चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दहाल र समकक्षी नरेन्द्र मोदिबीच हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल भएको बताइएको छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, रेल वेलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी रहेको छ। केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम पनि रहेको छ।
आजै हुने दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा भेटवार्तामा भएका छलफलबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताइएको छ।
अब केही बेरमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै आज दिवा भोज आयोजना गर्नेछन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो।
सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन्। प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...