पाँच दलका पाँचै तगारा
०४ चैत्र २०७३
•
८ मिनेट पाठ
पाँच दलका पाँचै तगारा
काठमाडौं- स्थानीय तहको निर्वाचन र संविधान संसोधनलाई लिएर सत्तारुढ दलहरुबीच नै परस्परविरोधी धारणा सार्वजनिक भएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले बिहीबारबाट औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् भने सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निर्वाचन र संविधान संश्ाोधनको विषयमा समान धारणा बन्नै सकेको छैन।

संविधान संशोधन सर्तमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको तर सो सर्तलाई अस्वीकार गरेपछि समर्थन फिर्ता लिन बाध्य भएको सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बताए।

'संविधान संशोधन गर्ने सर्तमा प्रचण्डजीलाई मधेसी मोर्चाले मत हालेको थियो तर उहाँ संशोधन गर्नतिर नलागी निर्वाचनतर्फ मोडिएपछि समर्थन फिर्ता लिएका हौं', महतोले नागरिकसँग भने, 'सीमांकन आयोग बनाउने भनेर उहाँले विकल्प त दिनुभयो तर आयोग भनेको चाहिँ यहाँ काम नगर्नका लागि बनाइन्छ।' प्रधानमन्त्री दाहालले संशोधन गर्ने नाममा मोर्चालाई सात–सात महिना झुलाएको पनि उनले बताए। 'पहिला संविधान संसोधन त्यसपछि निर्वाचन', महतोले मोर्चाको बटमलाइन प्रस्ट्याए।

यता, सरकार नेतृत्वकर्ता माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तत्कालका लागि संविधान संशोधन स्थगन गरेर स्थानीय तहको निर्वाचन गराउने पक्षमा छन् भने सरकारको प्रमुख सहयोगी नेपाली कांग्रेस 'निर्वाचन र संशोधन सगँसँगै' भन्ने अडानमा छ।

सरकारमा रहेको अर्काे दल राप्रपाले संशोधनको विपक्षमा मत दिने जनाउँदै निर्वाचनमा जोड दिएको छ। दाहाल सरकारको समर्थक अर्को मधेसकेन्द्रित दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आठ प्रदेश बनाउन तयार भए मात्रै संशोधनमा जाने र निर्वाचनमा सहभागिता जनाउने सर्त राखेको छ। सत्तारुढ भएर पनि प्रत्येक पार्टीका फरक–फरक सर्तका कारण प्रधानमन्त्री दाहाल स्वयं अप्ठ्यारोमा पर्र्दै गएका छन्। पछिल्लो समय उनी संविधान संशोधन पास गराउन नसक्ने निष्कर्षमा पुगेका छन्।

'राजनीतिक सहमति नजुटेकाले तत्कालका लागि संविधान संशोधन प्रस्ताव स्थगन गरेर चुनावमा जाऔं भन्नेमा प्रधानमन्त्री पुग्नुभएको छ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकसँग भने, 'अझ सीमांकन विवाद आयोगलाई टुंग्याउन लगाऔं भन्ने प्रस्ताव प्रधानमन्त्रीज्यूबाट विकल्पका रुपमा आएको छ तर सहमति जुटिसकेको छैन।'

संविधान संशोधन प्रस्ताव असफल हुने भएपछि प्रधानमन्त्री दाहालले यस्तो प्रस्ताव अघि सारेको आचार्यले बताए।

त्यसो त सत्तारुढ दल माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीको सरकारले ल्याएको संशोधन पक्षमा मत नदिने सार्वजनिक रुपमा नै घोषणा गरिसकेका छन्। 'हिजो मैले जे भनेको थिएँ, आज त्यही सही साबित भयो, आज आएर सीमांकनको मात्रै नभएर सबै संशोधन प्रस्ताव रोकिएका छन्, अब संशोधनको सम्भावना छैन', रायमाझीले बिहीबार भने।

नेपाली कांग्रेसको गत चैत १ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संविधान संशोधन र निर्वाचनसँगै भन्ने निर्णय लिएको थियो। यो निर्णय त्यही बेला कांग्रेसले लिएको छ, जुनबेला प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्ताव स्थगन गरी निर्वाचनमा जान मोर्चा र अन्य राजनीतिक दलसमक्ष प्रस्ताव गरेका थिए।

कांग्रेसले 'संविधान संशोधन र निर्वाचनसँगसँगै' भन्ने निर्णय गरेर प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेको छ। 'पदाधिकारी बैठकले संविधान संशोधन र निर्वाचनसँगसँगै भनेर निर्णय गरेको छ, त्यो नै अहिले पार्टीको धारणा हो', देउवा निकट नेता भिष्मराज आङदेम्बेले नागरिकसँग भने, 'केन्द्रीय समितिले नउल्टाएसम्म यो निर्णय यथावत हुन्छ।'

उनका अनुसार आगमी चैत १० गते बस्ने भनिएको केन्द्रीय समिति बैठकले संविधान संशोधन र निर्वाचनका विषयमा औपचारिक धारणा बनाउनेछ।

दाहाल सरकारमा भर्खरै सहभागिता जनाएको राप्रपा नेपालले संविधान संशोधनलाई त्यति सरोकारमा नराखी स्थानीय तहको निर्वाचनलाई प्राथमिकता दिएको छ।

'संविधान संशोधनभन्दा पनि पहिला स्थानीय तहको निर्वाचन हुन जरुरी छ, सरकारमा जानुको राप्रपाको मूल ध्येय पनि यही हो', सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने, 'सीमांकनको प्रस्ताव मान्दैनौं र संशोधन निर्वाचनपछि गरे पनि हुन्छ भन्ने कुरा राखेर नै सरकारमा गएका हौं।'

उनका अनुसार राप्रपाले सरकारमा बसेर निर्वाचन गराउन हरसम्भव प्रयास गर्नेछ। त्यसो त दुई दिनअघि मात्र पार्टी अध्यक्ष कमल थापाले संविधान संशोधन नगर्ने सर्तमा दाहाल सरकारमा गएको सार्वजनिक गरिसकेका छन्।

सरकारलाई समर्थन जनाउँदै आएको विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको माओवादी केन्द्र र कांग्रेसको भन्दा फरक धारणा छ।

'सरकारले पेस गरेको सीमांकन फेरबदलको प्रस्ताव मान्य छैन, त्यसमा संशोधन गरिनुपर्छ भन्ने पार्टीको आधिकारिक धारणा छ', फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, 'कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा ल्याउनुपर्छ र झापा, मोरङ र सुनसरी, सिरहा सप्तरी र उदयपुरको अलग्गै नयाँ आठौ प्रदेश बनाउनुपर्छ भन्ने माग कायमै छ, बदलिएको छैन।' सो मागसहितको संविधान संसोधन नभएसम्म फोरम लोकतान्त्रिक निर्वाचनमा नजाने पनि चौधरीले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस