सीमांकन आयोगलाई तीन महिना
१९ चैत्र २०७३
•
८ मिनेट पाठ
सीमांकन आयोगलाई तीन महिना
काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधन गर्ने उद्देश्यसहित तीन महिनाको सीमा राखेर शक्तिशाली सीमांकन आयोग गठन गरिने भएको छ ।

तीन महिनाको सीमा दिएर शक्तिशाली सीमांकन आयोग बनाउने प्रधानमन्त्रीको प्रस्तावमा मधेसी मोर्चाको सैद्धान्तिक सहमति

संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत  धारा २९५ मा टेकेर गठन गरिने शक्तिशाली आयोगमार्फत सीमांकन विवाद हल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मोर्चाका नेताले सैद्धान्तिक सहमति जनाएपछि आयोग गठन गर्न लागिएको हो । प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि ‘फास्ट ट्र्याक’ मा ल्याउन लागिएको ‘पूरक संशोधन प्रस्ताव’ सँगसँगै मन्त्रिपरिषद्मार्फत उक्त आयोग गठनको घोषणा गर्नेछन् । ‘सो आयोग शक्तिशाली हुनुपर्ने तथा सीमांकन हेरफेर गर्न सक्ने सुनिश्चितता भएको टिओआर (विधि) बनाउनुपर्ने मोर्चाको सर्त छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बैठकपछि नागरिकसँग भनिन्, ‘त्यसको विधि निर्माण र सुनिश्चितता दिलाउन प्रधानमन्त्रीले अन्य दलका शीर्ष नेतासँग छलफल गर्नुहुनेछ ।’ उनका अनुसार प्रधानमन्त्री दाहालले आइतबारभित्र अन्य दलका नेतासँग छलफल गरेर आयोग गठन र संविधान संशोधनका बँुदामा निर्णय लिइसक्ने छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाका अनुसार तत्कालीन संविधानसभा अन्तर्गतको राज्यको पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँट समिति र डा. मदन परियार नेतृत्वको राज्य पुनःसंरचना आयोगले पाएको टिओआर अब निर्माण हुने आयोगलाई दिनुपर्ने माग मोर्चाको छ । ‘आयोग गठन र स्थानीय तह संख्या बढाउने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने र संविधान संशोधन हकमा भाषा, नागरिकता, राष्ट्रियसभा गठनको मताधिकार र धारा २७४ का केही बुँदा परिमार्जनका लागि फास्ट ट्र्याकमा विधेयक बनाएर संसद्मा लैजाने तयारी भएको छ,’ झाले भने ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय गर्ने २ विषय र संविधान संशोधनका ५ विषयलाई सँगसँगै अघि लैजाने प्रतिबद्धता गरेपछि मोर्चाका नेता अन्तिम प्रस्तावको प्रतीक्षामा छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बोलाइएको सत्तारूढ दल र मोर्चाबीचको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा इटहरी गएको र राप्रपा अध्यक्ष कमल थापा अनुपस्थित भएकाले औपचारिक निष्कर्षमा भने पुग्न सकेन । प्रधानमन्त्रीले तीन दिनभित्र अन्य दलका शीर्ष नेतासँग कुरा गरेर एउटा निर्णय लिने प्रतिबद्धता जनाएका छन् ।

यसअघि संसद्मा पेस भएको संशोधन प्रस्तावमा उल्लिखित सीमांकन हेरफेरलाई थाती राख्दै भाषा र नागरिकताको विषयलाई निरन्तरता दिँदै राष्ट्रियसभा गठन प्रक्रियामा भने संशोधन प्रस्ताव संसद्मा लगिनेछ । ‘राष्ट्रियसभा अध्यक्ष र सदस्य निर्वाचन गराउन गाउँपालिका तथा नगरपालिका प्रमुख÷उपप्रमुखले पाउँदै आएको मताधिकार काट्ने गरी संशोधन गर्ने कुरा भएको छ,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘चुनावको वातावरण बनाउन धारा २७४ का केही बुँदा संशोधन गरी खुकुलो बनाउने भन्ने कुरा छन, प्रधानमन्त्रीज्यूले निर्णय लिनुहुनेछ ।’

सीमांकन हेरफेरसम्बन्धी व्यवस्था भएको धारा २७४ का ४ देखि ८ नम्बर बुँदामा मोर्चाले असहमति प्रकट गर्दै आएको छ । ती बुँदामा प्रदेश सीमांकन हेरफेर गर्न सरोकारवाला कम्तीमा दुई प्रदेशले बहुमतले निर्णय गरे मात्रै फेरबदल गर्न सकिने नत्र नसकिने व्यवस्था रहेकाले मोर्चाले उक्त धारामा संशोधन चाहेको हो । सर्वोच्च अदालतले पनि सीमांकन हेरफेरमा धारा २७४ का केही बुँदा बाधक रहेको भन्दै सचेत गराइसकेको छ ।

त्यसैगरी, तराई–मधेसका भूगोलमा जनसंख्याको आधारमा स्थानीय तह संख्या बढाउने सैद्धान्तिक सहमति  बैठकमा भएको छ । ‘जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउन तयार छौं भन्ने कुरा भएको छ,’ तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले भने, ‘त्यसैगरी, कार्यादलले मौखिक रुपमा जुटाएका सहमतिलाई पनि अन्तिम रुप दिएर प्रस्ताव गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, हामी सो प्रस्तावको प्रतीक्षामा छौं ।’ सीमांकनलाई संसद्बाटै टुंग्याउनुपर्ने पूर्ववतः अडान भने नछाडेको ठाकुरले बताए ।

सहमति अनुसार तरार्ई–मधेसका २२ जिल्लामा पुनः स्थानीय तह संख्या बढाइने छ । प्रधानमन्त्रीले २ र ५ नम्बर प्रदेशमा मात्रै स्थानीय तह संख्या बढाउने प्रस्ताव गरे पनि संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि २२ जिल्लामै संख्या बढाउन लागिएको हो । ‘कहाँ २ नम्बर र ५ नम्बर प्रदेशमा मात्रै बढाउने कुरा गर्नुहुन्छ, उता १ नम्बरमा पनि जनसंख्या अनुपातमा स्थानीय तह संख्या बढाउनुपर्छ’, यादवले बैठकमा भनेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमार्फत २२ जिल्लामै संख्या बढाउने निर्णय गराउने भएका हुन् ।

मन्त्रिपरिषद्ले गर्ने निर्णयः

सीमांकन आयोग बनाउने

स्थानीय तह संख्या पुनः बढाउने

संशोधनमार्फत टुंग्याइने विषय

१) भाषा

२) नागरिकता

३) राष्ट्रियसभा गठन

४) धारा २७४ मा संशोधन

५) सीमांकन आयोग टिओआर
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस