्ति हेरेर पेपर प्रिन्ट गर्न पठाएको बेला त्यहाँ केही व्यक्तिले धर्ना बिथोल्न फेसबुक मार्फत प्रयास गरे र गैरजिम्मेवारपन देखाए ।”
अध्यक्ष तिर्थराज यादवका अनुसार जिल्ला भरीका शिक्षकहरुको उपस्थितिमा धर्ना कार्यक्रम शान्तिपुर्ण रुपमा भएको हो । शिक्षकहरुको हातमा देखीएको तासको पत्तीको बारेमा उनले यथार्थ नै नबुझी सामाजिक संञ्जालमा शिक्षकको चरित्र हत्या काम गरिएको उनले बताए ।
दिउँसो १ बजे देखी सुरु भएको धर्ना कार्यक्रम सांझ ५ बजे सम्म चलेको थियो । शान्तिपुर्ण भइरहेको धर्ना कार्यक्रममा ४ घण्टाको बसाइमा शिक्षकहरुले आफुले जानेका कलाहरु प्रस्तुत गर्दै थिए । सो अवधिमा श्री नेपाल राष्ट्र माध्यमीक बिद्ययालय निचुटाका शिक्षक देवेन्द्र प्रसाद साहले “शिक्षणमा विज्ञानको कमाल” भन्दै जादुकला प्रस्तुत गरे । जस अन्तर्गत जादुँका विभिन्न खेल हेराउदै जादाँ तासको पत्तीको रंङ्ग बदल्ने तरिका देखाए । उनले यो सब तन्त्रमन्त्रको कमाल नभइ विज्ञानको कमाल भएको भन्दै विज्ञानले हर कुरा सम्भव छ भन्दै अन्धविश्वासमा नपर्न उपस्थित सबैलाइ सिकाउदै थिए । तर त्यहाँ भइरहेका वास्तविक घटनाको एक पाटो लुकाएर अर्को पाटोबाट शिक्षकहरुको चरित्र हत्या गर्ने काम भएको शिक्षक साहले बताए । उनी १४ वर्ष देखी पटेर्वा सुगौली गाउपालीकाको विद्यालयमा मावि तहका विद्यार्थीलाइ अध्यापन गराउदै आएका छन् । जिल्ला भरी कै शिक्षक जमघट भएको बेला अतिरिक्त सिकाइ अन्तर्गत “विज्ञानको कमाल” देखाउन थालेको उनको भनाइ छ । जादुँ देखाउने बेला धर्ना स्थलमा नगर प्रहरी देखी सुरक्षाकर्मीहरु पनि सहभागी थिए तर भ्रामक तस्बिर देखाइ नगरका प्रमुख जस्ता व्यक्तिले शिक्षकलाइ बदनाम गर्नु निन्दनीय भएको उनको गुनासो छ ।
“मलाई जादु कला हेराउन सरहरुले भन्नु भएको थियो र मलाई २ हजार भन्दा बढी जादुहरु आउछन् । र धर्णा कायक्रममा मैले तासको जादु देखाउदैँ गरेको बेलामा केहि मानिषले तासको मात्र फोटो लिएर त्यसको सोसल मिडियामा भाईरल गरे, मलाइ यो कुराको दुख छ आफ्नो अधिकार पाउनका लागी यहाँ बदनाम हुनु पर्छ ।”
अध्यक्ष यादवले स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार शिक्षा विकास समन्वय समितिलाई शिक्षक सरुवाको अधिकार हुनुपर्नेमा गैरकानुनी रुपमा महानगरले सरुवा गरेको बताए ।
“स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षा सम्बन्धि २३ वटा अधिकार दिइएको छ, जसमा सरुवा सम्बन्धि अधिकार स्थानीय सरकारलाइ छैन, सरुवा गर्नु परेमा शिक्षा विकास समन्वय समिति मार्फत आउने विद्यालयका र जाने विद्यालयका पालिकाहरुमो सरुवा सहमति अनुसार हुन्छ ।”
शिक्षकले लिने तलब संघिय सरकार बाट स्थानीय सरकार मार्फत विद्यालयको खातामा आउने गरेको अध्यक्ष यादवले बताए । “स्थानीय सरकारले पैसा हामीहरुले शिक्षकलाइ दिने गरेको भ्रम मात्र हो यो त संघिय सरकारले दिने , तलब स्थानीय सरकार मार्फत आउने भएकाले शिक्षक सरुवामा उनीहरुको तानाशाहि प्रवृति भइरहेको छ ।”
अध्यक्ष यादवले अहिलेका जनप्रतिनिधिहरुले आफुलाइ “छोटे राजा ”मानेर आफ्नो क्षेत्राधिकार बाहिर गइ धाक धम्कि दिने गरेको उनले बताए । अहिले कक्षामा उपस्थित भएका शिक्षकले हाजिरी गर्न छुटाएका छन् भने अचानक पुगेर गयल हाजिर गरेर स्पष्टिकरण सोध्ने गरेको प्रवृति बढेको उनको भनाइ छ । स्थानीय सरकारले शिक्षकको कमी कमजोरी कसरी सुधार्ने भन्ने कुराको छलफल नै नगरी अहिले विद्यालयलाइ बदनाम गराउने चलखेल भइरहेको अध्यक्ष यादवले बताए । “के मेयर साहेबले गएर कक्षा कोठामा पढाउने हो र ? पढाउने त त्यहि टिचरले हो के शिक्षक र विद्यालयको बदनामी गरेर शिक्षामा सुधार गर्न सकिन्छ ? ”
वीरगञ्ज महानगरपलिकाको शैक्षिक प्रशासन महाशाखाले गैरकानुनी रुपमा शिक्षकहरुको सरुवा गरेको, शिक्षकहरुलाई डर, त्रास र धम्की दिने गरेको, चाकडी र चप्लुसी गर्नेलाई अवसर र काम गर्ने शिक्षकलाई दण्ड दिने महानगरको नीतिका विरुद्धको आन्दोलनमा आउनु परेको संघका अध्यक्ष यादवले भनाई छ ।
स्थानीय सरकारले शिक्षामा आतकं मच्चाउन खोजेको आरोप शिक्षकहरुको छ । अहिले को धर्ना बिधोल्नका लागी महानगरले यस्तो हतकण्डा अपनाएको हुँदा अब कडा आन्दोलनमा जाने शिक्षकहरुको भनाइ छ । मंगलबार पनि शिक्षकहरुले महानगरको गेट अगाडी धर्ना दिएका छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संविधान र संघीय कानुनले स्थानीय तहलाई शिक्षा क्षेत्रको समेत अधिकार दिएको हुँदा निष्क्रिय अवस्थामा रहेको शिक्षा ऐन २०२८ को दावी गर्नुको कुनै तुक नरहेको बताए ।
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।
लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।
अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।
सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...