प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्लीबाट हवाई मार्गबाट इन्दौर ओर्लिएर सडक मार्गबाट उज्जैन पुग्दै छन्। इन्दौरको अहलियाबाइ होलकर बिमानस्थलमा प्रधानमन्त्री दहाललाई मध्य प्रदेशको राज्यपाल मंगुभाइ पटेल, मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गर्दै छन्। प्रधानमन्त्री दाहालले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने मध्य प्रदेशको उज्जैन स्थित महाकालेश्वर मन्दिरमा ११ बजे पुजाअर्चना गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको अतिविशिष्ट 'प्रोटोकल'का कारण महाकालेश्वर मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि बिहान ६ बजेदेखि १२ बजेसम्म ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको छ।
शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ।
प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा १०८ किलो रूद्राक्षको माला चढाउने भएका छन्। मन्दिरमा चढाउन रूद्राक्ष नेपालबाटै ल्याइएको बताइएको छ।
महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाल पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ। पूजापाठ पछि प्रधानमन्त्री इन्दौर फर्किने छन्। आजै साझ प्रधानमन्त्री र राज्यपाल पटेलबीच भेटवार्ताको तालिका छ। भेटपछी प्रधानमन्त्री इन्दौरको सोलिड वेस्ट म्यान्जमेन्ट प्लान्टको अवलोकन भ्रमण गर्नेछन्।
प्रधानमन्त्री दहाल इन्दौरको मेरियट होटलमा बस्ने छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोज आयोजना गरेको छ । शनिबार बिहान टाटा कन्सल्टेन्सी सर्भिस (टिसिएस) र इन्फोसिस स्पेसल इकोनोमिक जोनको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। दिउसो प्रधानमन्त्री इन्दौरबाट दिल्ली फर्किने छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...